Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१,…

Read More

बनेपा: पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो । “सुपरम्यान जिपलाइन मेरो बाहेक अरुको छैन”, उहाँले भन्नुभयो, “यो मेरो दावी हो, नेपालमा यस्तो व्यवसाय अर्को छैन, यसमा एक जोडीले एकैपटक हातखुट्टा फैलाएर फ्लाइ(उडेको) जस्तो प्रकृतिमा खेल्न सक्छन्, अरु जिपलाइनमा एक जनाले ‘फूलबडी आर्नेस’मा बसेर खेल्ने हो, यसमा यहाँको जस्तो हेलिकप्टर झैँ उडेर खेल्ने सुविधा छैन ।”…

Read More

काठमाडौँ: आगामी तीन दिन देशको मौसमी अवस्थामा बदली हुँदै सामान्यदेखि हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारसम्मको देशैभरको मौसममी अवस्था यस्तो रहने जनाएको छ । माघ ०९ गते (बुधवार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ । रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि…

Read More

काठमाडौँ: उपत्यका लगायत देशैभर अहिले पानी परिरहेको छ। सोमबारदेखि देशको पूर्व-पश्चिमदेखि मध्य-पहाडी इलाकासम्म मौसममा बदलि आएको छ। जसले गर्दा उच्च हिमाली र पहाडी इलाकामा हिमपात भएको छ भने तल्लो पहाडी र मध्ये क्षेत्रमा हल्कादेखि सामान्य वर्ष भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राजधानीमा बिहानदेखि पानी परिरहेको छ। हेर्नुहोस हाम्रा फोटो पत्रकार विकास श्रेष्ठले पानी परेपछि तयार पार्नु भएको केहि तस्बिर।

Read More

कावासोती: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडाँैबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्ँिकदा दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकाकै सबैभन्दा आग्लो डांडा फुलचोकीमा मंगलबार रातिको हल्का वर्षा अहिले बुधाबार बिहानदेखिको वर्षाले गर्दा त्यहाँ हिउँ परेको छ। बाँडेगाउँ प्रहरी प्रभागका अनुसार फुलचोकी डांडामा भर्खर हिउँ पर्न शुरु भएको र अहिले थोरै मात्रामा हिंउँ परेपनी पानी पर्न रोकिने र हुस्सु लागिरहेमा ठुलै हिउँ पर्नेछ। अहिले फुलचोकी डांडामा करिव ४ इन्चजति हिंउँ जमेको प्रभागका प्रहरी निरीक्षक श्याम कुमार कटवालले पहिलोक्लिकलाई जानकारी दिए। हिउँ खेल्न हौसिएर आउने सबै युवा युवतीहरुलाई प्रहरीले भने कडाइ गर्ने भएको छ। फुलचोकीमा लगातार मान्छे हराउने क्रम बढेपछि प्रहरीले सुरक्षाका लागि अहिले जंगल प्रवेश गर्ने र बाहिरने सबैको लागत राख्ने गरेको उनले बताए। हिउँ खेल्दा होस्…

Read More

हुम्ला: हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,” उहाँले भन्नुभयो । जिल्लामा मङ्सिरदेखि नै हिमपात हुने भएकाले चिप्लेटी खेललाई निरन्तरता दिन सके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने लामा बताउनुहुन्छ ।

Read More

काठमाडौं: नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको नक्सापास गरेको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिब ६० लाख शुल्क बुझाएको छ । नगर कार्यपालिकाको निर्यणअनुसार भवन निर्माण अनुमतिमा लाग्ने शुल्कमा निश्चित रकम छुट दिएर त्रिचन्द्र मिलिटरी अस्पताल परिसरका संरचनाको नक्सा पास गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यो समाचार आजको कारोबारबाट लिएको हो ।

Read More

काठमाडौं: टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ । मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ । नागरिकलाई हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ । हाइपरले भ्याटमा दर्ता नभई झन्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको छ । उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो । उक्त…

Read More

काठमाडौँ: बहुसङ्ख्यक नेपाली श्रमिक कार्यरत कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय देखिएको छ । दूतावासले गत कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा करार सम्झौताअनुसार तलब तथा सेवासुविधा नपाएका २९० नेपाली श्रमिकको तोकिएको सेवासुविधा दिलाउन त्यहाँको श्रम विभागलाई सिफारिश गरेको छ । सो अवधिमा कतारी परिचयपत्र नभएका, परिचयपत्रको म्याद सकिएका र कम्पनी छाडी भागेका तथा अवैधानिक बसोबास गर्दै आएका २२५ नेपाली श्रमिकलाई कतार सरकारको ‘खोजी तथा अनुगमन विभाग’मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइएको दूतावासले आज जनाएको छ । त्यस्तै कतारी परिचयपत्रको म्याद भएका श्रमिकलाई आकस्मिक रुपमा नेपाल जानुपर्ने २७ नेपाली श्रमिकलाई कतार सरकारले हालै व्यवस्था गरेको आपत्कालीन बहिर्गमन समितिमार्फत नेपाल…

Read More