Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
ललितपुर: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज प्रतिष्ठानमा आयोजना गरेको ३३औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उनले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पारे । सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताए । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।”…
काठमाडौँ:काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उनले जानकारी दिए । आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो । सो क्रममा दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट नजीकका केही घरमा समेत क्षति पुगेको बताइएको छ । आगलागी भएको क्षेत्रमा ग्यास स्टोरसमेत रहेको र केही ग्याससमेत पड्किएको…
काठमाडौँ: तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ । कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो । गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो । मेलम्ची खानेपानी आयोजनामा काम छोडेको इटालीको कम्पनीले सो आयोजनामा महत्वपूर्ण जिम्मा पाएको थियो । कूल १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनामा काम गर्न नस्क्ने देखिएपछि गत फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिइएको थियो । ठेकेदार कम्पनीले तनहुँ आयोजनालाई आधिकारिक जवाफ नआएपछि तनहँु हाइड्रोपावर लिमिटेडले बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी सिएमएसीलाई गराएको…
काठमाडौँ: लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता शेयर रु २९ करोड ३९ लाख ३८ हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये अनुत्पादन समूहको मात्रै शेयर घटेको छ । सो…
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करीब ४८ हजारलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । “समायोजन रोजेकालाई पत्र दिई खटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “समायोजनपत्र लिएका कर्मचारी ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार २१ दिनभित्र आफू समायोजन भएको कार्यालयम पुग्नुपर्ने छ । कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव भएको गुनासो आइरहेको छ ।” करीब ८७ कर्मचारीमध्ये कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए । समायोजन रोजेकालाई विस्तारै तीनै तहमा पठाइने प्रवक्ता अधिकारीको भनाइ थियो ।…
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि सांसद देवप्रसाद गुरुङ मुलुकको समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको आवश्यकता रहेका उल्लेख गर्दै मुलुक निर्माणका लागि निजी क्षेत्रको सहभागितामूलक र सहयोगात्मक भूमिका हुनुपर्ने बताउनुभयो । विदेशीभन्दा स्वदेशी लगानीलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै लगानी स्वीकृत गरिनुपर्ने बताउनुभयो । लगानी बोर्ड संरचना निकै भद्दा भएको जनाउँदै उहाँले बोर्डलाई छिटोछरितो बनाउन सुझाव दिनुभयो । सांसद जनार्दन शर्माले विकासको अपेक्षा…
तौलिहवा: प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो । रोकाको घरबाट दुई थान एसएमजी, त्यसको म्यागजिन तीन थान, एसएमजी गोली ६८ राउण्ड, चाइनिज पेस्तोल एक थान र त्यसको म्यागजिन दुई थान, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी रोकाको घरबाट रिमोट कन्ट्रोल दुई थान, तार र बम बनाउने सामग्री पनि…
काठमाडौँ: एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२…
काठमाडौँ: सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् । मन्त्रालयले ती शिक्षकसँग ¬‘राहत अनुदान कोटामा नियुक्त र इसिडीका…
विराटनगर: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गर्नुभयो । उहाँले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताउनुभयो । यसैगरी अर्का अध्यक्ष मण्डलका…