Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लगानी सम्मेलन: ७७ परियोजनाबाट १५ वटामा १७ खर्वको मात्रै लगानी प्रस्ताव

    लगानी सम्मेलन: ७७ परियोजनाबाट १५ वटामा १७ खर्वको मात्रै लगानी प्रस्ताव

    पहिलोक्लिकपहिलोक्लिकMarch 31, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ ।

     

    शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो ।

     

    पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो ।

     

    ९ सय मेघावट अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैंक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैंकबाट ८ सय १२ दशमलव ६१ करोड, नबिल बैंकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त हस्ताक्षर भएको छ ।

     

    त्यसैगरी माथिल्लो त्रिशुली १ हाईड्रोपावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ ।

     

    चिनको दुई कम्पनीले १ सय ६४ मेघावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

     

    सिमरालाई विशेष आर्थिक क्षेत्र बनाउनका लागि लगानी बोर्ड र इन्टरनेशसन फाईनान्स कर्पोरेशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

     

    त्यसैगरी सौर्य उर्जामा लगानी गर्ने गरि प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउत र सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

     

    सिन्सियर कन्सल्टिङ कम्पनी लिमिटेड र हिमालय बुटिक भिलेज रिसोर्ट बनेपा बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

     

    नेपालका औद्योगिक विकासका लागि एनआएनका तर्फबाट १० अर्ब को सहयोग सम्झौतामा पनि उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

     

    मुथुट फाईनान्स इण्डिया र युनाईडेट फाइनान्स लिमिटेड बीच लगानीका लागि सम्झौता भएको छ । एपी पावर कम्पनी लिमिटेड र कडेल ग्रुप अफ कम्पनीबीच, सोलार, जलविद्युत् र वीन्ड प्रोजेक्टका लागि सम्झौता भएको छ ।

     

    संयुक्त लगानीका आयोजनाका लागि चौधरी ग्रुप र सरार्फ गु्रुपबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ । ६ सय मेघावाट सौर्य उर्जाका लागि स्काई पावर र चौधरी ग्रुपबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

     

    त्यसैगरी चौधरी ग्रुप सिजी कोर्प ग्लोबल टर्कीको कम्पनी टर्क सेलबीच ५ जी मोबाईलका सम्झौता भएको छ ।

    Facebook Comments Box

    ७७ परियोजनाबाट १५ वटामा १७ खर्वको मात्रै लगानीको प्रस्ताव
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.