Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। यही साता मलेसिया सरकारको सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिएको छ। भिसाको समय सकिएपछि यी युवा अब मलेसिया जान पाउने छैनन्। वैदेशिक रोजगार विभाग आफैंले पनि…
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको असामयिक निधन भएको छ। दाङ ३ ख बाट निर्वाचित प्रदेशसभा सदस्य ओलीको काठमाडौमा उपचारको क्रममा निधन भएको हो। उनको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको बताइएको छ । सांसद वली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो। उनको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट विजयी भएका थिए।
काठमाडौँ: महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई आज साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
वासिङ्टन:अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि वार्ता पुनः शुरू गरेका छन् । विश्वका दुई अर्थतन्त्रबीच व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि उनीहरू पुन वार्ताको टेबलमा आएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । वार्ताले सकारात्मक दिशा नलिएमा अमेरिकाले मार्च १ देखि लागु हुनेगरी थप चिनियाँ सामानको मूल्यमा करवृद्धि गर्ने बताएको थियो । बिहीबार शुरू भएको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरको नेतृत्वमा…
काठमाडौं : सरकारले यातायात प्राधिकरण गठन प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा याताायात मन्त्रालयलाई यातायात प्राधिकरण ऐन, २०७५ को विधयेक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएसँगै प्रक्रिया अघिबढेको हो। यातायात समितिमार्फत सञ्चालन हुँदै आएका सार्वजनिक यातायात व्यवस्थापन तथा नियमन गर्न प्राधिकरण निर्माण गर्न लागिएको हो। प्राधिकरणमार्फत नै मुलुकको यातायात व्यवस्था सञ्चालन हुनेछ। यसका लागि आवश्यक ऐन निर्माण गर्न मन्त्रालयले स्वीकृति दिएको हो। मन्त्रायलका सहसचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा गठित कमिटीले ऐनको मस्यौदा तयार पारिरहेको छ। अहिले ऐनको मस्यौदा निर्माणकै चरणमा भएकाले ऐन यस्तै बन्छ भन्न सकिने अवस्था नभएको मन्त्रालयले जानकारी दिएको छ। ऐनको मस्यौदा निर्माण भइरहेको छ। यो मस्यौदा भौतिक…
काठमाडौं: नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्र हरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो । गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इन्द्रदह (काठमाडौँ): चन्द्रागिरि–१ दहचोकस्थित काजी कालु पाँडेको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दा निकै गम्भीर देखिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटनका क्रममा भने हर्षित हुनुहुन्थ्यो । उत्सवको उद्घाटनका लागि दहचोकको डाँडामा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई आयोजकका तर्फबाट स्वयम्सेवकले ढाकाको टोपी उपहार दिए । लगत्तै उहाँले शिरमा रहेको भादगाउँले टोपी झिक्नुभयो र ढाकाको टोपी लगाउनुभयो । अनि मञ्चाशीन व्यक्तितर्फ फर्केर भन्नुभयो, “राम्रो देखिएको छ ?” त्यसपछि प्रधानमन्त्रीले पनि कार्यक्रमका अध्यक्ष हरिशरण थापालाई खादा लगाइदिनुभयो । प्रधानमन्त्री ओली २०७३ फागुन ९ गते निजी भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा पुग्नुभएको थियो । सोही समयमै उहाँले प्रत्येक फागुन ९ गते…
काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ । इण्डियन आयल कर्पोरेसनले…
काठमाडौँ: सरकारले हालै कार्यान्वयमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयनका बारेमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ एक कार्यशालाको आयोजना गरेको छ । नेपालमा ती दुई ऐनको निर्माणका लागि महासङ्घले पनि लामो समयदेखि पहल गरेकाले तिनको कार्यान्वयन बारे सरोकारवाला एवम् नेपालका उद्योगी–व्यवसायीलाई जानकारी दिन सो कार्यशालाको आयोजना गरिएको हो । कार्यशालाको उद्घाटन गर्दै महासङ्घका अध्यक्ष भवानी राणाले उद्योगी–व्यवसायी तथा श्रमिकसँग जोडिएका विषय भएकाले ती कानूनको कार्यान्वयनलाई सहजीकरण गर्न महासङ्घको भूमिका महत्वपूर्ण हुने बताइन । उनले ती कानूनको महत्व र आवश्यकतामाथि जोड दिँदै उद्योगमैत्री वातावरणका लागि उद्योगी र व्यवसायीबीच मैत्री सम्बन्ध हुनुपर्नेमा जोड दिइन…
काठमाडौँ: सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुधबारदेखि छलफलसमेत शुरु भएको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ । विद्युतीय माध्यमलाई सभ्य, मर्यादित एवं व्यवस्थित बनाउने लक्ष्यका साथ सरकारले उक्त विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरेको…