Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: झन्डै तीन करोड रुपैयाँ ठगी गरेको अभियोगमा अधिवक्ता गोपाल शिवाकोटी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले शिवाकोटीलाई मंगलबार कीर्तिपुरस्थित घरबाट पक्राउ गरेको हो। पूर्वमहान्यायाधीवक्ता पवनकुमार ओझा, अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, भरत कार्कीलगायत ६७ जनालाई ठगेको आरोपमा शिवाकोटीलाई पक्राउ गरिएको परिसरले जनाएको छ। काठमाडौंमा मञ्जुश्री एजुकेशन कन्सल्टेन्सी खोल्ने भन्दै शिवाकोटीले अधिवक्ताहरूबाट दुई करोड ७६ लाख रुपैयाँ उठाएर ठगी गरेको उजुरी परिसरमा परेको थियो। ‘तर, एजुकेशन कन्सल्टेन्सी नखोलिकन रकम पचाउन खोजेको उजुरी परेपछि पक्राउ गरिएको हो,’ परिसर प्रमुख एसएसपी वसन्त लामाले भने। शिवाकोटीविरूद्ध ठगी मुद्दामा अनुसन्धान थालिएको लामाले बताए। शिवाकोटीले नै आफन्तलाई जग्गा उपलब्ध गराउने भनी ६४ लाख ५० हजार रुपैयाँ…
काठमाडाैं – चोरले केही पनि बाँकी राख्दो रहनेछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ । अरू ६ वटा रूखसमेत चोरिएका छन् । ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो । ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर (एक करोड रुपैयाँभन्दा बढी) थियो । चोरिएका बाँकीमध्ये तीनवटा देवदारका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए । सबैभन्दा जेठो शिम्पाकुको बोनसाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिने…
काठमाडौं: नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम १६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो । उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम १६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो । तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाई छ । नेपालले भारतबाटै गोलीगठ्ठा किनोस् भन्ने रणनीतिका साथ प्रस्तावलाई नमानेको हो । इन्सास भारतमै…
काठमाडौँ: सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् । यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७ मा मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई काठमाडौँ झिकाएको थियो । न्यायपरिषद्ले छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ ।
काठमाडाैं – सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत सेना सक्रिय छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म सेनाले कल्याणकारी कोषमार्फत पाँच अर्ब ५७ करोड २४ लाख ३० हजार रुपैयाँ विभिन्न परियोजनामा लगानी गरेको छ । यतिखेर सेनाले इचंगुनारायणमा ४२ करोडको जग्गा खरिद गरी धमाधम प्लटिङ गरेर बिक्री–वितरणको अन्तिम तयारी गरिरहेको छ । उसले भक्तपुरको दुवाकोटमा एक सय २२ रोपनी र काठमाडौंको कीर्तिपुरमा दुई सय २६ रोपनी जग्गा खरिद गरी प्लटिङ गरेको…
काठमाडाैं: नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाएरको हो । यसता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाएको प्रधान कार्यालयले जनाएको छ । ‘जसजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरुलाई सुरक्षाका थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अखधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो । अहिलेसम्म दुर्ई सय ८०…
बुटवल: “अँध्यारोमा कसैले पनि तरबार नचलाऔँ । अफवाहहरुको आयु छोटो हुन्छ, सत्य छिट्टै बाहिर आउँछ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सार्वजनिक कार्यक्रममा यसरी नै प्रायः खरो शैलीमा प्रस्तुत हुनुुहुन्छ । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीचको विवाद र बहस हुनु स्वाभाविक हो तर लोकतान्त्रिक आन्दोलनका सहयात्री दलहरु नै आपसमा लोकतन्त्र पक्षधर र विपक्षीको आरोप प्रत्यारोपमा उत्रिन थालेका सन्दर्भमा मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको सोमबारको कार्यक्रममा पनि वर्तमान सरकारलाई लोकतन्त्रविरोधी भनिनु कतैबाट पनि पुष्टि हुन नसक्ने ठोकुवा गर्नुभयो । मन्त्रीको उक्त अभिव्यक्तिलाई रुपन्देहीका पत्रकारले लोकतन्त्रको प्रश्नमा सरकारको स्पष्ट प्रतिबद्धताका रुपमा लिएका छन् । मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रमा गर्न थालेको योजनाका…
काठमाडौँ: आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा रोजगारीको अवसर उपलब्ध गराइने छ । कृषि, सहकारी तथा पशु विकासअन्तर्गत शीत भण्डार निर्माण, कृषि…
काठमाडौँ: विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले आज बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा रु १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख…
भक्तपुर: चाँगुनारायण नगरपालिकाले विवादित चाँगुनारायण इञ्जिनीयरिङ कलेज आफैँले सञ्चालन गर्ने निर्णय गरेको छ । विभिन्न विधेयक पारित गर्दै आज सम्पन्न चाँगुनारायण नगरपालिकाको चौथो नगरसभाले सो इञ्जिनीयरिङ कलेज नगरपालिकाले नै सञ्चालन गर्ने गरी कार्ययोजनासमेत पारित गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँले कलेजका पुराना सञ्चालकसँग नगरपालिकालाई कलेज हस्तान्तरण गर्न पत्राचार गरिने उल्लेख गर्दै कलेजको सम्पूर्ण स्वामित्व अब नगरपालिकाले ग्रहण गर्ने बताउनुभयो । नगरसभाले नगरपालिका क्षेत्रभित्र पर्यटनको विकासका लागि आतिथ्य परियोजना सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव पारित भएसँगै अमेरिकामा रहेका नेपाल हस्पिटालिटी एसएलसी अमेरिकाकोतर्फबाट रु दुई अर्बको वैदेशिक लगानी भित्र्याएर पर्यटन क्षेत्रको विकास गर्ने बाटो खुलेको…