Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ । सरकारले लगानी गरेका आयोजनाको कार्यप्रगतिसमेत उल्लेखनीय रुपमा बढेको छ भने १० वर्षमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई अगाडि बढाउन निजी क्षेत्रसँगको सहकार्यसमेत गुणात्मक रुपमा अगाडि बढेको छ । चालू आवको अन्त्यसम्ममा नै लामो समयदेखि समस्यामा रहेका माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रोजस्ता आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरिएको…

Read More

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन्। राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्भाषण दिने छिन् । राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत एवम् सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष…

Read More

रुपन्देही: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन् । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए । “राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ”, उनले भने , “अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ । ” महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए । उनले भने, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति…

Read More

फिदिम : अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४० हजार मूल्य हुँदा साँवासम्म उठ्थ्यो” जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका अगुवा अलैँची कृषक तिलविक्रम चेम्जोङले भने, “साँवा नै नउठ्ने भएपछि अलैँची बिक्री गर्न सकिएन् ।” राम्रो मूल्य प्राप्त गर्ने आशमा उक्त क्षेत्रका किसानले गत…

Read More

काठमाडौँ : नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् । आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ । दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा एक दशमलव पाँच प्रतिशत मात्रै दक्ष छन् । चौबिस प्रतिशत अर्धदक्ष छन् भने अधिकांश अदक्ष कामदार रोजगार गर्न भनेर विदेशिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताए । अधिकांश अर्धदक्ष कामदार…

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गरेका छन् । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाए । “पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आएका छन्, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन”, उनले भने । सहमतिपत्रमा स्वतन्त्र मधेश र…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ । भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले रु एक करोड ८४ लाख ७२ हजार रकम सङ्कलन गर्नुभएको थियो । भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि रु एक करोड उपलब्ध गराउने घोषणा गरेको छ । मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांशसमेत सूचीकृत भएको छ । स्टकका अनुसार यस साता कूल १७६ कम्पनीको शेयर कारोवार भएको छ । बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम शीर्षस्थानमा रहेको छ । टेलिकमको रु एक खर्ब दुई अर्ब ६० करोड बराबर रहेको छ । यस्तै नबिल बैंक लिमिटेडको बजार पूँजीकरण रु…

Read More

पर्सा: नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५…

Read More

काठमाडौं: नाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले जानकारी दिए । मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । त्यसलगत्तै खोजी कार्य सुरु गरिएको…

Read More