Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : दोस्रो बजारमा सेयर खरिद गर्न वैशाख २ गतेदेखि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिने भएको छ । धितोपत्र बोर्डले शेयर कारोबारलाई व्यवस्थित बनाउन चैत १० गतेदेखि नै प्यान ऐच्छिक रुपमा लागू गरिसकेको भएपनि आउदो सोमबारदेखि शेयर खरिद गर्दा प्यान अनिवार्य गर्न लागेको हो । यद्दपि, एक पटकमा ५ लाख रुपयाँ वा बढीको शेयर कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य हुनेछ भने ५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक नै रहने बोर्डको भनाई छ ।
काठमाडौँ: नेपाली यु-१९ टोलीका कप्तान रोहितकुमार पौडेलले सिंगापुरविरूद्ध सतक बनाउन पाँच रनले चुकेका छन्। दक्षिण अफ्रिकामा अर्को वर्ष हुने यु-१९ विश्वकपका लागि मलेसियामा जारी एसिया छनौटको पहिलो खेलमा पौडेलले ९५ रन हानेका हुन्। उनले १ छक्का र ७ चौका प्रहार गरे। १०३ बलमा ९५ रन हानेका पौडेललाई ४६ औं ओभरको पहिलो बलमा सिंगापुरका बलर अथर्व गुनेले क्याच आउट गराए। रोहित आउटभएसँगै सोही ओभरमा गुनेले थप दुई विकेट लिएपछि ४६ ओभरमा अलआउट भएको नेपालले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ। यो स्कोरका लागि रसिद खानले ४७ बलमा ४८ रन हाने। पवन सराफ ४७ र भीम सार्की २६ रन हानेर आउट भए।…
काठमाडौं : नेपालले भारतको ऊर्जा बजारमा बिजुली बेच्न र किन्न पाउने भएको छ। दुई देशबीच अनलाइन प्रणालीमार्पmत ऊर्जा ‘एक्सचेन्ज मार्केट’ (सट्टा बजार) मा किनबेचसम्बन्धी सम्झौता हुन लागेको हो। विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले भारतीय ऊर्जा व्यापार कम्पनी एनभीभीएन (एनटीपीसी विद्युत् व्यापार निगम) र प्राधिकरणबीच बिजुलीको अनलाइन कारोबारसम्बन्धी सम्झौताको तयारी पूरा भएको बताए। सम्झौता केही दिनभित्रै हुने उनले जानकारी दिए। सम्झौता भएपछि नेपालले आपूmलाई चाहिएको बिजुलीको परिमाण र आवश्यक समय खुलाएर अघिल्लो दिन अनलाइनमा विवरण राखिदिने र त्यसअनुसारको बिजुली भोलिपल्ट प्राप्त हुने प्रणाली स्थापित गरिने अधिकारीले बताए। नेपालले सन् २००९ देखि विद्युत् एक्सचेन्जको अवधारणा लागू…
काठमाडौं : नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ। प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो। नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ। सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ। सुरक्षा निकायको पुनःसंरचना गर्ने व्यवस्था नीतिमा छ। पुनःसंरचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिइनेछ। तत्कालीन राजा वीरेन्द्रले नेपालमै अत्याधुनिक हतियार प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएका थिए। यसका लागि उनले जर्मनीसँग सहकार्य अघि बढाएका थिए। उनले राजधानीको सुन्दरी जल क्षेत्रमा जग्गा छुट्याएका थिए। स्वदेशमै हतियार उत्पादन…
काठमाडौं: दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा हिमाल सफाई अभियान गरिने भएको छ। सरकारले निजी संघ संस्थासँग मिलेर १० हजार टन फोहोरमैला संकलन गर्ने तयारी गरेको हो। सगरमाथा सरसफाई अभियानमा सगरमाथाबाट पाँच हजार र यसकै अन्य क्षेत्रबाट पाँच हजार गरी १० हजार किलो फोहोर संकलन गर्न लागिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। यो अभियानले सगरमाथा क्षेत्रमा रहेको शवहरूको पनि व्यवस्थापन गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङल्हामु गाउँपालिका लगायतका अन्य चार वटा संस्थाले उक्त अभियान गर्न लागको हो। १२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अप्रिलदेखि जुन महिनासम्म…
काठमाडौँ: सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।
काठमाडौँ: तस्करीको अनेक उपाय फेरी एक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखिएको छ जव तीन चिनियाँ नागरिकको मलद्वारबाट तीन किलो ३०० ग्राम सुन बरामद भयो। चीनकाे कुनमिङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह काठमाडाैं उत्रेका उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले शंका लागि चेकजाँच गर्दा साे परिमाणकाे सुन भेटिएकाे हाे। शंका लागेपछि केएमसी अस्पतालमा लगेर एक्सरे गराउँदा मलद्वारमा राखेकाे अवस्थामा सुन भेटिएकाे विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए। माओ निङहुवासहित चीनकाे कुनमिङबाट साढे ३ बजे ओर्लिएका उनीहरू चेकजाँचका क्रममा केही असजिलाे मानेपछि प्रहरी र भन्सारका अधिकारीहरूले तीनैजनालाई अस्पताल लगेकाे थियाे। ‘सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएकाे संकेत गर्याे,’…
काठमाडौं: सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषाद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो । अब ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
काठमाडौं: प्रदेश सरकारले आफ्नो प्रदेशमा दिने सार्वजनिक बिदा सम्बन्धित प्रदेशका संघीय कार्यालयहरुमा पनि लागू हुने भएको छ । केही दिनअघि बसेको संघीय मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले दिने सार्वजनिक विदा संघीय सरकार अन्तर्गतका कार्यालयहरुमा पनि लागू गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । ‘यो एउटा गुनासो थियो, त्यो अब समाप्त भएको छ’ बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने । यसअघि प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदामा संघीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्ने गरेका थिए । यसमा प्रदेश सरकारहरुले असहमति जनाउँदै आएका थिए । तर प्रदेशले घोषणा गरेको विदा…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज बिहिबार १५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । एक हप्तामा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको हो । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । एक साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत तोकिएको…