Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गर्न सक्ने कार्यक्रम मात्र मागौँ । मागेपछि समयमा पूरा गरौँ । असारमा धमाधम बजेट सक्ने गरी कार्यक्रम वा रकमान्तरको अनुमोदनका लागि आएमा म स्वीकृत गर्नेवाला छैन । मन्त्रालयकै सचिवले भने पनि मानिँदैन ।” परिणाममुखी कामका सन्दर्भमा प्रायः स्पष्ट रुपमा प्रस्तुत हुने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “यस आर्थिक वर्षको बाँकी अवधिमा के काम गर्न सकिन्छ, के सकिँदैन अहिल्यै भन्नुस् । आर्थिक वर्षको अन्त्यमा एकै पटक सक्ने पुरानो प्रथा बन्द गरिदिनुस् । नयाँ आर्थिक वर्षका जनतालाई प्रत्यक्ष लाभ हुने र परिवर्तनलाई आत्मसात् गर्ने प्रकारका नवप्रवत्र्तनात्मक कार्यक्रमको व्यावसायिक योजनासहित आउनुस् ।” सूचना मन्त्रालयस्तरीय विकास समस्या समाधान…

Read More

वीरगञ्ज: असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन,…

Read More

काठमाडौँ: बारामा आइतबार राति भएको हावाहुरीबाट प्रभावितका परिवारलाई यथोचित व्यवस्था गर्ने निर्णय सोमबारको मन्त्री परिषद बैठकले गरेको छ। प्रदेश सरकारले प्रभावित परिवारलाई ३ लाख रुपियाँ दिने निर्णय गरिसकेको स्थितिमा सरकारले पीडित परिवारलाई परिपरी आउन सहयोग गर्न यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रको भ्रमण सकेर आएपछि बसेको मन्त्री परिषदको बैठकले गरेका निर्णय निम्न बमोजिम छन्। १. ज्यान गुमाउने प्रति श्रद्धासुृमन अर्पण, शोकसन्तब्ध परिवारप्रति समवेदना घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। २. घटना लगत्तै उद्धार कार्यमा खटिने सम्पूर्ण सुरक्षा निकाय, स्थानीय जनसमुदाय राजनीतिक दल, सामाजिक संघसंस्थाहरु, जनप्रतिनिधिहरु, निजी क्षेत्र, चिकित्सकहरु सक्रिय भएको पाइयो। उहाँहरु सबैलाई धन्यवाद…

Read More

दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताएका छन् । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उनले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताए । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताए । देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउदै उनले भने, “कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।” देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उनको भनाइ थियो । त्यस अवसरमा प्रधानमन्त्री…

Read More

काठमाडौँ: नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि ९२ हजार ३७६ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि क्षेत्रतर्फ २८ हजार ८८९ जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाका सुचना अधिकृत शोभाकर भण्डारीले बताए । चैत ८ गते देखि चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्ने व्यवस्था थियो । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले…

Read More

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् । बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु र करिब ७ सय घाइते भएको बताउँदै उनले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिएका हुन् । गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार, गएरातिदेखि घटनाको अपडेटमा रहेर थापा राहत, खोजी तथा उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइरहेका छन् । उनले सबै सुरक्षा निकायलाई समन्वनात्मक रुपमा परिचालित हुन पनि निर्देशन दिएका छन् । ‘पार्टी कार्यकर्तालाई पनि उद्दारमा सक्रिय हुन उहाँले आह्वान गर्नु भएको छ’, भट्टराईले भने । थापाले बारा…

Read More

धनुषा: गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको अन्योलता हटाइ काम अघि बढाउन संसद्को विकास तथा प्रविधि मन्त्रालयले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति कल्याणीकुमारी खड्काले अर्थ मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय र अन्य सरोकार भएका निकायका अधिकारीलाई पनि बोलाएर छलफल गरिने निर्णय सुनाउनुभयो । हिमाल, पहाड र तराईमा नयाँ शहर निर्माणका लागि एकीकृत अवधारणा तयार पार्न समितिले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बजेटको सुनिश्चितता भए ६ महीनामै काम शुरु गर्न सकिने गरी तयारी भइरहेको बताउनुभयो । एक सय ८५ नगरपालिकामा एकीकृत…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार (आज) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । २१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा आउनेछ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल खुला हुनेछ । विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम आजबाट सुरु गर्न लागिएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो । चीनको सरकारी कम्पनी चाइना नेशनल…

Read More