Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ । नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । सम्मेलनमा…
काठमाडौँ: लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको हो । विमानस्थलको अध्यागमन कार्यालयको सहयोगमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले अध्यागमन डेस्क स्थापना गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । बिहीबार उद्घाटन गरिएको अध्यागमन डेस्क विदेशी पाहुना, व्यवसायी तथा कूटनीतिक अधिकारीको सहजताका लागि चार दिनसम्म सञ्चालन हुनेछ । एनआरएनएका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताउँदै सम्मेलनमा सहभागी पाहुनाको सहजताका लागि डेस्क उपयोगी हुने उल्लेख गरे । सरकारले गैरआवासीय नेपालीलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै उहाँले आगामी दिनमा पनि सरकारसँग…
काठमाडौँ: सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ । बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सिराहाका जिल्ला शिक्षा तथासमन्वय इकाइ प्रमुख डोलराज पाण्डेले जानकारी दिए । हिजो पनि विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि रद्द भएको थियो । प्रदेश नम्बर २ मा परिक्षा हुनुपूर्व नै विज्ञान विषयको प्रश्नपत्र बाहिएपछि प्रदेश सरकारले छानबिन गठन गरेको छ । बिहिबार जनकपुरमा अबेर साँझ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समिति बनाएको घोषणा गरेको हो । प्रदेश सरकारले यसबारे छानबिन गर्ने भएको छ । प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको…
एजेन्सी: गायक जस्टिन बिबर लगातार जसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर संकेत दिएका छन् जस्टिनको पोस्टरका कारण मिडियामा यो खबर छाएको छ कि उनकी पत्नी हैली वाल्डविन गर्भवती छिन् । जस्टिन पोस्टमा आफ्नो निजी जीवनको अनुभव र तनावमा चलिरहेको दिनचर्याबारे बताएका छन् । साथै, उनले राम्रो श्रीमान् र पिताले निभाउने पर्ने जिम्मेवारीको पनि कुरा गरेका छन् । जस्टिनको त्यही पोस्टका कारण हैली गर्भवती भएको हल्ला…
राजविराज : सप्तरीमा जारी एसईई परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द भएको छ। प्रश्नपत्र बुधबार राति नै बाहिरिएको तथ्य पुष्टि भएपछि माध्यमिक शिक्षा परीक्षा सञ्चालन समिति सप्तरीको सिफारिसमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश-२ मा बिहीबार लिएको एसईई परीक्षा रद्ध गरेको हो। बिहीबार बसेको बोर्डको बैठकले विज्ञान विषयको परीक्षा रद्द गरी आगामी चैत २२ गते परीक्षा लिने निर्णय गरेको परीक्षा नियन्त्रक (कक्षा १०) बिष्णु अधिकारीले बताए। अधिकारीका अनुसार अनिवार्य ६ वटा विषयको प्रश्नपत्र प्रदेश अनुसार फरक-फरक बनाइएकाले प्रदेश २ मा लिइएको परीक्षा मात्र रद्द गरिएको हो। यसले करिब ७० हजार पाँच सय ६८ परीक्षार्थी…
काठमाडौँ: राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ । काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आरोहण खुला गरिएसँगै जुगल हिमशृङ्खला ग्याल्जेन चुली प्रथम आरोहण तथा अध्ययन गर्न आरोही आधारशिविरतर्फ जाने भएका हुन् । जुगल हिमाल समुद्री सतहबाट छ हजार १५१ मिटर उचाइमा छ । प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको कार्यालयले संयुक्तरुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गर्ने जनाइएको छ । एउटा आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङ र अर्को माधव सापकोटाले नेतृत्व गर्ने…
काठमाडौं: काठमाडौं महानगरपालिकाले जारी गरेको भवन निर्माण मापदण्ड खारेज नहुने भएको छ । महानगरले स्थानीय राजपत्रमा प्रकाशित गरेको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौ उपत्यका विकास प्राधिकरण सर्वाेच्च अदालत गएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । सर्वोच्च अदालतले भवन निर्माणका लागि अनुमति प्रदान गर्ने, नक्सा स्वीकृत गर्ने र मापदण्ड विपरीत बनेका भवन भत्काउने समेतको अधिकार कानुनतः महानगरपालिकामा रहेको अवस्थामा निवेदकलाई कुनै अपुरणीय क्षती पुग्ने अवस्था नदेखिएकोले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको छ । कामपाले मापदण्ड सार्वजनिक गरेलगत्तै प्राधिकरण र महानगरपालिका बीच जुहारी चलेको थियो । कामपाले मुलुक संघीयतामा गइसकेको…
सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड््का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । सुर्खेत प्रहरीले समूहका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको बताइएको छ ।
काठमाडौं: सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज)बाट राजधानीमा सुरु हुँदैछ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानीसम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन्। त्यसैगरी, सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र सञ्चालन हुने जानकारी दिइएको छ सम्मेलनमा ४० देशका ६०० लगानीकर्ता र उच्च प्रतिनिधि मण्डल सहभागी हुनेछन ।सम्मेलनमा सरकारी तर्फमा ५० र निजी क्षेत्रमा २७ गरि…
काठमाडौँ: सरकारले तीन वर्षसम्म गरीबीको रेखामुनि रहेको जनसङ्ख्यालाई करीब एकतिहाइले कम गर्ने लक्ष्य लिएको छ । देशभर हाल करीब २१ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ । सरकारले सन् २०२२ सम्म यसलाई १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीबी न्यूनीकरणका लागि तयार पारेको गरीबी निवारण नीतिको मस्यौदामा सन् २०३० सम्म उक्त जनसङ्ख्यालाई पाँच प्रतिशतमा ओराल्ने उद्देश्य राखिएको छ । मन्त्रालयले भूमि व्यवस्थापन, सहकारी व्यवस्थापनका साथै गरीबी निवारणसम्बन्धी कार्य गर्ने जिम्मेवारी बहन गरेपछि गरीबी निवारणको प्रयासलाई नीतिगत मार्गदर्शन गर्न गरीबी निवारणसम्बन्धी नीतिको मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदा मन्त्रिपरिषद्को स्वीकृतिका…