Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र रुख बिरुवा कटानजस्ता समस्याका कारण राष्ट्रिय गौरवका आयोजनामा आशातीत प्रगति हुन नसकेको पाइएको छ । सरकारी निकायबीचमा नै समन्वय हुन नसक्दा सरकारले प्राथमिकतामा राखेका र गौरवका आयोजनाका रुपमा चित्रण गरेका महत्वपूर्ण आयोजना लामो समयसम्म पनि अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा जग्गा प्राप्तिका कारण धेरैजसो ठूला र महत्वपूर्ण परियोजना समस्यामा फसेको उल्लेख गरिएको छ । यस्तै निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीको फितलो अनुगमन र मूल्याङ्कन प्रक्रियाका कारण पनि महत्वपूर्ण आयोजनामा ठोस प्रगति हुन नसकेको समीक्षामा समेटिएको छ । धेरैजसो आयोजनामा प्राविधिक एवं…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिएकि छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्छ भनिन् । राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर , हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै भनिन् “महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला…

Read More

काठमाडौँ: सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ । त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न…

Read More

काठमाडौँ: विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिएका छन् । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गरे । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन”, सांसद रेग्मीले भनिन । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूलनाराका साथ आज देशैभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही…

Read More

काठमाडौँ: छुट्टै मधेस देशको अभियान चलाइरहेका सिके राउतले नेपालको अखण्डता स्वीकार्दै अभियान रोक्ने भएका छन्। त्यसको घोषणा शुक्रबार दिउँसो १ बजे हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छेउमा राखेर राष्ट्रिय सभागृहबाट विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली र राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने बताईएको छ । राउतसँग दुई महिनाभन्दा बढीदेखि भएको वार्तापछि उनी स्वतन्त्र मधेसको अभियान छोड्न राजी भएका हुन्। हिजोमात्र राज्य विप्लवको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

Read More

काठमाडौँ: सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा यस अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न नौ जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह तथा विवाह गर्ने क्रममा रोकेको देखिन्छ । प्रकाशमा नआएका बालविवाहका घटना थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै २० जना (१० जोडी) ले उमेर नपुग्दै विवाह गरेका छन् भने दुई बालिकाको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् । उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्दै सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन् । परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताएका…

Read More

काठमाडौं : नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँगको अनौपचारिक छलफलका क्रममा बैठक बोलाउन माग गरेका हुन् । ‘हामीले तत्काल पार्टी बैठक बोलाउन उहाँहरू (ओली–दाहाल) लाई अनौपचारिक रूपमा भनिरहेका छौं,’ वरिष्ठ नेता खनालले भने, ‘तर उहाँहरू बैठक बोलाउन तत्पर हुनुभएको छैन ।’ स्थायी समितिले पार्टी एकताको ठोस प्रस्ताव तयार पार्न गठन गरेको कार्यदललाई १० फागुनको सचिवालय बैठकबाट विघटन गरेको थियो । अध्यक्षद्वय ओली र दाहालले कार्यदल विघटनपछि एकताको ठोस प्रस्ताव सचिवालयले तयार पार्ने र…

Read More

कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब…

Read More

काठमाडौँ: घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ । पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो । पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन् । घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको हो ।

Read More