Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ । उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।” महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको उहाँले अरोप लगाउनुभयो । स्थानीय…

Read More

मार्तडी: बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ । गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा बन्द भएका छन् । हिमपात र अत्यधिक वर्षाले ग्रामीण सडक अवरुद्ध भएपछि छोटो दूरीका सवारीसाधन चल्न छाडेको जयमालिका यातायात प्रालिका उपाध्यक्ष पृथ्वी रावलले बताउनुभयो । यातायात बन्द हँुदा कामका लागि सदरमुकाम आवतजावत गर्ने स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । लगातारको वर्षा र पटकपटकको हिमपातका कारण वृद्धवृद्धा, बालबालिका र विरामीलाई समस्या भएको छ । उत्तरी क्षेत्रको कोल्टीस्थित…

Read More

काठमाडौँ: नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए । सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् । सन्दीप आबद्ध भएका विदेशी लिगमा आइपिएल (भारत), ग्लोबल…

Read More

काठमाडौँ: सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गर्नुभयो । उहाँहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित प्रबन्ध गर्न, कृषिमा दिने अनुदान वृद्धि गर्न, कर्णाली प्रदेशको सडक पूर्वाधारमा पहिलो प्राथमिकता दिन, शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गर्नुभयो । शुन्य समयमा बोल्नुहुने सांसदहरूमा भूमि त्रिपाठी, महेश्वरजङ्ग गहतराज, मायादेवी न्यौपाने, मोहन बानियाँ, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, यशोदा गुरुङ सुवेदी, रङ्गमति शाही, राजेन्द्रकुमार…

Read More

इस्लामावाद: भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिनुभयो । उहाँले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताउनुभयो । उहाँले ट्वीट गर्दै भन्नुभएको छ – भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ । तर यसबाट धनजनको क्षति भएको छैन । भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार बिहान यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले…

Read More

जनकपुर: ‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ । सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस रिस्वत मागेमा ९८५४०३१४५६ र ०४४ ५५०६६८ मा फोन गर्नुहोला ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन् । तर, उनीहरुले घुस खान छोडेका छैनन् । घुस माग्ने नयाँ नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन् । यो समाचार मनिका झा र राजकरण महत्तोले अन्नपूर्णमा लेखेका छन् ।

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण यादव पाठकलाई ७८ लाख रुपैयाँ घूस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा नियम विपरीत खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको अनुसन्धानमूलक लेखापरीक्षणमा विभिन्न व्यक्तिका नाममा नियमविपरीत भूक्तानी २३ करोड१० लाख, नियमविपरीत थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता भएको देखिएको हो । ‘जी पौड्याल एण्ड एसोसियट्स’ नामक चार्टर्ड एकाउण्टेन्सी फर्मले गरेको लेखापरीक्षणबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३…

Read More

काठमाडौँ: गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । मन्त्रालयका अनुसार नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न आवश्यक उपयुक्त सुरक्षाको वातावरण निर्माणका लागि एक वर्षले आधार तयार गरेको छ । संविधान, कानून र सरकारको मार्गचित्रलाई कार्यान्वयन गर्न गृह प्रशासन सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिएको तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गरिएको…

Read More

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गर्नुभएको हो । न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गर्नुभएको छ भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गर्नुभएको छ । कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ । सो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने हुँदा सरुवा गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार काज सरुवा गरिएको न्याय परिषद्ले जनाएको छ ।

Read More

रसुवा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न लागेकाले यसका विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ ।” सभापति देउवाले चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उल्लेख गर्दै रसुवादेखि शुरु भएको काङ्ग्रेस प्रवेशको अभियानलाई देशव्यापी रुपमा लगिने र अन्य पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताउनुभयो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र मुलुकको आर्थिक विकासमा सरकारले काम गर्न नसकेको आरोप लगाउँदै समृद्धिको यात्रा कम्युनिष्टको नेतृत्वमा पूरा हुन सक्दैन भन्नुभयो ।…

Read More