Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने आइतबारको तुलनामा बढेको छ । आइतबार कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भएको थियो । आज कूल १६४ कम्पनीको आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार…
काठमाडौं : राष्ट्रिय गौरब र प्राथमिकताका योजनामा गम्भीर भएर काम गर्न उर्जा; जलश्रोत, तथा सिंचाईमन्त्री बर्षमान पुनले निर्देशन दिएका छन् । राज्य र सरकारको कार्यशैलीमा परिवर्तन आएकाले तेही अनुसार काम गर्न पनि उनले सबैको ध्यानाकर्षण गरेका छन् । सिंघदरवारस्थित उर्जामंत्रालयमा भएको ०७६/७७ को प्रथम चौमासिक प्रगति समिक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको हिजोको बैठकमा बोल्दै मन्त्री पुनले कार्यसम्पादन सम्झौता अनुसार काम गरेको नपाइएमा जिम्मेवारी बाट हटाउने चेताउनी समेत दिए । अरुलाई दोष दिएर आफु उम्कन खोज्ने प्रबिधिको अन्त्य गर्नुपर्नेमा जोड दिदै समस्याको समाधान नेतृत्व आफैले गर्नुपर्ने मन्त्री पुनको धरणा रहेको छ। बजेटमा एउटा उल्लेख भएको र काम…
काठमाडौँ : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि गत शनिबार भएको उपनिर्वाचनको नेकपाले ३० स्थान जीत दर्ता गरेको छ । सबै नतिजा सार्वजनिक भएसक्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको निर्वाचन आयोगले जनाएको छ । समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक…
काठमाडौं ः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । यो नेपालको नवौं स्वर्ण हो । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।
काठमाडौं : नेपालले १३ औं दक्षिण एसियली खेलकुद सागमा कराँतेमा आज सोमबार अर्को स्वर्ण जितेको छ । सातदोबाटोस्थित कराँते हलमा संचालन भएको कराँतेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले नेपालका लागि अर्को स्वर्ण पदक दिलाएका हुन्। उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० को अन्तरले पराजित गरे। यसैबीच नेपालका विप्लवलाल श्रेष्ठले कराँतेको कुमुतेतर्फ ८४ माथि तौल समूहमा स्वर्ण जितेका छन्। यससँगै नेपालले कराँतेमा पाँचौ स्वर्ण पदक हातपार्दा पुरा दश स्वर्ण हात पारेको छ। फाइनलमा खेलमा विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन्। यसअघि भएको सेमिफाइनलमा उनले श्रीलंकाका मागुना गुमारालिंगेलाई ८–० अन्तरले पराजित…
काठमाडौँ : मंसिर महिना सुरु भएसंगै सुनचादी पसलमा चहलपहल बढेको छ। बजारमा अहिले सुनको भाउ ७१ हजार ४०० रहेको छ भने दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार हुन थालेको छ। सुनचाँदीको व्यापार गत वर्ष यही महिनाको तुलनामा जस्तो उत्साहप्रद नभएको गुनासो ब्यक्त गर्दै ब्यापारी तेज रत्न शाक्यले भने, ‘सुनचादीको व्यापार अहिलेको समयमा सन्तोषजनक भएतापनि उत्साहजनक भने छैन। पोहोर साल मंसिर महिनामा दैनिक ४० देखि ४५ किलोको हाराहारीमा कारोबार हुने गरेको थियो तर यसपाली लगभग ४० प्रतिशतले गिरावट आएको छ ।’ बजारमा सुनको भाउ बढ्नुनै कारोबारमा गिरावट आउनुको प्रमुख कारण रहेको शाक्यले औलाए । नेपाली समाजमा लगनको महिनामा…
पोखरा : १३ औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्यो । अन्जली चन्दको कीर्तिमानी बलिङका कारण नेपालको जीत सहज भएको हो । यसमा काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो । यसैबीच आजको महिला क्रिकेटमा अञ्जली चन्दले कीर्तिमानी बलिङ गरेकी छन । खेलको छैटौं ओभरमा बलिङ गर्न आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् । नवौं ओभरमा पनि दुई…
मध्यपुरथिमि : मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए । ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडाँै कोटेश्वर तीनकुनेबाट बा।३ख। २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । गत सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए ।
