Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानून ल्याइएको बताउँदै भन्नुभयो, “जब जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ । बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा मन्दिर बनाइने बताइएको…
धादिङ: नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरएको हो । प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश…
बेइजिङ: () आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताउनुभएको छ । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको उहाँले बताउनुभयो । “चीनले आफ्नो आर्थिक समस्यालाई चक्रीय–प्रतिरोधी आर्थिक तथा मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याई आर्थिक वृद्धिदरमा देखिएको दवावलाई अल्पकालका लागि सहयोग गर्ने तथा दीर्घकालका लागि संरचनागत सुधारलाई निरन्तरता दिनेछ,” झुले भन्नुभयो । अमेरिका चीन–ब्यापार विवाद तथा अन्य बाह्य तनावका वावजुद सन् २०१८ मा चीनको अर्थतन्त्रमा अघिल्लो बर्षको तुलनामा मन्द विस्तार देखिने भएपनि…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो । श्रीमद्भागवत महापुराणमा…
पर्सा: बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न सक्नेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारीमध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’ ७६ किमिको फास्ट ट्र्याकमा निजगढ कार्यदलले अन्तिम बिन्दुतर्फको (पूर्व–पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ ।
काठमाडौं: गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग-यो । विषेश अदालतमा दायर भएको उक्त मुद्दामा अनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ट सय ७५ रुपैयाँ २० पैसा रकम हिनामिना गरेको दाबीसमेत गरेको छ । त्यसको भोलिपल्टै प्रदर्शनीहलपट्टिको ढोकातिर निस्कने बाटोभरि रहेका १५ वटा पसल रातारात बन्द गराइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौँ: सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँमा आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । विदेशमा काम गरेर कमाएको पैसा अनउत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थाले पनि सरकारले नेपालमा हाल व्यवस्था रहेका सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको हो । विदेशबाट फर्किएका युवाका लागि हाल नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र…
काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ७ सय मेट्रिक टन तरकारी तथा फलफूल भित्रिने गरेको छ । मुलुकका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारत र चीनबाट दैनिक रुपमा सो परिमाण बराबरको तरकारी तथा फलफूल बजार भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा दैनिक भित्रिने तरकारी मध्ये सबै भन्दा बढी भारत र चीनबाट आयात भएका तरकारी रहेका छन् । स्वदेशी उत्पादन पर्याप्त भएपनि विदेशबाट समेत अत्यधिक मात्रामा तरकारी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पुष मसान्त सम्ममा १ लाख २८ हजार ३ सय १८ मेट्रिक टन तरकारी भित्रिएको समितिले जनाएको छ ।…
बेइजिङ: आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताउनुभएको छ । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको उहाँले बताउनुभयो । “चीनले आफ्नो आर्थिक समस्यालाई चक्रीय–प्रतिरोधी आर्थिक तथा मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याई आर्थिक वृद्धिदरमा देखिएको दवावलाई अल्पकालका लागि सहयोग गर्ने तथा दीर्घकालका लागि संरचनागत सुधारलाई निरन्तरता दिनेछ,” झुले भन्नुभयो । अमेरिका चीन–ब्यापार विवाद तथा अन्य बाह्य तनावका वावजुद सन् २०१८ मा चीनको अर्थतन्त्रमा अघिल्लो बर्षको तुलनामा मन्द विस्तार देखिने भएपनि ६.६…
धादिङ: लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडाँै ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा…