Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले दुई अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार (माघ २८ गते) सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
काठमाडौँ : भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक÷एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ । नेपाल र…
काठमाडौँ:गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिए । “नगरपालिकालाई खेलको माध्यामबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, उनले भने । यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यामिक…
काठमाडौँ: सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो । एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो । “सानी छोरीले गीत गाउँछिन् अब”, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाउन थाल्नुभयो । जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो । तररर..ताली बज्यो । प्रधानमन्त्री ओलीले एक कविको रचना सुनाउँदै…
एजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आन्ध्र प्रदेशको गुन्टुर राज्यका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई ‘लोकेशका पिता’ भनेर सम्बोधन गरेका थिए । यसको जवाफमा चन्द्रबाबु नायडूले मोदीलाई श्रीमतीको नाम लिएर तीखो हमला गरेका छन् । नायडूले मोदीलाई हमला गर्दै भने, ‘तपाईं आफ्नी श्रीमतीसँग अलग बस्नुहुन्छ । के परिवारको मूल्यप्रति तपाईंको कुनै सम्मान छ ?’ यति भन्दै गर्दा नायडूले आफ्नो परिवारलाई निकै माया गर्ने गरेको जानकारी पनि दिए । नायडूले भने, ‘प्रधानमन्त्रीको न त परिवार छ न नै कुनै छोरा । जब तपाईंले मलाई मेरो छोराको नाम लिएर हमला गर्नुभयो तब मैले तपाईंकी श्रीमतीबारे कुरा गरिरहेको छु । के मानिसहरुलाई थाहा छ, नरेन्द्र…
एजेन्सी: ३० वर्षअगाडि एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यति बेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्नेछिन् भन्ने उनलाई थाहा थिएन । वास्तवमा डेब्रा नामकी ती महिलाले एक सेलबाट १० पाउन्डमा उक्त औंठी किनेकी थिइन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । काँचको औंठी ठानेर उनले १५ वर्षेदेखि लगाएकी पनि थिइनन् तर आवश्यक परेर जब उनी त्यसलाई बेच्न गइन्, त्यतिबेला थाहा भयो , त्यो २६ दशमलव २७ क्यारेट हिराको औंठी रहेछ । लिलाममा त्यसको मूल्य ६ लाख ५६ हजार ७ सय ५० पाउन्डसम्म पुग्यो । डेब्राकी आमासँग एक ठगले पैसा खाएका थिए, त्यसपछि उनी पैसाको आवश्यक…
काठमाडौँ: सरकारले मेलम्चीको नयाँ ठेक्का गरे काम हुन नदिने मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समितिले चेतावनी दिएको छ । आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न मागसमेत गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । समिति संयोजन श्रीराम न्यौपानेले नेपाली व्यवसायीको भुक्तानी नहुन्जेल अन्य नेपाली निर्माण कम्पनीलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउन पनि आग्रह गरे । उनले भने,‘मेलम्ची विकास समितिलाई पनि भुक्तानीको टुंगो नलगाई अगाडि नबढ्न आग्रह गर्छु ।’ आयोजनाबाट नेपाली व्यवसायीको झन्डै डेढ अर्ब भुक्तानी नभएको गुनासो पोखे ।
काठमाडौँ: सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् । यसका लागि सामुदायिक, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको वन नीति २०७५ मा उल्लेख छ । नीति वन तथा वातावरण मन्त्रालयले बनाएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को पाँचौं संशोधनमा पनि व्यक्ति वा संस्थाले अनुमति लिएर वन्यजन्तु अध्ययन, अनुसन्धान तथा पालन गर्न सक्ने र सरकारले तोकिएको शुल्क लिएर बीउ प्राणी (सिड एनिमल) उपलब्ध गराउने उल्लेख छ। त्यस्तो शुल्क कति हुने र कसरी उपलब्ध गराउने भन्ने…
काठमाडौँ : चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन । नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो । कार्यदलले सो एक दिन मात्र नभई थप केही दिन समय पाउन शीर्ष नेतृत्वलाई आग्रह गरेको थियो तर कुन कुन विषय सहमति भएको हो, कुन कुनमा असहमति भएको हो र कहिलेसम्म टुङ्गोमा पुगिन्छ भन्नेमा कार्यदलका सदस्यहरु नै स्पष्ट हुन सकेका छैनन् । कार्यदलका सदस्य कतिपय काठमाडौँ उपत्यकाबाहिर रहेको…
काठमाडौ : नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्ब रूपैयाँमा पाइन्छ । विवादका कारण सेनाले अहिलेसम्म गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट किन्न भने सकेको छैन । बाहिरबाट खरिद हुँदै आएको गोली यहीं तयार गर्ने उक्त प्लान्ट सुन्दरीजलमा राख्ने तय भएको थियो । वास्तविक लागतभन्दा बढी मूल्यमा प्लान्ट किन्ने सम्झौता भएपछि खरिद…