Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: काठमाडौंको बाफलमा एक युवा अज्ञात समुहबाट हत्या भएको छ । तराई मुलको जस्तो देखिने अन्दाजी २५/२६ वर्षको पुरुषको हत्या भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युचाटार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुई/तीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन् । घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ । प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । घटनापछि उनीसँगै बस्ने अर्का युवक फरार भएका…
वीरगञ्ज: हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखाएको हो। रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालका अनुसार यो प्रारम्भिक अध्ययनको तथ्याङ्क मात्रै हो । नेपालका अनुसार आज पनि स्वयंसेवकहरु परिचालन गरेका छौँ, उनीहरुले तथ्याङ्क संंकलन गर्छन र साँझसम्म वास्तविक तथ्याङ्क आउँछ आशा छ। यता प्रमुख जिल्ला अधिकारीले भने क्षती यकिन विवरण आउन आझै बाँकी छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण…
काठमाडौँ: बारामा आएको हावाहुरीका कारण गम्भीर घाइते भएका थप दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । अहिलेसम्म शिक्षण अस्पतालमा नौ जना घाइतेको उपचार भइरहेको छ । बारा परवानीपुर गाउँपालिका–८ का १० वर्षीय नुरमोहम्मद अन्सारी र बारा कलैयाका सुनितादेवी ठाकुरलाई थप उपचारका लागि आजै शिक्षण अस्पताल ल्याइएको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुसहित नौ जनाको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यसअघि सेनाको हेलिकप्टरबाट सात जना घाइतेलाई ल्याइएको थियो । यसअघि ल्याइएकामा बारा फेटा गाउँपालिकाका ३६ वर्षीय त्रिचन पटेल, ५९ वर्षीय मोबारक महमद मियाँ, ५० वर्षीय सुरेश पटेल,…
काठमाडौँ: ‘सडकको काममा के कारणले ढिलाइ भइरहेको छ ? पुलको काममा किन ढिलासुस्ती ? बनेका संरचना पनि किन कमजोर बनिरहेका छन् ? काम ढिलो गर्ने ठेकेदार, गाली खानुपर्ने सरकारले, किन ?’ यी प्रश्नहरु योङ कम्युनिष्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईका हुन् । खोटाङको मध्यपहाडी लोकमार्गलगायत महत्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको र बनेका संरचना पनि कमजोर भएको जनगुनासो बढेपछि सोमबार जिल्ला समन्वय समितिको संयोजनमा ठेकेदारसँग भएको छलफलमा लिगका अध्यक्ष राई ठेकेदारको गल्तीका कारण सरकारको आलोचना भइरहेको भन्दै आक्रोसित मुद्रामा प्रस्तुत भए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
काठमाडौं: चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु ग¥यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा अोलीलेृ समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए । अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट भाषणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्वदेशमा रोजगारी सिर्जना गर्त तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । अर्को आर्थिक वर्षको बजेट भाषण आउन करिब दुई महिना बाँकी रहँदा स्वदेशमा कति रोजगार सिर्जना भए भन्ने यकिन हुन नसके पनि युवाको विदेश मोह…
काठमाडौँ: नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको छ । प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो । समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको लागि सम्भाव्यता अध्ययन गराउन लागेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । त्यसका लागि प्राधिकरणले सोमबार सूचना प्रकाशन गर्दै इच्छुक कम्पनीसँग परामर्शदाताका रुपमा काम गर्न प्रस्ताव माग गरेको छ ।
काठमाडौं: राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ । निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ । निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ । तैपनि भएको स्रोत, साधानको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ । निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन् । तीमार्फत निगमले एक दिनमा ७० घण्टा उडान…
काठमाडौं: बारा र पर्साम आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् । ‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई क नाम दिने भन्नेमा हामी अन्योलमा छौँ । यसमका लागि हामीले तथ्यांक (डाटा) मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, ‘यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुुगेका छौँ ।’ यो समाचार आकाश क्षेत्रीले अन्नपूर्णमा लेखेका छन् ।
काठमाडौँ: गर्न सक्ने कार्यक्रम मात्र मागौँ । मागेपछि समयमा पूरा गरौँ । असारमा धमाधम बजेट सक्ने गरी कार्यक्रम वा रकमान्तरको अनुमोदनका लागि आएमा म स्वीकृत गर्नेवाला छैन । मन्त्रालयकै सचिवले भने पनि मानिँदैन ।” परिणाममुखी कामका सन्दर्भमा प्रायः स्पष्ट रुपमा प्रस्तुत हुने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “यस आर्थिक वर्षको बाँकी अवधिमा के काम गर्न सकिन्छ, के सकिँदैन अहिल्यै भन्नुस् । आर्थिक वर्षको अन्त्यमा एकै पटक सक्ने पुरानो प्रथा बन्द गरिदिनुस् । नयाँ आर्थिक वर्षका जनतालाई प्रत्यक्ष लाभ हुने र परिवर्तनलाई आत्मसात् गर्ने प्रकारका नवप्रवत्र्तनात्मक कार्यक्रमको व्यावसायिक योजनासहित आउनुस् ।” सूचना मन्त्रालयस्तरीय विकास समस्या समाधान…
वीरगञ्ज: असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन,…