काठमाडौं ः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् ।
३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् ।
यो नेपालको नवौं स्वर्ण हो ।
भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।
Facebook Comments Box