Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
दार्चुला: दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न धौधौ भएको छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्सावापतको रकम मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेका छन् । यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री भएको छैन । “मैले झण्डै ९० किलोको हाराहारीमा यार्सागुम्बा…
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको शनिबार राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराए । नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफँै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।…
काठमाडौँ: सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गरेको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त विधेयक तयार पारेको हो । जलविद्युत् आयोजनाको हकमा पनि २०० मेगावाटभन्दा माथिका आयोजना अब बोर्डले नै हेर्ने भएको छ । हालै कार्यान्वयनमा आएको लगानी बोर्ड ऐनले भने ५०० मेगावाट क्षमताभन्दा माथिका आयोजना…
काठमाडौँ: दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ । शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका सार्वजनिक गरिनेछ । ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले…
काठमाडौँ : काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय समस्या यिनै हुन् । तर आज काठमाडौ भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो चालक नभइ सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्नसक्छ । काठमाडौँ बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, “यहाँहरुलाई स्वागत छ । सूचना÷प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर…
काठमाडौँ: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेट्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज मन्त्री निवास पुल्चोक पुगेर अधिकारीकी धर्मपत्नी विद्या अधिकारीसहित परिवार र आफन्तजनलाई भेटेर दुःखको यस घडीमा धैर्य धारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गर्नुभएको थियो । वरिष्ठ नेता पौडेलले आफू र पार्टीका तर्फबाट समवेदनासहित धैर्य धारणाका लागि आग्रह गर्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँ: त्रिवि शिक्षण अस्पतालमा जारी रहेको सातवटै शवहरुको पोस्टमार्टम र एन्टे-मोर्टेमको काम विहिबार राति १० बजे सकिने भएको छ । दिउसो २ बजेदेखि त्रिवि अस्पतालको फोरेन्सिक बिभागमा जारी काममा झन्डै ८ घण्टा लागेको, अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले पहिलोक्लिकलाई बताए। बुधाबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाको ताप्लेजुंगको दारेभिरमा घटनास्थलमै मृत्यु भएको थियो र उनीहरुको शव आज त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो। यो खबर ९:३० बजेसम्म तयारपार्दा ५ जनाको पोस्टमार्टमकाम सकिएको उनले जानकारी दिए। पोस्टमार्टमको काम सकेपछि एन्टे-मोर्टेम र दुईको डाटा भिडाएर हेरेर काम सकिने उनले बताए।
काठमाडौँ: पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुङ्गो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन । विज्ञ समूहको दुई दिने बैठक आज सम्पन्न भएपछि पानीको उपलब्धता र उपयोग, आयोजनाको क्षमता निर्धारणलगायतका विषयमा भने सहमति हुन सकेन । विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणका क्रममा रहेका कूल १६८ विवादमध्ये ६४ विषयमा सहमति भए पनि प्रमुख ठानिएका विषयमा अझै छलफल जरुरी भएको भन्दै निर्णयमा पुग्न नसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिनुभयो । बैठकमा नेपालले पानीको उपयोग, बाँडफाँट, आयोजनामा हुने लगानी, विद्युत् उत्पादन क्षमता, सिँचाइ, बाढी…
काठमाडौं: ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अस्वस्थ भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनलाई सहयोगीहरुले नर्भिक अस्पताल पुराएका थिए । नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी बिहीबार साँझ अस्पताल भएको पुष्टि गर्दै पहिलोक्लिकलाई बताए। ‘उहाँ अहिले बेलुका अस्पताल भर्ना हुनुभएको छ । सीसीयूमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने । उनको उपचारमा डा यादव भट्टराईको टोली खटिएको छ । यसैबीच मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, नेकपा नेता जनार्दन शर्मा लगायत अस्पताल पुगेका छन् ।
सुकेटार (ताप्लेजुङ): (रासस): करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् । पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ…