Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाउनुभएको छ । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा आज राष्ट्रवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार निष्ठापूर्वक काम गर्दैछ । यो वर्ष हामीले आधार खडा गरेका छौँ । आउँदा वर्ष उपलब्धिका वर्ष हुनेछन् ।” ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा साकार पार्न सरकार केन्द्रित भएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले कार्यभार सम्हालेको पहिलो वर्षलाई संरचनागत व्यवस्थापनको वर्षको रुपमा उल्लेख गर्दै उहाँले भन्नुभयो,“यो…

Read More

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रुपमा कहिँकतै नचुकेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज बिहीबार भएको छलफलमा बोल्दै खानेपानी मन्त्री मगरले सिएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेकाले ठेक्का तोडिएको बताउनुभएको हो । ठेक्का तोड्दा नेपाल सरकारलाई घाटा भने नभएको उहाँले प्रष्ट पार्नुभयो । समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “सिएमसी र हामीले दुवै तर्फबाट मेलम्चीको ठेक्का तोड्ने निर्णय गरेका छौं । तर, ठेक्का तोडिए पनि कम्पनी पुन काममा फर्किन तयार छ भने उसबाट नै काम गराउने पक्षमा मन्त्रालय र सरकार रहेको छ । सिएमसीबाट बाँकी काम…

Read More

भीमदत्तनगर: कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँुवेर कडायत जानकारी गराउनुभयो ।

Read More

काठमाडौँ: चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरीद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । विभागले चालक अनुमतिपत्र छपाइकै लागि १० लाख कार्ड मगाइएको उहाँले जानकारी दिनुभयो । “यो कार्ड र मास प्रिन्टर दुवै आएपछि सेवाग्राहीले छिट्टै र सजिलै चालक अनुमतिपत्र पाउनुहुनेछ”, उहाँले भन्नुभयो, “परीक्षा पास भएपछि महिनौँसम्म कुर्नुपर्ने छैन ।” ‘मास प्रिन्टर’ को खरीद मूल्य झण्डै रु…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताउनुभयो । नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उहाँले औँल्याउनुभयो । उहाँका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ । उहाँले भन्नुभयो, “भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।” अहिले रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो । उहाँले…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने भएकाले युवापुस्तालाई विदेश…

Read More

काठमाडौँ: सरकारले पहिलो पटक पानी जहाज कार्यालय स्थापना गरेको छ। ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका उप-सचिवले गर्नेछन् । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् । देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम अपराह्न ४ बजे निर्धारण गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उनको सचिवालयले जनाएको छ । ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए ।

Read More

काठमाडौँ: नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग प्रतिस्पर्धा गर्नेछ । आयोजक भारतले एक जितसहित तीन अङ्क बटुल्यो भने इरान अङ्कविहीन हुँदै घर फर्कियो । यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना बनाएको थियो । नेपालको जितमा सावित्रा भण्डारीले…

Read More

गलेश्वर: भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताउनुभयो । हिजोआज म्याग्दीका साथै अन्य जिल्लाबाट आएका व्यक्ति र विदेशीको समेत यहाँ भीड लाग्न थालेको उहाँको भनाइ थियो । विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा साटासाट गरेका दृश्य…

Read More