Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिनुपर्नेमा जोड दिएका छन् । पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै उनले भने, “सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायाँै, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।” गएको वर्ष सरकार र पार्टीले पूर्वाधार बनाएको उल्लेख गर्दै उहाँले आगामी वर्षको बजेटमार्फत विकास निर्माणले गति लिन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । मुलुक नयाँ युगतिर अगाडि बढेको भन्दै अध्यक्ष दाहालले भने, “हिजोका परिवर्तन…

Read More

काठमाडौँ: आगामी आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । सरकारले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजनासहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्यअनुसार चालू आवमा २८७ मेगावाट बराबरको विद्युत् उत्पादन हुनेछ । तर चालू आवको हालसम्म ३९ मेगावाट विद्युत् मात्रै…

Read More

काठमाडौँ: जापानमा जारी नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले दुई पदक जित्न सफल भएको छ । आज भएको खेलमा नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्तले रजत पदकमै चित्त बुझाए । नेपालले सितोरियो करातेमा विश्व च्याम्पियनसिपमा जितेको यो नै अहिलेसम्मको ठूलो पदक हो । यसअघि नेपालले नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो । यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएका थिए । यसैगरी ६० केजी मुनि…

Read More

काठमाडौँ: शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०।३६, विकास बैंक ४।६५ र अन्य उपसमूह ०।७१ विन्दुले घटेको छ…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्मा केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को हुने भन्ने छलफल पनि शुरु भएको छ । निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको…

Read More

क्राइस्टचर्च:  न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ । अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट प्रहरीले बन्दीले लगाउने लुगा र हतकडीमा एउटा हत्याको अभियोगमा अदालत ल्याएको हो । उनीमाथि अरू अभियोजनहरू थपिने अपेक्षा गरिएको छ । अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा शुक्रबार दिउँसो १ः४० मा एकजना बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध बन्दुक चलाउँदा ४९ जनाको मृत्यु भएको थियो । उक्त ४८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई वर्षीय र १३ वर्षीय बालक पनि रहेका छन् । उनीहरू सबैको क्राइस्टचर्च अस्पतालमा उपचार भइरहेको…

Read More

बेइजिङ सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ । अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्याङ्कन             (मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको रिपोर्टमा उल्लेख छ। ’ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको उक्त अध्ययनले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुकमा सर्भेक्षणमा समावेश गरेको थियो । चिनियाँ नेतृत्व क्षमताको औसत अनुमोदन मूल्याङ्कनमा ३४ प्रतिशत, रुसको ३० प्रतिशत जर्मनीको सबैभन्दा अगाडि ३९ प्रतिशत र अमेरिकाको स्थान झर्दै ३१ प्रतिशत…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल वस्तु व्यापार घाटा २७.१ प्रतिशतले विस्तार भई रु.७८० अर्ब १९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.२ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा सात महिनामा कुल वस्तु निर्यात ११.५ प्रतिशतले वृद्धि भई रु.५३ अर्ब ८ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २१.१ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन,…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उहाँको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।

Read More

काठमाडौं:विध्वसांत्मक गतिविधि गर्दै आएको नेकपा विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दुई थरी तर्क गरेका छन्। सरकारले विप्लव समूका गतिविधिमाथि लगाएको प्रतिबन्धको भोलिपल्ट विराटनगरमा रहेका देउवाले सञ्चारकर्मीसँग कुरा गर्र्दै सरकारको निर्णयको समर्थन गरेका थिए। उनले त्यतिबेला भनेका थिए, ‘विप्लवको कामप्रति सरकारले लगाएको प्रतिबन्धको कांग्रेस स्वागत गर्छ, हाम्रै साथीहरुमाथि पनि उसको त्रास थियो।’ उनले प्रतिबन्ध मात्र नभई कारबाही गर्नसम्म सरकारलाई आग्रह गरेका थिए। कांग्रेस सभापति देउवाको भनाइ विपक्षी दलको हो। तर, सत्तारुढ नेकपाभित्र भने बिनाछलफल सरकारले एक्कासि यस्तो निर्णय लिएको भन्दै केही शीर्ष नेताले आक्रोश पोखेका थिए। त्यसमध्ये थिए, पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपाल। नेपालले…

Read More