Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: भारतीय विदेश सचिव विजय केशव गोखले दुई दिने नेपाल भ्रमणका लागि आज आउँदै छन् । यही चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा गोखले नेपाल आउन लागेका हुन्। नेपाल रहंदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, गोखलेले भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय हितबारे पनि नेपाली अधिकारीहरुसँग छलफल गर्ने तय भएको छ । भारत र पाकिस्तानबीच हवाई आक्रमणबाट तनावको स्थिति सिर्जना भएपछि भारतीय अधिकारीबाट नेपालको भ्रमण हुन लागेको पहिलो पटक हो ।

Read More

गोरखा: गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ । “समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पु¥याउँदैन”, विज्ञप्तिमा भनिएको छ, “हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ ।” तिनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने…

Read More

बेइजिङ: नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए । नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ । चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अधिकारीले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान,श्रीलंकालगायत मुलुकलाई एकअर्कामा जोड्न चीन सक्रिय रहेको…

Read More

काठमाडौँ: पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेका कदमको आलोचना गरे । गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रविबन्धित नेकपाका नेता कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए ।

Read More

काठमाडौँ: मलेसियाको गन्तव्य बन्द भएको १० महिनापछि खुल्ने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र म्यानपावर व्यवसायीबीच भएको छलफलका क्रममा कलिङ भिसा आएर रोकिएकालाई पहिलो चरणमा एक साताभित्र मलेसिया पठाइने सहमति भएको हो। व्यवसायीका अनुसार कलिङ भिसा आएका करिब ७ हजार छन्। ति संख्यालाई पहिलो चरणमा पठाइने स्रोतले जनाएको छ। उनीहरुको अन्तिम श्रम स्वीकृतिका लागि मन्त्रालयले सहजीकरण समेत गर्ने भएको छ। त्यस्तै नयाँका लागि पनि ३ महिनाभित्रै मलेसिया जान खुल्ला गर्नेगरी काम अघि बढाउने सहमति भएको छ। यसका लागि स्वास्थ्य परीक्षण संस्थाहरु सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। स्वास्थ्य परीक्षणको जिम्मा दिनका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ।…

Read More

काठमाडौं – नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा बनाएको तथ्य फेलापरेको छ। मन्त्रिपरिषद्बाट निर्णय भएको देखाएर नेपाल ट्रस्ट धनी रहेको थानकोट, मातातीर्थ, इचंगु र सतुंगलका जग्गा योजनाबद्ध तरिकाले मालपोत कार्यालय कलंकीबाट व्यक्तिको बनाइएको हो। २०६९ भदौ २५ को मन्त्रिपरिषदले निर्णय भन्दै ट्रस्टको जग्गा मोहीको पूर्ण स्वामित्वमा पुर्‍याइएको छ। तर, उक्त मितिको मन्त्रिपरिषद् निर्णय सूचीमा मोही र जोताहालाई ट्रस्टको जग्गाको पूर्ण स्वामित्व दिने विषय उल्लेख छैन। राजपत्रमा पनि यससम्बन्धी कुनै विषय प्रकाशित छैन। निर्णयको आधिकारिक पत्र र सम्बन्धित विभागले जग्गा स्वामित्व दिन निर्देशन दिएको पत्र सम्बन्धित मालपोत कार्यालय कलंकीले पनि देखाउन सकेन।…

Read More

काठमाडौं : न्याय ढिला दिनु भनेको न्याय नदिनुसरह हो ! यो जान्दाजान्दै सर्वोच्च अदालत चाँडो न्याय दिन नसक्ने अवस्थामा पुगेको छ। कारण हो– न्यायाधीशको चरम अभाव। यसले ‘हेर्न नभ्याइने’ को सूची बढाएको छ। मंगलबार पेसी तय भएका १ सय ७३ मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिए। कानुन व्यवसायीका अनुसार यो यति संख्या हो, जसले ‘रेकर्ड’ नाघेको छ। एक वर्षदेखि न्यायाधीश रिक्त भए पनि न्यायपरिषद्ले नियुक्ति गर्न सकेको छैन। न्यायाधीश नभएकै कारण सर्वोच्चका १० इजलासमध्ये तीनवटा ठप्प हुने अवस्था छ। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र, न्यायाधीशहरू दीपकराज जोशी र शारदाप्रसाद घिमिरेको अवकाशपछि उनीहरूका स्थानमा नयाँ नियुक्ति हुन सकेको छैन।…

Read More

काठमाडौँ: बुटवलमा भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या गरिएको छ। बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्यु भएको प्रहरीले जनाएको छ। खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । बुुटवल वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगल मैनाबगरमा गोली चलेको बताए । उनको छातीमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारेको जनाएको छ ।

Read More

काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको छ । महासङ्घको कार्यसम्पादन सचिवालयको आज यहाँ बसेको बैठकले २०७६ जेठ १८ गतेभित्र सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो । महासङ्घका महासचिव सरोज सिटौलाले असीमित शेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने सरकारको निर्णयलाई स्वागत गर्दै महासङ्घले उक्त निर्णय गरेको जानकारी दिनुभयो । उक्त निर्णयसँगै अब सबै यातायात व्यवसायी सङ्घ तथा यातायात व्यवसायी प्रालि कम्पनीमा जानुपर्ने भएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनाको प्रबक्ताको जिम्मेवारी चार महिना पनि पूरा नहुँदै हेरफेर भएको छ। सैनिक मुख्यालयले सहायक रथी तथा हालका प्रबक्ता याम प्रसाद ढकालको जिम्मेवारी हेरफेर गर्दैसैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारी स. र बिज्ञान देव पाण्डेलाई प्रदान गरिएको, निर्देशनालयले जनाएको छ। ढकालको जिम्मेवारी दुई नम्बर गण हिलेमा सारिएको छ। ढकाल पुस १७ गते प्रबक्ता तोकिएका थिए

Read More