Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । बजारमा इन्धनको खपत बढ्दै गए पनि निगमसँग इन्धन भण्डारण गर्ने क्षमता कम हुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा इन्धन अभाव हुने अवस्थाको अन्त्यका लागि पूर्वाधार विकास अत्यावश्यक भइसकेको छ । यथास्थितिमा निगम चल्न नसक्ने भएकाले ९० दिनलाई पुग्ने इन्धन भन्डारणस्थल निर्माणका लागि संस्थाले…
काठमाडौं: बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएका छन्। राष्ट्र बैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका हुन्। सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो रकम फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ छ। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकहरुले ऋण तिर्न प्रयोग भएको पैसा फेरि खातामा ल्याउन सकिने सम्भावना नभएको जानकारी गराएको बताए। ‘बैंकहरुले खातामा पैसा ल्याउन व्यवहारिक समस्या देखाएका छन्,’ उनले नागरिकसँग…
काठमाडौँ: समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा व्यवसाय धरासायी बनेको बताए । नेपाल एलपी ग्यास उद्योग सङ्घले मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासमा सरकारका तर्फबाट प्रतिलिसिलिण्डर २३२ रुपैयाँ ५० पैसा अनुदान छुट्याएको भए पनि उद्योगको सञ्चालन खर्च प्रतिसिलिण्डर ५२ रुपैयाँ ५४ पैसामात्र दिइनु निकै कम भएको बताए । उनले भने, “छ वर्षअघि तोकिएको यसप्रकारको सञ्चालन खर्चले उद्योग चलाउन निकै कठिन भएको छ । यसअवधिमा…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ। फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन। मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो। उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौंबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए। अध्यागमन कर्मचारीले नै फागुन ७ मा ती ५ युवालाई…
काठमाडौँ: प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा चन्द समूह र प्रहरीबीच मंगलबार दिउँसो गोली हानाहान भएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी गएको थियो । ‘प्रहरी टोलीले देखेपछि चन्दका कार्यकर्ताले फायर खोले । त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको…
पेरिस: चीनले युरोपेली विमान निर्माण कम्पनी ‘एयरबस’ सँग ३ सयवटा जेट किन्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको फ्रान्स भ्रमणका बेला दुई पक्षबीच जेट खरिद सम्झौता भएको हो । राष्ट्रपति सीले ‘ए–३२०’ र ‘ए–३५० एक्सडब्लूबी’ विमान खरिदबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानको मूल्य ३ खर्ब ५० अर्ब अमेरिकी डलर पर्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अमेरिकी विमान निर्माण कम्पनी बोइङका दुईटा ‘७३७ म्याक्स’ जहाज ५ महिनाको अवधिमा दुर्घटनामा परेपछि चीनले एयरबससँग पछिल्लो सम्झौता गरेको हो ।
काठमाडौं: मोटो रकम आउने भएपछि नियम बिपरित भर्ना लिएका ३९१ बिद्यार्थीहरुको रजिष्टेशन गराउन पोखरा विश्वविद्यालयका पदाधिकारीहरु सहमत भएको बुझिएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले प्राज्ञिक परिषद् बैठकको निर्णय विपरित डि प्लस ग्रेड ल्याउने विद्यार्थीहरुको भर्ना लिएकोमा उनीहरुको रजिष्टे«शन अस्वीकृत भएको थियो । तर अहिले विद्यार्थीहरुको परिक्षा नजिकिदैंगर्दा आर्थिक प्रलोभनका आधारमा नियम विपरित भर्ना भएका विद्यार्थीहरुको रजिष्टे«शन गरि विश्वविद्यालयको शैक्षिक गुणस्तर र मर्यादालाई खस्काउनेगरिे विश्वविद्यालयलाई आर्थीक चलखेलको अखडा बनाउन लागिएको स्रोतले जनाएको छ । आर्थीक चलखेलको सेटिङ्ग पछि फेरी डि प्लस ग्रेड ल्याउने विद्यार्थीहरुको रजिष्टे«शन गराउन विश्वविद्यालयका उप–कुलपति चिरिञ्जीबि शर्मा, रजिष्ट्रार गोबिन्द प्रसाद शर्मा, डिनहरु प्रा.डा. हरि…
काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तयार पारिएको तीनमहीने कार्ययोजना २०७५ बारे आज छलफलका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । “तीनमहीने कार्ययोजनालाई सामान्य पूर्वाधारका रुपमा खडा गरी काम गर्नु आवश्यक छ”, उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ सुदृढ, सवल र सुरक्षित बनाउनका लागि उक्त योजना अगाडि ल्याइएको बताए । तीनमहीने कार्य योजनाअन्तर्गत चक्रपथभित्रका करिडोर सञ्चालन, फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ बनाउने, ट्राफिक सचेतनासम्बन्धी कक्षा सञ्चालनलगायत कार्यक्रम छ । छलफलमा…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर मात्र छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टी हित विपरीतका गतिविधि पार्टी विधान र नियमावली बमोजिम अनुशासन समितिको क्षेत्राधिकार भित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न सचेतसमेत गराएको छ । संयोजक…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आजदेखि बु्रमर (यान्त्रिक कुचो) को प्रयोग गरी सडक सफा गर्न शुरु गरेको छ । कामपाले आज शुभारम्भ कार्यक्रमको आयोजना गरी गत फागुन २८ गते इटलीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याएको हो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हरेक दिन साँझ आठ बजेदेखि बिहान चार बजेसम्म सडक सफाई कार्य हुने जानकारी दिए । उनका अनुसार उक्त यन्त्र दैनिक आठ घण्टा प्रयोग गरिनेछ । कामपाका उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ) ले यस यन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि सडक विभागको मातहतमा रहेको सडकमा रहेका खाल्डाखुल्डी पुर्न अत्यावश्यक रहेको जानकारी गरिन् । कामपामा प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाका अनुसार काठमाडौँलाई धुलोमुक्त…