Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, ११ फागुन (रासस) ः सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करीब करीब रुग्ण अवस्थामा पुगेको थियो । आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताउनुभएको छ । बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भँैसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर आज उहाँले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गर्नुभयो । सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विस्फोटका घटना देशव्यापी रुपमा घटाइएको छ, दोषीलाई कानूनको कठघरामा ल्याउँछौँ, आपराधिक घटना नियन्त्रणमा सरकारले कठोर कदम उठाउँछ ।” विस्फोटमा परी मृत्यु भएका व्यक्तिप्रति समवेदना प्रकट गर्दै उहाँले मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता…
काठमाडौँ: धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३.३४ विन्दुले बढेको छ । साताभरको कारोवारमा बजार घटबढको अवस्थामा रह्यो । मङ्गलबार बजारमा उच्च अङ्कको वृद्धि भए पनि अन्य दिन बजार सामान्य अवस्थामा रहेको स्टकले जनाएको छ । आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइते र उनीहरुका आफन्तलाई शनिबार बिहान भेटेका छन् । घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताए । घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।
काठमाडौँ: बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा५५प २९९ नंको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिनुभयो । नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्षसमेत रहनुभएका मृतक न्यौपानेले साउथ वेस्र्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आउनुभएको थियो । दुर्घटना गराउने बसका चालक रामेछापका…
काठमाडौँ: जिल्लाको वाणगङ्गा नगरपालिका–११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ । गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विप्लव समूहले अन्य जिल्लामा टावर जलाउने क्रममा वडा नम्बर ११ मा पनि क्षति भएकाले सोही समूहले नै गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेका छ । यस्तै रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिनुभयो । आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले…
जितपुर: कपिलवस्तुको वाणगङ्गामा गए राति एक महिलाको हत्या गरिएको छ । वाणगङ्गा नगरपालिका–४ बस्दै आउनुभएका ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोेट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि जानकारी प्राप्त हुने बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने बताएका छन् । जग्गाको विषयमा पहिलादेखि…
काठमाडौँ : मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेकाा एनसेलका टावरमा आगजनी र बम आक्रमण भएको हो । यस पटकको आक्रमणमा पनि विप्लव नेतृत्वको नेकपाकै हात रहेको आशंका गरिए पनि उसले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । ललितपुरको नख्खुमा भएको बम विस्फोटमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते गुरुङको…
सिञ्जा (जुम्ला) : कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महीनादेखि अवरुद्ध छ । भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन । डोजर लगाएर नाग्मा–गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन । पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्रीको अभाव बढ्दै गएको छ । सदरमुकाममा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको हो । गोदाममा ग्यास सकिँदा किन्न आएका ग्राहक रित्तै फर्किन थालेको व्यापारी बताउँछन् ।…
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार जेनेभा प्रस्थान गर्दै छन् । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा १४ गते बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने…