Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: जिल्ला अदालत कञ्चनपुरले निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी,…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज बिहिबार १० अर्ब रुपैयाँको रिपो गरेको छ । एक हप्तामा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको हो । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । दुई साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बुधबार…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो। आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिने भएको छ। राजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए। अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति (पीआर) पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ। न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई…

Read More

मलंगवा: उखुको अनुदान रकम नपाए आन्दोलन गर्ने चेतावनी दिएका किसानहरुलाई बुधबारदेखि अनुदान रकम दिन सुरु भएको छ । मंगलबार किसानहरुले अनुदान नपाए तीन दिनपछि आन्दोलन गर्ने चेतावनी दिएका थिए । बुधबार पहिलो दिन हरिवन, लालबन्दी, ईश्वरपुर र बागमतीका किसानको रकमको चेक इन्दुशंकर चिनी उद्योगले जिल्ला प्रशासन कार्यालयबाट बुझेको छ । पहिलो दिन जिल्ला प्रशासन कार्यालयबाट उद्योगले ४ हजार १ सय २३ किसानको रकम बुझेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो दिन ९ करोड २७ लाख २९ हजार २ सय २५ रुपैयाँ ७१ पैसाको चेक इन्दुशंकर चिनी उद्योग हरिवनलाई दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताएका…

Read More

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवासस्थित होटलहरूले महाखुत्रुके अभियान चलाएर चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउँदैछन् । रङ्गशाला निर्माणमा आमचासो बढाउन र निर्माणकार्यमा सबैलाई जोड्न महाखुत्रुके अभियान शुरु गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ महोत्तरीले जनाएको हो । “बर्दिवासका सबैजसो होटलको काउण्टर नजिकै आकर्षक खुत्रुक्के राखिएका छन्”, महासङ्घ महोत्तरी समितिका सचिव तथा बर्दिवासस्थित होटल गौरीशङ्करका सञ्चालक नारायण घिमिरेले भने, “होटलमा खाना खान र बासका लागि आउने अतिथिको आँखा पर्नेगरी राखिएको आकर्षक खुत्रुके सबैको नजरमा पर्ने गरेको छ ।” अतिथिले खुत्रुकेबारे जिज्ञासा राखेपछि त्यसको उद्देश्य बताउनासाथ स्वेच्छाले केही रकम त्यसमा झार्ने गरेको सचिव घिमिरे बताउछन् । धुर्मुस–सुन्तली फाउण्डेशनले…

Read More

काठमाडौं : सरकारको एक वर्षे कार्यकाल ‘पूर्णतः असफल’ रहेको निष्कर्षसहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जिल्ला अदालत कैलालीले सांसद रेशमलाल चौधरीलाई जन्मकैद फैसला गरेलगत्तै बुधबार काठमाडौंमा बसेको राजपाको आपतकालीन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। एक वर्षअघि ओली नेतृत्वको सरकारलाई उसले संविधान संशोधन हुने लगायतका आशासहित बिना कुनै सहमति/सम्झौता समर्थन गरेको थियो। बिचबिचमा पनि राजपाले सरकारलाई आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको थियो। पछिल्लोपटक गत पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजपाले संविधान संशोधन, कैलालीका सांसद रेशम चोधरीको रिहाई, मधेस…

Read More

काठमाडौँ: कोटेश्वर–कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम भइरहेको सडक विभागले जनाएको छ । चिनियाँ पक्षले नै सडकको अध्ययन गरिरहेको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि त्यसमा आवश्यक सुझाव समेटेर अन्तिम प्रतिवेदन आउनेछ । प्रारम्भिक र अन्तिम दुवै अध्ययन प्रतिवेदन चिनियाँ पक्षले नै गर्नेछ । प्रमुख श्रेष्ठले भन्नुभयो, “हामीले त्यसमा समेट्नुपर्ने विषयमा भने सुझाव दिइरहेका छौँ ।” कोटेश्वर–कलङ्की सडकबाट सिकेका कुरा यस खण्डमा लागू गर्न…

Read More

कैलाली: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हाल मुलुक कानुन निर्माणको क्रममा रहेको चर्चा गर्दै हालसम्मका समस्यालाई निर्मूल गर्ने र राष्ट्रिय हितमा कुनै असर नपर्ने गरी कानुनमानै समावेश गरिने बताउनुभयो । मन्त्रीको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कैलालीको धनगढीमा मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको हो। उक्त अवसरमा गृहमन्त्री थापाले आर्थिक अपराधी, संघीयता, संविधान तथा राष्ट्रिय अखण्डता विरोधी, समाजिक अपराधी, विकास निर्माणमा वाधा पुर्‍याउने लगायत चोरी तस्करी गर्ने जस्ता आपराधिक तत्वलाई निस्तेज पार्ने जिम्मेवारी सुरक्षा निकायको भएकोले त्यही अनुसार काम गरी राष्ट्रलाई विकास र समृद्धिको बाटोमा अगाडि वढाई…

Read More

काठमाडौँ: सर्वाेच्च अदालतले नेपालको राष्ट्रिय जनावर गाई र त्यससँग सम्बन्धित प्रजाति घरपालुवा जनावर गोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले मङ्गलबार नेपालभर छाडा छाडिएका गाईगोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “देशभर छाडा छाडिएका गाईगोरुलाई सुरक्षित बासस्थान, जीविकाका लागि घाँस, दाना, पानीजस्ता अति आवश्यक आहार एवम् उपचारको व्यवस्था गर्नू ।” अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी चैत ३ गते बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायतलाई विपक्षी बनाई स्नेहाज केयरका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले यही फागुन १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर…

Read More

काठमाडौँ: ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो । ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले आज जानकारी दिएको छ । सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सात जनाको निधन भएको थियो । तेह्रथुमको…

Read More