Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ । नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्त एटीएमको खानेपानी मन्त्री बिना मगरले आज उद्घाटन गर्दै एटीएमबाट पानी झारेर पिएकि थिइन् । काठमाडौँ उपत्यकाका २० स्थानमा वाटर एटीएम मेसिन जडान गरिनेछ । यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले जानकारी दिए । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । उक्त एटीएमबाट २०० मिलि लिटर…

Read More

काठमाडौँ : कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा भएको वृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको पाइएको छ । आज सार्वजनिक गरिएको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजश्व असुलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धिजस्ता अर्थतत्रन्त्रका सूचक सकारात्मक रहेको र आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार समीक्षा अवधिमा रु तीन खर्ब ७५ अर्ब ८२ करोड खर्च भएको छ । उक्त रकम कूल विनियोजनको २८ दशमलव ६ प्रतिशत हो । त्यसमा चालू…

Read More

काठमाडौँ : लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ । कूल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । व्यापार २.७ र अन्य उपसमूह ३.१५ बिन्दुले घटेको छ । यस्तै…

Read More

काठमाडौँ: संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संबैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, डा विजयकुमार दत्तलाई मधेशी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि परिषद्ले समितिमा पठाएको थियो । उहाँहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले…

Read More

भद्रपुर: प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुग्नुभएको छ । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्नुहुने छ । सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै विराटनगर आउनुभएको थियो । सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

Read More

सुर्खेत: कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।” मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर सामुदायिक तथा निजी मिडिया बन्द गर्न खोजेको छैन भन्दै सरकारी मिडियाले सबै सञ्चारमाध्यमको नेतृत्व गर्ने गरी विकास गर्ने तवरबाट अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । मिडियाले राष्ट्रियताका सवालमा कलम चलाउनुपर्नेमा जोड दिदैं उहाँले सञ्चारमाध्यमको विषयमा बृहत् बहसको खाँचो रहेको आवश्यकता औँल्याउनुभयो । महासङ्घका महासचिव रमेश विष्टले सम्पादकीय स्वतन्त्रता हुने गरी सञ्चारमाध्यम सञ्चालन हुनुपर्नेमा…

Read More

तेहरान: आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ । “आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षिया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो,” आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भन्नुभयो । चालक दलका तीन जना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पहाडी क्षेत्रमा…

Read More

लुकासा: टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ । निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन् । “गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले” सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरुले उल्लेख गरेका छन् । सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणको बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिनुभयो । गलत, असन्तुलित, बनावटी सामाचार तथा अन्य सामग्रीहरु प्रसारण गरेर कानुनको उलंघन गरेको ठहर प्राधिकरणको बोर्डले गरेको उहाँले बताउनुभयो । पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्न समेत नसकेकाले कारबाही स्वरुप सो टेलिभिजनको प्रसारण बन्द गराउनु परेको उहाँले…

Read More

धनुषा: वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताउनुभयो । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन । उहाँले भन्नुभयो, “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।” उहाँले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार…

Read More

नवलपरासी: नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासे बताउनुहुन्छ । यहाँबाट भारतको गङ्गा नदी पुग्न करीब ३०० किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करीब ८४० किलोमिटर…

Read More