Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद अधिकारीले विद्यार्थी, अभिभावक, आम जनताको सरोकारको विषय रहेको शिक्षाको कुरालाई सरकारले गुमराहमा राख्नु आश्चर्यजनक भएको टिप्पणी गर्दै सरकार, शिक्षा मन्त्रालय र आयोगको मात्र विषयवस्तु नभएको हुँदा तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । “आयोगले जुन दिन प्रतिवेदन सरकारलाई बुझायो, त्यही दिन नै सार्वजनिक गर्नुपर्ने थियो”, सांसद अधिकारीले भन्नुभयो, “प्रतिवेदनबारे सदन बेखबर छ, त्यसमाथि किन छलफल…

Read More

नयाँदिल्ली: भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गर्नुभएको हो । “तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव गरिएको छ, हामीले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही आधारमा थप छलफल गरौँला भनेका छौँ”, मन्त्री पुनले भन्नुभयो, “सरकारले अरुण तेस्रोको निर्माण प्रगति हेरेर मात्रै तल्लो अरुण भारतीय पक्षलाई दिने÷नदिने उपयुक्त निर्णय गर्नेछ ।” सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताउनुभयो । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो”, उहाँले भन्नुभयो । सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा…

Read More

कास्की: पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताउनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Read More

लखनउ: भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेबारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त हुनुभएकी गान्धीले सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक ¥यालीमा सहभागी हुनु भएको हो । बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले ¥याली अवधिभरी नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए । कार्यक्रममा उहाँका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरुपनि सहभागी भएका थिए । लखनउ उच्च अदालतदेखि काँग्रेस प्रदेश मुख्यालयसम्म सवारी साधनको छतबाट गान्धीले झण्डै पाँच घण्टा लगातार…

Read More

खोटाङ: सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताउनुभएको छ । दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालीम समापनमा महानिर्देशक घिमिरेले व्यावसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी’का आधारमा सञ्चारमाध्यम खोल्ने तीव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने गरेको बताउनुभयो । नेपाली पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा र ‘हुवहु’को समस्या बढी देखिएको उहाँको भनाइ थियो । पत्रकार बीमा कार्यक्रममा न्यून पत्रकारको सहभागिता रहेकाले सबैलाई बीमा गर्न उहाँले आह्वान गर्नुभयो । जिल्लामा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले यहाँ तीनदिने तालीम सञ्चालन गरेको हो । दुर्गममा…

Read More

पेरिस: इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ । “म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाउनुभयो । यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक “दी सटानिक भर्सेज” इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न “आदेश (फतवा)” जारी गर्नुभएको थियो । तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो । रविन्द्रनाथ टेगोर पछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम…

Read More

काठमाडौँ: काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् । ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा. नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ ।…

Read More

काठमाडौँ: काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् । ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा. नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ ।…

Read More

काठमाडाैं – मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरुले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनका उनीहरुले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खेलेको छ । उनीहरुकाले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन् । उनीहरुकै सेटिङमा इरानीहरु जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो । गृहले सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५ इरानी निष्काशन…

Read More