Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकमा पेश गरिएको हो । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘‘सो प्रतिवेदन पेश भएपछि के गर्ने भन्ने विषयमा छलफल भयो,” । उनले भने, “कार्यदलको प्रतिवेदनमाथि छलफल जारी राख्दै अर्को बैठक यही फागुन ९ गते बस्ने भएको छ ।” साङ्गठनिक…
काठमाडौँ: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रिय समितीको पाँचौ राष्ट्रिय महाधिवेशन पछिको दोस्रो पूर्ण बैठक फागुन ३ र ४ गते धुलिखेलमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष नवनिधि पन्तको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय महत्वका १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको महासंघका सचिव शिव सागर शर्माले बताए । उक्त बैठकमा महासंघका पूर्व अध्यक्ष धनराज आचार्य र रघुनाथ महर्जन, निबर्तमान अध्यक्ष हरी प्रसाद अर्यालले महासंघको बिगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । महासंघले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत गत माघ २७ गते ” राष्ट्रिय पुस्तक दिवस’को अवसर पारेर पुस्तकालय स्थापना, लेखक तथा श्रस्टा सम्मान, गरिब तथा असहाय विधार्थीहरूलाई पुस्तक…
काठमाडौं: एक खेल पनि नजिती दुई पटकको धनगढी क्रिकेट प्रिमियर लिग (डीपीएल) विजेता धनगढी स्टार्स यस पटकको लिगबाट बाहिरिएको छ। फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेल पनि धनगढीले रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित भएपछी प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । मैदान ओसिलो भएका कारण सोमबार ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो । रुपन्देहीले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुदा उसले ६७ रन मात्रै बनाउन सक्यो । धनगढीका लागि पवन सर्राफले १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले…
फिदिम: पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् ।यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम बिक्री कर जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएका हुन् । ती जलविद्युत् आयोजनामध्ये एउटा सञ्चालनमा आइसकेको छ भने तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँचवटै आयोजनालाई जिल्ला समन्वय समितिले विगत दुई वर्षदेखि पत्र पठाउँदै आए पनि हालसम्म कुनै पनि आयोजनाबाट कर भुक्तानी नभएको निमित्त जिल्ला समन्वय प्रमुख प्रेमबहादुर काफ्लेले जानकारी दिनुभयो । पाँचथरमा हेवा ‘ए’ जलविद्युत् आयोजना दुई वर्षअघिदेखि सञ्चालनमा छ भने तल्लो हेंवाखोला जलविद्युत् आयोजना, इवाखोला जलविद्युत् आयोजना…
धनगढी: दूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य हुनुभएको छ । उहाँलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गाौमा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डा केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो । एकहत्तर वर्षीय मल्ललाई सो अस्पतालले बाहिर बाहिर सिफारिस गरिएपछि गए राति नै थप उपचारका लागि काठमाडौंँ लगिएको छ ।
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो ।…
काठमाडौँ : नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा बैंकले पुनः आज सोमबार दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले यसअघि माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते उक्त ट्रेजरीको बोलकबोलका बारेमा जानकारी दिनेछ ।
इश्लामावाद: वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ । एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको प्रतिवद्धता जनाउने अनुमान गरिएको छ । उहाँले एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ । साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको…
हैदराबाद: भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ । भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ ।
खोटाङ: तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् । पुल निर्माणको काम करीब दुई प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण…