Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा हामे कार्कीले लेखेका छन् । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया…

Read More

काठमाडौँ: नेपाली सेनालाई बुझाइएको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिंदै मन्त्रिपरिषद्धमा अन्तिम स्वीकृतिका लागि पेश गर्ने भएको छ। परियोजनाको प्रारम्भिक डीपीआर दक्षिण कोरियाली साझेदार योसिन र पुन्घवाले तयार गरेको हो जुन नेपाली सेनालाई उसले सन् २०१९ फेब्रुअरी ३ मा बुझाएको थियो। डीपीआर उक्त कम्पनीले नेरु १०१.२ मिलियनमा तयार गरेको हो। “हामीले हाम्रो पक्षबाट परियोजनाको डीपीआरलाई अन्तिम रुप दिएका छौं अब स्वीकृतिका लागि मन्त्रिपरिषद्धमा यसै साता पठाउँछौं,” प्राविधिक उपरथी तथा परियोजनाका सदस्य सचिव योगेन्द्र खाँडले पहिलोक्लिकलाई जानकारी दिए। “मन्त्रिपरिषद्धबाट डीपीआर स्वीकृति भए लगत्तै हामीलाई हाम्रो बाँकी मेगा स्केलका ठेक्काका काम र परियोजनालाई थप द्रुत…

Read More

अदिस अबाबा, इथियोपिया:  ः आइतबार विहान दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ । विमानमा नेपाली नागरिक भएको भने जानकारी छैन । विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको बताइएको छ । इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको अदिस अबाबाबाट जारी विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेवोल्दे जेब्रेमालियमको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ,…

Read More

हुम्ला: सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश कार्कीका ६ भेडाबाख्राको मृत्यु भएको हो । हिउँको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि विब्बुयाँमा लगातारको चिसो लागेर निमोनियाले भेडाबाख्रा दिनप्रति दिन मर्दै गएको पीडित चुमा महताराले बताए । एकै पटक भेडाबाख्रा मर्दा समस्या भएको उनले बताए । एउटाको करीब रु १५ देखि २० हजारसम्म मूल्य पर्ने गरेको छ । लामो समयको हिमपात रोकिएसँगै बढेको चिसोले गर्दा बाख्रा पालनमा समस्या भएको उनले बताए । चरन क्षेत्रमा हिउँ भएका कारण गोठ नजिकै चराउन लैजाने…

Read More

सप्तरी: बोदे बसाइन नगरपालिकाबाट गए राति एक व्यापारीको अपहरण प्रयास गरिएको छ । डाकनेश्वरी नगरपालिका–१ घर भई बोदे बसाइन–५ मा कपडा पसल सञ्चालन गरी बसेका ३२ वर्षीय मो. जियाउल हकलाई बाटोबाटै अपहरण गर्न खोजिएको हो । अपहरण गरी भारततर्फ लैजान लागेका बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेका र आफ्नो ज्यान जोगिएको हकले बताउनुभयो । पसल बन्द भएपछि राति मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाब लगाएका ८÷१० जना अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको उहाँले बताउनुभयो । अपहरणकारीसँग कटुवा पेस्तोलसमेत रहेको र गम्छाले हात बाँधेर डाकनेश्वरीको होटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको…

Read More

काठमाडौँ: प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । भूउपयोग विधेयकमाथिको छलफलमा सांसद दिव्यमणि राजभण्डारीले छलफलविना समिति र संसद्बाट विधेयक पारित हुने गरेकामा आपत्ति जनाउनुभयो । सांसदलाई पर्याप्तमात्रामा छलफल गर्न दिनुपर्ने उहाँको भनाइ थियो । सांसद प्रेम सुवालले शहरीकरण र औद्योगिकीकरण गर्नु नहुने ठाउँमा भइरहेको बताउनुभयो । सतहत्तर लाख युवा वैदेशिक रोजगारमा गएकाले खाद्यान्न उत्पादनको वातावरण उहाँले नभएको बताउनुभयो । “मालपोतमा सार्वजनिक जग्गा…

Read More

पोखरा:  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्को सम्मानार्थ काङ्ग्रेस कास्कीद्वारा आज आयोजित कार्यक्रममा उहाँले सम्झौताको भाषा प्रष्ट नभएको बताउनुभयो । प्रधानमन्त्रीकै उपस्थितिमा सीके राउतले सरकारले जनमत सङ्ग्रह स्वीकारेको भनेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय अखण्डता, अविभाज्यताजस्ता विषय भाषण गरेर मात्रै नहुने उल्लेख गर्नुभयो । पार्टीभित्रको एकता भावना र व्यवहारमा हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामी एक भयौँ भन्दैमा एकता हुने होइन, तातोपानीमा पौडी खेलेर एकता हुन्छ ?” तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार…

Read More

अदिस अबाबा: इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् । इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो । इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ…

Read More

ललितपुर: कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने जेब्राक्रसिङ निर्माण, डिभाइडर राख्नेलगायत काम चाँडै हुने उनले बताए । उनले भने, “सडक सुरक्षाका लागि आवश्यक कुराहरु थपेर यो सडक सुरक्षित बनाउन लागिएको हो ।” उनका अनुसार शहरी सडकमा कम दूरीमा नै ‘जेब्राक्रसिङ’ चाहिने भएकाले…

Read More

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाएर गरेको अध्ययनअनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा असाध्यै न्यून मात्रै रकम बैंकमा मौज्दात रहेको पाइएको छ । समितिका अध्यक्ष युवराज सुवेदीकाअनुसार बस्नेत तथा उनका आफन्तको नाममा बैंक तथा वित्तीय संस्थामा मात्रै रु १९ लाख ११ हजार मौज्दात रहेको छ । सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका सदस्य, वचतकर्ता, तथा अन्य व्यवसायीले पाउनुपर्ने रकमको दाबी…

Read More