Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ । २०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने…

Read More

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्। चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन्। चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गदै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चन्दले सोमबार बेलुकी वक्तव्य दिएका हुन्। सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर…

Read More

काठमाडाैं: गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताए । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । बोगटीले भने, ‘क्यानाडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो । प्रतिव्यक्ति…

Read More

काठमाडौं: प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले देउवाको पत्रलाई बेवास्ता गर्दै सोमबार अपराह्न परिषद्को बैठक राखेर निर्वाचन आयोगको प्रमुख र समावेशी आयोग अध्यक्षमा नाम सिफारीस गरेपछि सरकार र प्रतिपक्षीबीच दूरी थप बढेको छ । …

Read More

काठमाडाैं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ । अहिले एयर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाईइ मासिक करोडौँ व्ययभार थपिन्छ । निगमले वाइड बडी ‘ए ३२०( २००’को लागि दुई जना टिआरई – टाइप रिलेटेड एक्जामिनर र टिआरआई (टाइप रिलेटेड इन्सट्रक्चर) तीन जना नियुक्त गर्न लागेको छ । टिआरईले प्रशिक्षणपछि परीक्षासमेत सञ्चालन गर्न पाउँछन् । टिआरआईले प्रशिक्षण मात्रै दिन पाउँछन् । यो समाचार खिलक बुढाथोकीले नागरिकमा लेखेका छन् ।

Read More

काठमाडाैं: रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपसिछ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जापान जान श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने उल्लेख छ । यो समाचार रुद्र खड्काले नागरिकमा लेखेका छन् ।

Read More

जियाङ्सु: पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सोमबारसम्म ७८ पुगेको छ । स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट निकै शक्तिशाली थियो । यस विस्फोटमा परी अझै पनि कैयाँै व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई जीवितै उद्धार गरिएको उद्धार कार्यमा संलग्न अधिकारीले जानकारी दिएका छन् । जियाङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ शहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् । विस्फोटमा परी घाइते भएका धेरै व्यक्ति उपचारार्थ…

Read More

काठमाडौँ : चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले दश लाख कार्ड खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ । विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । ‘मास प्रिन्टर’ को क्षमता साधरण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । कार्ड छपाइका लागि ठेक्का आह्वान भइसकेको उनले बताए । कार्ड र मास प्रिन्टर खरीद गरेपछि सेवाग्राहीले समयमा नै चालक अनुमतिपत्र पाउन सक्नेछन् । उनले भने, “मास प्रिन्टरले एक दिनमा आठ हजारसम्म कार्ड छाप्न सक्ने भएकाले खरीद गर्न लागिएको हो ।” संविधानले यातायातको जिम्मेवारी प्रदेश सरकारलाई…

Read More

काठमाडौँ: संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त हुनुभएको थियो । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य हुनुहुन्छ । परिषद्को आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस…

Read More

काठमाडौँ: गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको सङ्घर्ष अन्त्य नहुने जनाएको छ । सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्वसैनिकमाथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरेको हो । सङ्घका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गर्नुभयो । उहाँले गोरा सेना र गोरखा सैनिकबीच पेन्सनमा मात्रै २९५ प्रतिशत विभेद रहेको बताउँदै यसको समस्या समाधानका लागि…

Read More