Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : सरकारी अनुदानको मल मात्रै कारोबार गर्ने कृषि सामग्री कम्पनीले २५ करोड मूल्यबराबरको मल गायब पारेको खुलेको छ। सरकारी स्वामित्वकै कम्पनीले युरिया र डीएपी मल गुपचुप पारेपछि खोजीको विषय बनेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०७३।७४ मा कृषि सामग्रीलाई २५ करोड मूल्यबराबरको रसायनिक मल किसानलाई उपलब्ध गराउन रकम निकासा गरेको थियो। त्यस्तै प्रांगारिक मल खरिद गर्न १५ करोड रूपैयाँ उपलब्ध गराएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले व्यवसायीसँग मिलोमतो गरी मापदण्ड मिचेर १५ करोड मूल्य बराबरको गुणस्तरहीन मल खरिद प्रक्रिया अघि बढाएको थियो। त्यसपछि उक्त मल खरिद प्रक्रिया रद्द भएको थियो। प्रांगारिक मलबापतको १५ करोड रुपैयाँ कृषि…
काठमाडौँ,: प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी बेन मोहा बेनलाई उक्त परिमाणको अवैध डलरसहित पक्राउ गरिएको हो । काठमाडौँबाट थाइल्याण्ड जान लागेका उनलाई जाँच गर्दा अवैध रुपमा डलर लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इजरायली नागरिकलाई आवश्यक कारबाहीका लागि राजश्व विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी बर्खा शुरु हुनुभन्दा पहिले नै दीर्घकालीनरूपमा फोहर विसर्जनस्थल बन्चरे डाँडाको पूर्वाधार निर्माण गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हिजो हाल फोहर व्यवस्थापनस्थल सिसडोल साइट र दीर्घकालीन फोहर व्यवस्थापन निर्माणस्थल बन्चरे डाँडाको अवस्था बुझ्न नुवाकोट पुगेपछि सो आग्रह गर्नुभएको हो । प्रमुख शाक्यले भने, “सिसडोलमा फोहर व्यवस्थापनका लागि स्थान बढाउन मिल्ने अवस्था पनि छैन, दीर्घकालीन पूर्वाधारको काम छिटो अघि नबढाए समस्या उत्पन्न हुन्छ ।” बन्चरे डाँडाको पूर्वाधार अघि बढाउन अहिले भइरहेका कामका विषयमा जानकारी गराउँदै सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले माटो परीक्षणको काम थालिएको जानकारी दिए।…
काठमाडौँ: कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस) कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् । तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह भएर सोझै नेपाल आइपुग्ने भएपछि स्थानीय एजेन्ट, ट्रक तथा ट्रेलर तथा ढुवानीकर्ताले अवरोध गरेका हुन् । यो अवरोधका कारण मंगलबारदेखि नेपालतर्फ कुनै पनि कन्टेनर हिँडेका छैनन् । आन्दोलन र अवरोधका कारण फरवार्डिङ प्रक्रिया पूरा भएका करिब…
काठमाडौँ: नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । निगमको विमानस्थल स्रोतका अनुसार आन्तरिक उडानका लागि जहाज नै नभएपछि बिहीबार निगमले कुनै पनि आन्तरिक रुटमा उडान तालिका सार्वजनिक गरेन । ‘बिहीबार उडान तालिका नै प्रकाशित भएन’, २२ वटा सेक्टरमा आन्तरिक उडान…
काठमाडौं: सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो । यो समाचार आजको नेपाल समाचार पत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
काठमाडौं: सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्च लगायत नाममा रकम बाँडेको हो । सहायता पाउनेमा पहँुचमा र सम्पन्न पनि छन् । अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिना मन्त्रिपरिषद बैठकबाट निर्यण गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मंसिरमा मात्र सरकारले एक करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध गराएको पाइएको छ । मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन । यो समाचार आजको नागरिक पत्रिकामा भुवन शर्मा लेखेका छन् ।
भद्रपुर: बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गर्नुभएको हो । धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि मेची पुल चर्चित छ । पञ्चायती कालमा यो पुलको निर्माणका लागि जनस्तरमा सङ्कलन गरिएको चन्दा रकम हिनामिना भएको विषयमा आन्दोलनसमेत भएको थियो । विसं २००९ मा भद्रपुरका सुरजमल अग्रवालको अध्यक्षतामा मेची पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको इतिहास पाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज साँझ पुलको पश्चिमी मुखमा रिबन काटेर पुलको उद्घाटन गर्नुभयो ।…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त नहुने बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले माग सम्बोधन भइसकेको अवस्थामा अनशनरत डा गोविन्द केसीको विषयलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत भएको उल्लेख गर्नुभयो । “केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन । माग पूरा भइसक्यो । फर्केर नहेर्ने तर आरोपित गरिरहने कुरा संसदीय मर्यादाको विपरीत हो”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । डा केसीको विषयलाई लिएर आज पनि काङ्ग्रेसले प्रतिनिधिसभाको वैठक अवरुद्ध गरेको थियो । आफ्ना नेताका नामका…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त नहुने बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले माग सम्बोधन भइसकेको अवस्थामा अनशनरत डा गोविन्द केसीको विषयलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत भएको उल्लेख गर्नुभयो । “केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन । माग पूरा भइसक्यो । फर्केर नहेर्ने तर आरोपित गरिरहने कुरा संसदीय मर्यादाको विपरीत हो”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । डा केसीको विषयलाई लिएर आज पनि काङ्ग्रेसले प्रतिनिधिसभाको वैठक अवरुद्ध गरेको थियो । आफ्ना नेताका नामका…