Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेका छन्। नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेखेका छन्, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।”
चितवन: चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वाभाविक रुपमा गैँडा मर्न थालेपछि मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ । गैँडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो । चालू आवको हालसम्म २९ गैँडा मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महीनामा मरेका सात गैँडा फेला परेका थिए । वर्षात्को बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उनले बताए । प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु दुई अर्ब ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत २०७५ फागुन १ गतेदेखि २०७६ माघ २९ गतेसम्मका लागि सो रकम मुद्दतीमा राख्न लागेको जनाएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब छ करोड ८७ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ३० करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको निक्षेप मुद्दतीमा राख्न लागेको छ । बैंकले रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष भएको हुनुपर्ने, न्यूनतम पूँजी कोष कायम भएको,…
हेटौँडा: प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो । तामाङबाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ ।
सुर्खेत: कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार तीन वर्षे स्नातक तहमा र प्रमाणपत्र तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक १०० छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’ प्रदान गरिनेछ । “सरकारी स्कूल पढेका र कर्णाली प्रदेशका स्थायी बासिन्दालाई छोरीबुहारी छात्रवृत्ति प्रदान गरिनेछ”, उनले भने, “यसबाट गरीब परिवारका छात्रालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बन्न मद्दत पुग्ने…
काभ्रेपलाञ्चोक: गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आज बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ केन्द्रीय सरकारले सुरक्षा व्यवस्था कडा पार्न योजना अपनाउने जानकारी दिनुभयो । गृहमन्त्री थापाले देशीविदेशी शक्ति पुरानै व्यवस्थालाई ब्युँताउन तल्लीन देखिएका छन् भन्दै वर्तमान सरकार सजग रहने बताउनुभयो । “विकास रोक्ने र पुरानै व्यवस्था ब्युँताउनका लागि केही तत्व शान्ति खलबल्याउन लागेका छन्, त्यसलाई नियन्त्रण र निस्तेज पार्न केन्द्रीय सरकारले पनि सुरक्षा रणनीति अपनाउन लागेको हो ”, उहाँले भन्नुभयो । गृहमन्त्रीले देशका ७५३ वटै…
काठमाडौँ: सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिए । मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिजए । भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करणको मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा…
काठमाडौं: मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । समितिका कार्यकारी निर्देशक कँडेलले भने, “अझै दुई दिन बाँकी छ । अहिलेसम्म कुनै जानकारी आएको छैन । आउने संभावना पनि कम छ । नआए कसरी अघि बढ्ने भन्ने कुराको टुङ्गो लगाउन हामी छलफलमै छौं ।’ निर्माण कम्पनी नफर्किएमा बाँकी काम सम्पन्न गर्न दुईवटा विकल्प समितिले अगाडि…
रुकुम (पूर्व) : सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो । रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न÷गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हँुदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ । सदरमुकामको विवादका कारण रुकुमकोट तनावग्रस्त छ…
काठमाडौं: फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो । दुवै कम्पनीसँगको सम्झौता अनुसार एक वर्षभित्रै देशभर चौथो पुस्ताको (फोरजी) सेवा विस्तार हुनेछ । सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दुवै कम्पनीका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो । नेपालमै पहिलोपटक २०७३ साल पुस १७ गतेबाट फोरजी सेवा सुरु भएको हो । टेलिकमको यो सेवा अहिलेसम्म काठमाडौँ उपत्यका र पोखरामा मात्रै…