Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पर्सा: नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो । वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात महीनामा रु चार कारोड १३ लाख ९४ हजार असुल गरेको हो । ग्राहकको मिटरलाई जाँच गर्दा मिटर तथा जडानमा गडबढी फेला परेपछि उनीहरुलाई कारवाही गरिएकोे केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । उनले अनुगमनका क्रममा मिटर तथा जडानमा गडबढी भेटिएका अन्य ३९ ठूला ग्राहकलाई…

Read More

काठमाडौँ: नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो । राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन्धुपाल्चोकका विकको आफ्नो भन्ने कोही छैन । उनलाई गाउँका चिनेजानेका स्थानीयले त्यो होटलमा ल्याएर काममा लगाइदिएका थिए । त्यसैगरी रामेछापका १३ वर्षीय जेके तामाङ पुरानो बसपार्कबाट चक्रपथ चल्ने माइक्रोबसमा सहचालकको रूपमा काम गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले आफू सहसचालक भएर काम गर्नुपरेको तामाङ बताउँछन् । “घरमा बाबा हुनुहुन्न, भाइबहिनी, आमा हुनुहुन्छ, विद्यालय…

Read More

चौतारा: सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण गर्ने भएको हो । आरोहणका लागि सबै प्रक्रिया पूरा भइसकेको र आगामी चैत १५ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोहण अवधि २१ दिनको हुने र आफूसहित अर्का सगरमाथा आरोही सरल सहयात्रीसहित छ जनाले टाकुराको आरोहण गर्ने गुरुङको भनाइ छ । अहिलेसम्म कसैले नचढेको हुँदा कति अप्ठेरो छ भन्ने बारेमा पनि अध्ययन अनुसन्धान गरिने…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा बैंकले पुनः आज सोमबार सात अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । ट्रेजरी बिल खरिद गर्न चाहने बैंक तथा बित्तिय संस्थाले आज तीन बजेसम्म बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । कूल ९१ दिने अवधिको २ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल र ३६४ दिने अवधिको ५ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

Read More

काठमाडौँ: ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए । “बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ”, उनले भने । मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’…

Read More

अदिस अबाबा, इथियोपिया: आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना,…

Read More

चिप्लेढुङ्गा: “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थँे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भनिन् । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ”, उहाँलाई आत्मग्लानि छ । उनले परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको  स्पष्ट पारिन् । राजनीतिक व्यक्तित्व भएकाले आफूलाई उहाँले समय नदिएको भन्ने गुनासो नरहेको र दुवै जना काममा…

Read More

चितवन: भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाएको छ । सो उपकरणलाई रु ९० लाख पर्ने गौतमले बताउनुभयो । एक साताभित्रमा उपकरण जडान भई सक्ने उनले बताए । विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ…

Read More

काठमाडौं: सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ। सिके राउतले ‘पोलिटिकल पोजिसन’ खोजेकाले उनलाई राष्ट्रियसभा सदस्य बनाउने निष्कर्षमा प्रधानमन्त्री केपी ओली पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा मुलुक विखण्डनको अजेन्डा छाडेर मूल धारको राजनीतिमा आएका राउतलाई दुई वर्षभित्र राष्ट्रियसभा सदस्य बनाउने भित्री सहमति भएको प्रधानमन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्रीले राउतमा भएको बौद्धिक क्षमता देश हितमा लगाउन आग्रह गरेका थिए । ‘राउतलाई यसअघि पनि राष्ट्रियसभामा…

Read More

काठमाडौं: भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सात चरणको निर्वाचनको मतदान आगामी चैत २८ देखि शुरु हुने र जेठ ५ गतेसम्म जारी रहने आयोगले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । दोस्रो चरणको मतदान बैशाख ५, तेस्रो चरण बैशाख १०, चौथो चरण बैशाख १६, पाँचौ बैशाख २३, छैठौ बैशाख २९ र सातौ चरणको मतदान जेठ ५ गते हुने आयोगले जनाएको छ । लोकसभामा ५ सय ४५ सिट मध्ये ५ सय ४३ सिटका लागि…

Read More