Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बुटवलमा भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या गरिएको छ। बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्यु भएको प्रहरीले जनाएको छ। खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । बुुटवल वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगल मैनाबगरमा गोली चलेको बताए । उनको छातीमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारेको जनाएको छ ।
काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको छ । महासङ्घको कार्यसम्पादन सचिवालयको आज यहाँ बसेको बैठकले २०७६ जेठ १८ गतेभित्र सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो । महासङ्घका महासचिव सरोज सिटौलाले असीमित शेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने सरकारको निर्णयलाई स्वागत गर्दै महासङ्घले उक्त निर्णय गरेको जानकारी दिनुभयो । उक्त निर्णयसँगै अब सबै यातायात व्यवसायी सङ्घ तथा यातायात व्यवसायी प्रालि कम्पनीमा जानुपर्ने भएको छ ।
काठमाडौँ: नेपाली सेनाको प्रबक्ताको जिम्मेवारी चार महिना पनि पूरा नहुँदै हेरफेर भएको छ। सैनिक मुख्यालयले सहायक रथी तथा हालका प्रबक्ता याम प्रसाद ढकालको जिम्मेवारी हेरफेर गर्दैसैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारी स. र बिज्ञान देव पाण्डेलाई प्रदान गरिएको, निर्देशनालयले जनाएको छ। ढकालको जिम्मेवारी दुई नम्बर गण हिलेमा सारिएको छ। ढकाल पुस १७ गते प्रबक्ता तोकिएका थिए
धनगढी: नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्र कर्मकाण्डी जस्तो भएको बताएका छन् । यहाँ आज आयोजित खुला अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउनमा नयाँ शक्ति पार्टी लागेको बताए । दुई तिहाइ बहुमतको अहिलेको कम्युनिष्ट सरकारले सुशासन र विकास दिन नसकेको र जताततै भ्रष्टाचार मौलाएको आरोप लगाउँदै उनले भने, “यस्तो अवस्थामा सरकारलाई खबरदारी गर्न जरुरी छ ।” सो पार्टीका सुदूरपश्चिम प्रदेश इञ्चार्ज कृष्णकुमार चौधरीलेलगायतले पनि बोलेका थिए । देशको विद्यमान पस्थितिमा राजनीतिक दलको भूमिकाका विषयमा नयाँ शक्ति पार्टी नेपालले थालेको जनसंवाद यात्रा २०७५ का क्रममा खुला अन्तर संवाद…
काठमाडौँ: उद्योग तथा व्यवसायका लागि विभिन्न सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न एकल बिन्दु सेवा दिने लक्ष्यसाथ एकद्वार प्रणाली छिट्टै सञ्चालनमा ल्याउन लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको परिसरमा एकद्वार प्रणाली सञ्चालनका लागि आवश्यक काम शुरु गरिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाका अनुसार विभाग परिसरमा स्थापना हुन लागेको त्यस्तो प्रणालीमा १२ वटा एकाइ राखिनेछ । सो प्रणालीको खाका मन्त्रिपरिषद्ले पारित गरिसकेको जानकारी दिँदै उनले राजपत्रमा प्रकाशित हुने क्रममा रहेको तथा हाल भौतिक पूर्वाधार निर्माणको कामसमेत भइसकेको र केही दिनभित्रै सञ्चालनमा ल्याउने…
काठमाडौँ : सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउएका हुन् । प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचिवालयमा सङ्ख्या ७६ बाट झारेर ५२ बनाउनेसँगै मितव्ययी अपनाउन थालेका प्रधानमन्त्री ओलीले एक वर्षमा रु एक करोड ६२ लाख ९९ हजार खर्च कटौती गरेका छन् । कार्यालयले तयार पारेको विवरणअनुसार गत २०७४ फागुन मसान्त खर्च रु छ करोड ८८ लाख ९२ हजार भएकामा यही २०७५ फागुन मसान्तसम्म रु पाँच करोड २५ लाख ९३ हजार खर्च…
काठमाडौँ: नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि आज १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो । नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । टोली प्रशिक्षकमा कमल विष्ट छन् । विश्वकप खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छ । नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग…
काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्वाधरुपमा अगाडि बढाउन सरकार प्रयत्नशील रहेको खानेपानी मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका तर्फबाट आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिले विभिन्न विकल्पमा छलफल गरेकोले छिट्टै आयोजना सम्पन्न गर्ने ठोस निर्णय हुने बताईन । आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले चरित्र हत्या गर्ने मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरेकी छिन् । आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकांश काम सम्पन्न भए पनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महीना पहिले हात झिक्दा…
काठमाडौँ: नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम…
काठमाडौँ : नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यसैसाता राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनबाट देशको औद्योगिक उन्नयनमा ऊर्जा थप्ने विश्वास निजी क्षेत्रका उद्यमी व्यवसायीले व्यक्त गरेका छन् । सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलोपटक स्थिर सरकार गठन भएको परिप्रेक्षयमा हुन लागेको लगानी सम्मेलनलाई उनीहरूले समृद्धितर्फको अबको यात्रामा सहयोगी माध्यम बन्नसक्ने बताएका छन् । अनुभव, सीप र दक्षता आदानप्रदान र उद्योगका लागि दीर्घकालीन रुपमा पूँजी जुटाउन आयोजना भएको लगानी सम्मेलनलाई उनीहरूले स्वर्ण अवसरको संज्ञा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तथा स्वदेशमा नै धेरैभन्दा धेरै रोजगारीका अवसर…