Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ । शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका सार्वजनिक गरिनेछ । ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय समस्या यिनै हुन् । तर आज काठमाडौ भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो चालक नभइ सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्नसक्छ । काठमाडौँ बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, “यहाँहरुलाई स्वागत छ । सूचना÷प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेट्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज मन्त्री निवास पुल्चोक पुगेर अधिकारीकी धर्मपत्नी विद्या अधिकारीसहित परिवार र आफन्तजनलाई भेटेर दुःखको यस घडीमा धैर्य धारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गर्नुभएको थियो । वरिष्ठ नेता पौडेलले आफू र पार्टीका तर्फबाट समवेदनासहित धैर्य धारणाका लागि आग्रह गर्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: त्रिवि शिक्षण अस्पतालमा जारी रहेको सातवटै शवहरुको पोस्टमार्टम र एन्टे-मोर्टेमको काम विहिबार राति १० बजे सकिने भएको छ । दिउसो २ बजेदेखि त्रिवि अस्पतालको फोरेन्सिक बिभागमा जारी काममा झन्डै ८ घण्टा लागेको, अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले पहिलोक्लिकलाई बताए। बुधाबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाको ताप्लेजुंगको दारेभिरमा घटनास्थलमै मृत्यु भएको थियो र उनीहरुको शव आज त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो। यो खबर ९:३० बजेसम्म तयारपार्दा ५ जनाको पोस्टमार्टमकाम सकिएको उनले जानकारी दिए। पोस्टमार्टमको काम सकेपछि एन्टे-मोर्टेम र दुईको डाटा भिडाएर हेरेर काम सकिने उनले बताए।

Read More

काठमाडौँ: पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुङ्गो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन । विज्ञ समूहको दुई दिने बैठक आज सम्पन्न भएपछि पानीको उपलब्धता र उपयोग, आयोजनाको क्षमता निर्धारणलगायतका विषयमा भने सहमति हुन सकेन । विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणका क्रममा रहेका कूल १६८ विवादमध्ये ६४ विषयमा सहमति भए पनि प्रमुख ठानिएका विषयमा अझै छलफल जरुरी भएको भन्दै निर्णयमा पुग्न नसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिनुभयो । बैठकमा नेपालले पानीको उपयोग, बाँडफाँट, आयोजनामा हुने लगानी, विद्युत् उत्पादन क्षमता, सिँचाइ, बाढी…

Read More

काठमाडौं: ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अस्वस्थ भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनलाई सहयोगीहरुले नर्भिक अस्पताल पुराएका थिए । नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी बिहीबार साँझ अस्पताल भएको पुष्टि गर्दै पहिलोक्लिकलाई बताए। ‘उहाँ अहिले बेलुका अस्पताल भर्ना हुनुभएको छ । सीसीयूमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने । उनको उपचारमा डा यादव भट्टराईको टोली खटिएको छ । यसैबीच मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, नेकपा नेता जनार्दन शर्मा लगायत अस्पताल पुगेका छन् ।

Read More

सुकेटार (ताप्लेजुङ): (रासस): करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् । पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ…

Read More

काठमाडौँ: ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि आजै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको छ। शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार शवको पहिचान नभएकाले शवको डिएनएका समय लाग्ने भएको हो। पोस्टमार्टम हुन नसकेपछि अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम पनि रोकिएको हो । सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ। यद्यपी सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको हो। सातै जनाको शव बिहान ८…

Read More

काठमाडौँ: हेलिकप्टर दुर्घटनामा परी आफ्ना प्रबन्ध निर्देशक गुमाएको यति एयरलाइन्स र तारा एयरले शुक्रबार देशभरि कुनै पनि उडान नगर्ने भएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ। तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङस्थित पाथिभराको दर्शका लागि गएका थिए । पाथिभराको दर्शन सकेर काठमाडौँ फर्किने क्रममा दारेभीरमा हेलिकप्टर दुर्घटना भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले मन्त्री अधिकारीलगायत यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङ्छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । त्यस्तै पार्टीका सबै कार्यालयमा आज उहाँको सम्मानमा पार्टीको…

Read More