Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रहरीले म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’ चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको उनले बताए ।

Read More

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका विश्वराज पोखरेललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा खनालले पोखरेलसहित प्राविधिक समूहबाट डीआईजीमा बढुवा भएका डा. रामकृष्णराज भण्डारी र डा. विजयराम श्रेष्ठलाई फूली लगाइदिएका हुन् । उनीहरुलाई गृहमन्त्रालको मन्त्रीस्तरीय निर्णयबाट २७ वैशाखमा डीआईजी बढुवा गरिएको थियो । कार्यक्रममा बोल्दै आईजीपी खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वाबस, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ–आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिए । प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा…

Read More

काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। एनआरएनएले भवन निर्माण गरेको जग्गा भूमाफियामार्फत् खरिद भएको खुलासा भएको सन्दर्भमा अध्यक्ष भट्टको यस्तो भनाइ आएका हो। एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो। तत्कालीन उपाध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्ने कार्यका लागि एनआरएनएद्वारा गठित समितिको संयोजक थिए। भाटभटेनी मालिक मीनबहादुर गुरुङसँगको साँठगाँठमा संघले सो जग्गा खरिद गरेको थियो। अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा…

Read More

काठमाडौं: नेपाल र भियतनामका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला दुई देशका अधिकारीबीच यो सहमतिमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओलीले शनिबार भियतनामका समकक्षी ग्युगन सुआन फुकसँग भेटवार्ता गरेका थिए । भेटवार्तापछि नेपाल र भियतनामका अधिकारीबीच १६ बुँदे सहमति भएको छ । सहमति पत्रमा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ । भियतनामले नेपाली सामान आयात गर्ने र नेपालमा भियतनामका लगानीकर्ता तथा व्यवसायीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति पनि भएको छ । व्यापार तथा…

Read More

काठमाडौं: इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानो आज लाग्दैछ । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । उपाधि कुन टिमले जित्ला ? अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् । तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ । लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि…

Read More

काठमाडौं: सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ । कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियता, विभिन्न संघीय एकाइ, जातजाति, धर्म वा सम्प्रदाय, राज्यद्रोह वा अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहन गर्नेजस्ता काम गरे उक्त जरिवाना वा कैद सजाय हुने प्रस्ताव विधेयकमा छ…

Read More

काठमाडौँ: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ । एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको एयरपोर्ट विस्तार मर्मत कार्य गरेको भए पनि नेपालको विमानस्थल मर्मतमा भने चरम लापरबाही गरेको देखिएको छ । एयरपोर्ट विस्तारको लागि चिनियाँ कम्पनीले काठमाडौँको कोटेश्वर तीनकुनेमा एयरपोर्टकै हाताभित्रकै जग्गामा बालुवा प्रशोधन प्लान्ट र अन्य निर्माण सामाग्री समेत राखेका छन् ।

Read More

काठमाडौं: नेपालमा वार्षिक ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कपडा तथा कपडाजन्य वस्तु खपत हुने गरी पनि ४४ अर्ब ७० करोड रुपैयाँको मात्र वैध कारोबार हुने गरेको एक अध्ययनले देखाएको छ । प्रतिव्यक्ति वार्षिक १२ हजार १९ रुपैयाँ बराबरको कपडा तथा कपडाजन्य वस्तु खपतका आधारमा यो तथ्यांक निकालिएको हो । नेपाल कपडा उद्योग संघका अनुसार वार्षिक ३ खर्ब १० अर्ब रुपैयाँ बराबरको कपडा आयात अवैध रुपमा भइरहेको छ । जसमा नेपालीले सीमावर्ती भारतीय बजारमा गएर खरिद गर्ने हिस्सा ठुलो छ भने यसबाहेक चोरीपैठारी तथा न्यून बिजकीकरणबाट नेपालमा कपडा तथा कपडाजन्य वस्तु भित्रिने गर्दछ । यो समाचार कारोबार दैनिकमा…

Read More

काठमाडाैं: ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र (रोबर्ट)ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले । अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ ने मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया । अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले एक एक नाम उच्चारण गर्र्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि । अतिथिले भाषण नसक्दासम्म उनी पनि…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसोे पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका कर्मचारी संघ-संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायत त्रिकिकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् । स्रोतका अनुसार त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडे, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरु परीक्षामा सफल भएका छन् । आयोग कार्यालयबाट…

Read More