Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्याजदर नियन्त्रणको प्रयास गरेको छ। समीक्षामार्फत अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात तथा बैंक दरलाई यथावत राख्दै उत्पादनमुलक क्षेत्रमा जाने ऋणको व्याज घटाउन विशेष पहल गरेको देखिन्छ। प्राथमिकताप्राप्त क्षेत्रहरु कृषि, पर्यटन तथा उर्जामा जाने ऋणमा राष्ट्र बैंकले नै प्रिमियम दर कायम गर्ने भएको छ। यी क्षेत्रमा जाने ऋणमा पनि बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर जोड्दै आएका छन्। यसअघि राष्ट्र बैंकले २ प्रतिशतभन्दा बढी नजोड्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन। अब भने राष्ट्र बैंकले तोकेअनुसार प्रिमियम जोड्न बैंकहरुलाई बाध्य पारिने भएको छ। त्यस्तै निश्चित रकमभन्दा माथिको दिर्घकालीन परियोजना कर्जामा…
काठमाडौँ: आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल ८ बजेर १५ मिनेटमा सुरु हुँदैछ । थाइल्यान्डको बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा छ । नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । मलेसियाले भने आफ्नो पहिलो खेलमा सोमबार कुवेतलाई ६३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपाललाई पनि पराजित गर्ने लक्ष्यमा मलेसिया रहेको छ । त्यस्तै, दोस्रो खेल…
इस्लामाबाद: साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ । साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै आलोचित हुनुभएका राजकुमार सल्मान एसियाका तीन मुलुकको भ्रमणको सिलसिलामा पाकिस्तान आइपुग्नु भएको हो । पाकिस्तानमा राजकुमार सल्मानलाई भव्य स्वागत गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति…
भद्रपुर: मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महीनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पु¥याएका थिए । मणिपुरबाट म्यान्मा हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिनुभयो । उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् । उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रजिअ जनकराज दाहालले बताए। उनीहरुलाई आज…
चिप्लेढुङ्गा: गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक पर्यटक प्रदेशमा भित्र्याइने लक्ष्य रहेको मन्त्री विकास लम्सालले जानकारी दिए । सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने घोषणा गरिसकेको छ । सरोकार भएकाहरुसँग मस्यौदा कार्य योजनासम्बन्धी आजको छलफलमा मन्त्री लम्सालका अनुसार सङ्घीय सरकारले सार्वजनिक गरेका पर्यटकीय गन्तव्यमध्ये गण्डकी प्रदेशमा मात्र १४ वटा छन् । तीबाहेक पनि थुप्रै पर्यटकीय…
अछाम : मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् । कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उहाँ दुई महीनायता घरायसी र बाह्य काममा समेत सक्रिय हुनुहुन्छ । “मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा रु एक लाख ४० हजार मदिरामै सकियो होला”, रानाले भन्नुभयो, “अब त मदिरा सेवन…
काठमाडौं : सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुवै सदनबाट हुबहु पारित भए अभिव्यक्ति स्वतन्त्रता झन् कुण्ठित हुने देखिएको छ। ‘दफा ४७’ ले चर्चित बनेको विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने गरी ल्याइएको यो विधेयकमा उक्त दफाभन्दा पनि संकुचित प्रावधान राखिएका छन्। विधेयक जस्ताको तस्तै पारित भए सामाजिक सञ्जालको निर्वाध प्रयोगमा अंकुश लाग्ने मात्र होइन, इन्टरनेटमा लेखेका सामग्रीका आधारमा पनि नागरिक दण्डित हुनुपर्ने स्थिति आउने चेतावनी विज्ञले दिएका छन्। विधेयकमा विद्युतीय माध्यम प्रयोग गरी ‘प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रसारण वा सम्प्रेषण गरेमा कसूरदारलाई १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै…
काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले आगामी चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रका विषयलाई प्रमुख प्राथमिकतामा साथ राख्न सुझाव दिएको छ । इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न आवश्यक पूँजी जुटाउन महत्वपूर्ण मानिएको सम्मेलनमा ऊर्जा क्षेत्रका विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिएको हो । सम्मेलन सफल पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण स्थापना भएको र स्वदेशी तथा विदेशी लगानीकर्ताको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउनु जरुरी रहेको इपानको ठहर छ । सरकारले विभिन्न २५ प्रवद्र्धकसँग दोहोरो सम्झौता गरी…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो । आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकाले कारवाही गरी पाउँ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो । आयोगले रिजालकी श्रीमती स्वस्थानीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले रेडियो प्रसार सेवा विकास…
काठमाडौँ: उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पु¥याउने दूरदृष्टि राखी सरकारले पहिलोपटक राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ल्याएको छ । गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद्बाट पारित रणनीतिलाई आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष शून्य दशमलव ८४ प्रतिशतलाई औसत दर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १ दशमलव ६८ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । रणनीतिले ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाएर आर्थिक वृद्धिमा टेवा पु¥याउने, यसबाट वातावरण सन्तुलन कायम गरी स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको छ । रणनीतिमा उपभोक्ता तहदेखि नीति निर्माण तहसम्म ऊर्जा दक्षता सम्बन्धमा…