Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राजधानीलाई तराई–मधेससित जोड्ने फास्टट्र्याक (द्रुत मार्ग) को लागत करिब १ खर्ब बढ्ने भएको छ । निर्माण अवधि झन्डै दुई वर्ष लम्बिने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कोरियाली कम्पनी सुसुरुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले द्रुत मार्गको लागत र निर्माण अवधि दुवै बढ्ने निष्कर्ष निकालेको हो । भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार गरेको डीपीआरमा दु्रत मार्गको निर्माण लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । निर्माणको जिम्मा पाएको नेपाली सेनालाई कोरियन कम्पनी सुसुङले दुई साताअघि बुझाएको डीपीआरमा दु्रत मार्ग बनाउन २ खर्ब लाग्ने उल्लेख गरेको जानकारी…

Read More

काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४ औं महाअधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउदै गृह मन्त्रालयमा उजुरी परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । महाधिवेशनका केही असन्तुष्ट उम्मेद्धवारले तत्कालीन अध्यक्ष विजय सम्वाहाम्फेविरुद्ध उजुरी दिएका हुन । नेतृत्व तहले गरेको अवैध गतिविधि सार्वजनिक गर्दा आफुहरुमाथी कारबाही हुनसक्ने भएकाले उजुरीकर्ताले नाम लुकाएका छन् । तर प्याब्सनको चौधौ महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिएका रत्न महर्जन र उपाध्यक्षको उम्मेद्धवार चित्रा सुवेदीलगायत आधा दर्जनले उजुरी दिएको स्रोतको दावी छ । उजुरीमा वैधानिक उम्मेद्धवारहरुको सहमतिवेगर अन्तिम घडीमा संगठनको विधानमा समेत व्यवस्था नभएको सहअध्यक्ष लगायत अन्य…

Read More

काठमाडौँ: माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र सुदीप कैनीले लेखेका छन् । घटना छानबीन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् ।

Read More

काठमाडौ: सर्वोच्च अदालतका पाँच सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषदले मंगलबार उच्च अदालतका दुई न्यायधीश र तीन कानुन व्वयसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । उच्च अदालतले मुख्य न्यायाधीशद्वय प्रकाशकुमार दुंगाना र सुष्मलाल मागेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्तद्वय हरिप्रसाद फु्याल र मनोकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । उनीहरुमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फु्याल प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । याे समाचार कृष्ण ज्ञवालीले कान्तिपुरमा लेखेका छन् ।

Read More

काठमाडौँ: निर्वाचन आयोगको प्रमुख आयुक्तको नाम सिफारिसको विषयलाई लिएर जुहारी चल्न थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । मंगलबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा सदस्यहरूबीच यसै विषयमा जुहारी चल्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराई र कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीबीच त घोचपेच नै चल्यो । सांसद् भट्टराईले प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई सजिलो होस् भनेर नै परिषद् बैठकमा नआउनुभएको हो कि भन्दै व्यङ्ग्य गरे । देउवा काठमाडौंमा भएर पनि परिषद बैठकमा नआएको नेकपाको आरोप छ । ‘केही गुनासा भए बैठकमा आएर राख्न सकेको भए राम्रो…

Read More

बेइजिङ: राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टु्ंगो लागिसकेको छैन । अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएका छन् । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो । चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सिको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको बताए । यो समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेखेका छन्…

Read More

काठमाडौं: काठमाडौंको बाफलमा एक युवा अज्ञात समुहबाट हत्या भएको छ । तराई मुलको जस्तो देखिने अन्दाजी २५/२६ वर्षको पुरुषको हत्या भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युचाटार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुई/तीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन् । घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ । प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । घटनापछि उनीसँगै बस्ने अर्का युवक फरार भएका…

Read More

वीरगञ्ज: हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखाएको हो। रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालका अनुसार यो प्रारम्भिक अध्ययनको तथ्याङ्क मात्रै हो । नेपालका अनुसार आज पनि स्वयंसेवकहरु परिचालन गरेका छौँ, उनीहरुले तथ्याङ्क संंकलन गर्छन र साँझसम्म वास्तविक तथ्याङ्क आउँछ आशा छ।  यता प्रमुख जिल्ला अधिकारीले भने क्षती यकिन विवरण आउन आझै बाँकी छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण…

Read More

काठमाडौँ: बारामा आएको हावाहुरीका कारण गम्भीर घाइते भएका थप दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । अहिलेसम्म शिक्षण अस्पतालमा नौ जना घाइतेको उपचार भइरहेको छ । बारा परवानीपुर गाउँपालिका–८ का १० वर्षीय नुरमोहम्मद अन्सारी र बारा कलैयाका सुनितादेवी ठाकुरलाई थप उपचारका लागि आजै शिक्षण अस्पताल ल्याइएको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुसहित नौ जनाको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यसअघि सेनाको हेलिकप्टरबाट सात जना घाइतेलाई ल्याइएको थियो । यसअघि ल्याइएकामा बारा फेटा गाउँपालिकाका ३६ वर्षीय त्रिचन पटेल, ५९ वर्षीय मोबारक महमद मियाँ, ५० वर्षीय सुरेश पटेल,…

Read More

काठमाडौँ: ‘सडकको काममा के कारणले ढिलाइ भइरहेको छ ? पुलको काममा किन ढिलासुस्ती ? बनेका संरचना पनि किन कमजोर बनिरहेका छन् ? काम ढिलो गर्ने ठेकेदार, गाली खानुपर्ने सरकारले, किन ?’ यी प्रश्नहरु योङ कम्युनिष्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईका हुन् । खोटाङको मध्यपहाडी लोकमार्गलगायत महत्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको र बनेका संरचना पनि कमजोर भएको जनगुनासो बढेपछि सोमबार जिल्ला समन्वय समितिको संयोजनमा ठेकेदारसँग भएको छलफलमा लिगका अध्यक्ष राई ठेकेदारको गल्तीका कारण सरकारको आलोचना भइरहेको भन्दै आक्रोसित मुद्रामा प्रस्तुत भए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Read More