Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: तामिल, तेलेगु र मलायलम भाषाको प्रख्यात नायिका तथा नर्तकी साई पल्लवीले हालै आफुलाई आएको दुई करोड भारुको सौन्दर्य क्रिमको व्यापारिक बिज्ञापन खेल्न अस्विकार गरेकी छिन् । यो खबर दी इन्डियन एक्सप्रेसले लेखेको छ । हालै मात्रै मलायलम भाषाको एक हिट फिल्म दिएकी ‘अथिरन’मा उनको प्रमुख भूमिका छ। उनलाई हालै मात्र आएको एक फेयरनेस क्रिम ब्रान्डको सम्झौता गर्न इन्कार गरेको खबर पछि त झन् उनको फिल्मभन्दा यतिबेला उनले गरेको सो निर्णयबाट उनीइ थप चर्चामा छिन्। उनले केही समय अघि पनि मारी-२ नामक अर्को हिट फिल्म दिएकी थिईन्। उनी भारतको तामिल नाडू राज्य जन्मिएकी हुन्। उनको पूरा नाम साई…
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबविरुद्ध ५ विकेटको जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो । यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ । दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए ।…
काठमाडौं: अवकाशप्राप्त प्रधानध्यापक खोटाङ, रावाबेँसी गाउँपालिका, ४ डुम्रेधारापानीका विष्णुप्रसाद अधिकारीको नाम सामान्य गरिबको सूचीमा समावेश छ । मोरङ बसाइ सरिसकेका रावाबेँसीकै राजन अधिकारी मध्यम गरिब तथा ज्यामिरेका वडा सचिव दानबहादुर मगर सोलुखुम्बु हुलाकमा कार्यरत गोविन्दप्रसाद रिजाल, देउराली मावि डुम्रेधारापानीका शिक्षक एकवल्लभ रिजालको नाम पनि अति गरिबको सूचीमा समावेश छ। यस्तै, ऐसेलुखर्क गाउँपालिका, ५ दुबेकोलका मकरध्वज गुरुङ, छविलाल निरौलालगायतको नाम गरिब परिवारको सूचीमा राखिए पनि अन्य गरिबको तुलनामा अस्वाभाविक लाग्छन् । यो समाचार नागरिक दैनिकमा दमन राईले लेखेका छन् ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ । निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट…
काठमाडौं: संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् । ‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वा्चित रावलले भने– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’ रावलले कुनै पनि दातृ निकायको सहयोग…
काठमाडौँ: राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ थापाले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी दिए । उनका अनुसार, अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गत साता नै सो रकम प्राप्त भइसकेको छ ।
एजेन्सी: इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पूर्णरुपमा काम गर्न भने सक्षम छैन । यद्यपि, पहिलोपटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका हुन् ।
काठमाडौं : मलेसिया रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको आजदेखि अनुगमन हुने भएको छ। २९० स्वास्थ्य संस्थाहरू इच्छुक देखिए पनि अनुगमन तथा निरीक्षणपश्चात मापदण्ड पुगेका स्वास्थ्य संस्थामात्रै छनोट हुने छन्। मलेसियाले पठाएको मापदण्डका आधारमा नयाँ स्वास्थ्य संस्था छनोट गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार टोली बनाएर इच्छुक स्वास्थ्य संस्थाको छनोट गर्ने छ। उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेज समेत मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका छन्। मन्त्रालयको विशेषज्ञ समितिको सचिवालयले सूचना जारी गरी प्राविधिक समेतको टोलीलाई आवयक विवरण दिएर सहयोग गर्न आह्वान गरेको छ। स्वास्थ्य संस्था निरीक्षणका लागि…
काठमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ। पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्। पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन्। महासचिव चन्द भने तत्काल वार्ता गर्ने पक्षमा छैनन्। यद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष÷अप्रत्यक्ष सम्पर्कमा छन्। वार्ता पक्षधर नेताहरूले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव चन्दलाई दिएको पार्टी निकट स्रोतले बतायो। सरकारले २८ फागुनमा चन्द नेतृत्वको पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि स्थायी समिति सदस्य हेमन्तप्रकाश वली…
काठमाडौँ: हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ अर्थात (जुन ६ देखि ९ सम्म) काठमाडौंमा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हँुदै गएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल…