Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताए । उनले भने, “सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।” मन्त्री ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग…
जाजरकोट: कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् । क्षमताअनुसारको सीप सिकेर अहिले कारागारभित्र कमाई गरिरहेको कैदीबन्दी दीर्घबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी तीन दर्जन साथी, एकापसमा मिलेर घरेलु वस्तुहरु उत्पादन गरिरहेका छौँ, कैद भुक्तानीभन्दा पनि कारखानामा काम गर्न आएजस्तो भएको छ ।” दीर्घजस्तै कारागारमै दलबहादुर लुहार दराजको डिजाइन गराउँदै अन्य साथीलाई काममा लगाउँछन् । दीर्घ भन्नुहुन्छ, “दराज…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । उनले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्ने छन् ।…
राँझा: नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताउनुभयो । ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरूपमा रोकिएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, अब भारतबाट पशु आयात गर्दा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यस्तै पशुजन्य वस्तु दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र आवश्यक पर्छ । “त्यस्तो प्रमाणपत्र दिने निकाय दिल्ली वा कोलकातामा रहेका कारण…
काठमाडौं: नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो । ९ सय मेघावट अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैंक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैंकबाट ८ सय १२ दशमलव ६१ करोड, नबिल बैंकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त…
वीरगन्ज: नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन ।’ सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोची डाक्टर खोजेर बिहे गरिदिएको सुनाए । ‘दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं’, उनले भने, ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्यो ।’ बिहेपछि कार र घर नकिनिदिँदा ज्वाइँले बहिनीको…
बनेपा: काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहले सवारीसाधन खरिदमा अत्यधिक खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार काभ्रेका स्थानीय तहले आर्थिक वर्ष (आव) २०७४/७५ मा मितव्ययिताको सिद्धान्तविपरीत आम्दानीबेगर सवारीसाधन खरिदमा बजेट खर्चेका छन्। महाभारत गाउँपालिकाको आव २०७४÷७५ को लेखापरीक्षणपछि सार्वजनिक प्रारम्भिक प्रतिवेदनमा आन्तरिक आय ६ लाख ८५ हजार ९ सय ५८ रुपैयाँ मात्र रहेको महालेखाले जनाएको छ। तर त्यही गाउँपालिकाले आम्दानीको २६ गुणाभन्दा बढी खर्चेर मूल्य क्याटलग र मूल्यसूचीका आधारमा दुईवटा हेभी इक्विपमेन्ट र एउटा जिप किनेको देखिएको छ। महाभारतले एक करोड १५ लाख रुपैयाँमा दुसान इन्फ्राकोर कम्पनीको एउटा हाइड्रोलिक एक्साभेटर, ३५ लाख रुपैयाँमा एउटा ब्याकहो लोडर र ३२ लाख…
काठमाडौँ: कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ । कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्र रहेका कर्मचारी अभाप हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् । समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्र्याकबाट करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरु भएको बताए । उनले भने, ‘ अब गरिने भर्ना फास्ट ट्र्याकबाट हुनेछ । यसो नगरे प्रक्रिया लम्बन्छ ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी भर्ना गर्न फास्ट ट्र्याकको बाटो अपनाउनु परेको पण्डितले जानकारी…
काठमाडाैं: देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो । यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि आइसियूमा ३४…
काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घण्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ । वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ । अन्य खर्च पनि अत्याधिक हुन्छ । निगमले गरेको आम्दानी र खर्चको तुलनामा साउनदेखि पुससम्म एक अर्ब ६६ करोड…