Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।” सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण र निर्मूल हुनु आवश्यक रहेको बताउँँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार स्वयं भ्रष्टाचारको…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले पशु ढुवानी गर्दा निर्दयी कार्य नगर्ने व्यवस्था गराई पशु ढुवानी मापदण्ड लागू गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले आज पशुलाई निर्दयी कार्य नगर्ने व्यवस्था गरी तत्काल पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्थालाई तत्काल लागू गर्नु÷गराउन कृषि तथा पशुपन्छी मन्त्रालयलगायतका नाममा परमादेश जारी गरेको हो । आदेशमा पशु ढुवानी गर्दा कुनै पनि पशुलाई सहज हुने गरी राख्ने स्थान, वातावरण मैत्री सवारी साधनको व्यवस्था गर्नाका साथै ढुवानी गर्दा कुनै पनि पशुलाई नाके डोरीले बाँधी टाउकोमाथि पारि बाँध्ने र पशुको पुच्छर तथा खुट्टामा बाँधी तल बस्न नहुने गरी…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् । यसै महीना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का व्याटिङतर्फ छ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना कप्तान खड्का ९६औँ स्थानमा थिए । त्यसैगरी अलराउन्डतर्फ कप्तान खड्का ४०औँ स्थानमा रहेका छन् । त्यस्तै नयाँ वरियताको बलिङतर्फ सोमपालले २३औँ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लेका छन् । सोमपाल यसअघि ९३औँ स्थानमा थिए । सोमपाल अलराउण्डरतर्फ भने ५१औँ स्थानमा छन्…

Read More

पाल्पा: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राख्नुभयो । उहाँले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताउनुभयो । सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत नेता उहाँको जिकिर छ ।

Read More

लहान: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा आज स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दैै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरु ढुक्क हुनुस् अब नागरिकताको समस्या मधेशको समस्याका रुपमा रहँदैन ।” आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै उहाँले संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुल्ला रहेकोले…

Read More

काठमाडौँ: प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने विभिन्न पाँच सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ । पीडित पक्षले मानमर्दन हुनेगरी कपोकल्पित, झुठो, समाचार प्रकाशन÷प्रसारण गरेको, समाचारमार्फत चरित्र हत्या गरेको वा विभिन्न तरिकाले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको उजुरी दिएका आधारमा त्यसबारे पटकपटक पत्र पठाउँदासमेत बेवास्ता गरेको भन्दै ती सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखिएको सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । काउन्सिलले गरेको स्वअनुगमनका क्रममा समेत आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । अवज्ञाको सूचीमा पर्ने सञ्चारमाध्यममा ‘साप्ताहिक राजधानी आस्था’, ‘नदा टाइम्स साप्ताहिक (कास्की, पछि नाम फेरिएको नादा एक्सप्रेस), ‘स्वराज साप्ताहिक’, ‘फास्ट टाइम्स दैनिक’ (सुनसरी),…

Read More

काठमाडौँ: प्राइमेक्स सर्भिस सेन्टरले आफ्नो नेपाली क्यानोन क्यामरा प्रयोगकर्ता र ग्राहकहरुका लागि उसले नियमित सेवामा स्तरोन्नति गरेको जनाएको छ। प्राइमेक्स नेपालमा क्यानोन क्यामेरा प्रयोगकर्ताहरुका लागि मर्मत, नयाँ क्यामरा खरिद र सेर्भिसिङ सेवा लिनेहरुका लागि एक मात्र जापानको आधिकारिक सेवा केन्द्र हो। राजधानीमा आजोजित एक कार्यक्रममा उसले हाल प्रदान गरिरहेको सेवाभन्दा छिटो छरितो र भरपर्दो सेवा दिन प्रामेक्स अझ प्रभावकारी ढंगले लागि परेको जनाएको हो। उसले अव प्राइमेक्समा सेर्भिसिङ सेवाका लागि आउने जुनकुनै पनि क्यामराहरु क्यानोन जापान अर्थात ‘क्यानोन इओएस पट्रोल सफ्टवेर ‘ बाट जचाएर मात्रै सेवा दिने जनाएको छ। हाल जापानमा पनि यही सफ्टवेरबाट क्यानोनका क्यामराहरू जचाइञ्छ। प्रामेक्स एशियामा खोलिएको…

Read More

काठमाडौं: मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो । बहुप्रतिक्षित आयोजना हुनुका नाताले मेलम्चीप्रति सबैको चासो र सरोकार रहेको छ । पछिल्लो समय मेलम्ची आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिले एकतर्फी रुपमा आयोजना स्थल छोडेर हिडेपछि आयोजनाको निर्माण कार्यमा समस्या देखिएको छ । तर, समग्रमा मेलम्ची आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ । गत शुक्रबार मेलम्ची विकास समितिले सिएमसी कम्पनिसँग ठेक्का सम्झौता तोडेपछि मेलम्चीको पानी काठमाडौं आउला त ? भन्ने प्रश्न जन्मिएको छ । तर, खानेपानी मन्त्री बिना मगर, मन्त्रालय र मेलम्ची विकास समितिले सिएमसीसँग नयाँ समझदारी कायम गरेर काममा फर्काउन प्रयास गरिरहेका छन् । यो सामग्री यसै…

Read More

काठमाडौँ: यसवर्षको ६९ औं राष्ट्रिय प्रजान्त्र दिवस यही फागुन ७ गते भव्यताका साथ मनाउन सरकारले ७३-सदस्सीय मूल समारोह र तीन उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा गृहमन्त्रालयमा मूल समारोह समितिको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ३० सदस्सीय मूल आयोजक समारोह समितिसहित अन्य तीन उपसमितिहरु गठन गर्दै दिवस भव्यताका साथ मनाउने प्रस्ताव पारित गरेको हो । बैठकमा प्रस्ताव गृह सचिव प्रेम कुमार राइले आफैले पढेर ओलीसमक्ष प्रस्तुत गरेका थिए। प्रस्ताव निकै राम्रो रहेको भन्दै कार्यक्रममा अन्त्यमा प्रम ओली प्रस्ताव पारित गरेका थिए। केहि संशोधन भए तपाईंहरु बसेर छलफल गरेर तयार गर्नुहोस, प्रधानमन्त्री ओलीले भने। दिवसका लागि प्रचार…

Read More

काठमाडौँ: सधैंको वर्षझैं मनाइंदै गरिएको यस वर्षको ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस हेर्न जानेले एक खाले फरक परम्पराको थालनी भएको थाह पाउने छन्। त्यो के भने सधैंको वर्षहरुमा गरिंदै आएको एउटा कार्य ‘शान्तिको प्रतिक परेवा उडाउने कार्यक्रम’ यसपाली देखि भने प्रधानमन्त्रीको हातबाट नहुने भएको छ। प्रधानमन्त्री बाहेक मन्चमा उपस्थित हुने संबैधानिक निकायका प्रमुखहरुले प्राय परेवा उडाउने चलन छ । यस परम्परालाई तोड्दै गृह मन्त्रालयले तयार पारेको ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिमा त्यस खाले व्यवस्था उल्लेख गरिएको छ। गृह सचिव प्रेम कुमार राइले उक्त प्रस्ताव तयार गर्दै आज बसेको मूल समारोह समितिको बैठकमा पेस गरेका थिए जुन प्रधानमन्त्री…

Read More