Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न समेत निर्देशन दिएको हो । समितिले फोर जी सेवा विस्तारबाट आगामी पाँच वर्षमा नेपाल टेलिकमको वित्तीय अवस्था सुदृढ भई सरकारलाई प्राप्त हुने राजश्व र लाभांश दोब्बर हुने आधारसहितको विश्वसनीय व्यावसायिक योजना बनाई लागू गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । नेपाल टेलिकमको फोर जी सेवा विस्तार गर्ने निर्णय…
काठमाडौँ: सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौलाको नाम अनुमोदन गरेपछि आज पदभार ग्रहण गर्नुभएको हो । न्याय सेवा आयोगको सिफारिशलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने कानूनी व्यवस्था रहेको छ । निरौला यसअघि न्याय परिषद्को सचिव हुनुहुन्थ्यो । न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता र दक्षताका आधारमा मुख्य रजिष्ट्रारमा बढुवाका लागि सिफारिश गरेको थियो । निरौला २०७३ साल माघ ६ गते सर्वोच्च अदालतको रजिष्ट्रार बन्नुभएको थियो । विसं २०२८ माघ २५ गते खोटाङ जिल्लाको एैँसेलुखर्क गाउँपालिकामा जन्मनुभएका निरालौले विसं २०५२ साल मङ्सिर २४ गते न्याय सेवा आयोगको शाखा अधिकृतबाट सेवा…
ललितपुर: नेपाल सरकारले ललितपुरको खोकनामा एकैसाथ अघि बढाएका पाँच विकास निर्माणका योजनाले पहिचान गुम्ने भन्दै स्थानीय निकायका जनप्रतिनिधिलगायत जनता रुष्ट भएका छन् । खोकनाको नेवारी बस्ती, त्यहाँको धर्मसांस्कृति र सम्पदा मासिने डरमा सरकारसँग ललितपुर महानगरपालिका–२१ का जनप्रतिनिधिलगायत स्थानीय जनता रुष्ट भएका हुन् । खोकनामा एकैसाथ अघि बढाइएका निर्माणका योजनामा दु्रत मार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, १३२ केवीको विद्युत् प्रसारणलाइन र स्माट सिटी रहेका छन् । वडाध्यक्ष रवीन्द्र महर्जनले परियोजनाका कारण करीब पाँच हजार ५०० देखि छ हजार जनसङ्ख्या भएको सो क्षेत्रको पहिचान गुम्ने समस्या देखिएको जानकारी दिनुभयो । “खोकनाको धर्म, कला, संस्कृति मौलिकता र पहिचान मासेर विकास निर्माण गर्नुको कुनै…
काठमाडौँ: सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै भनेको छ, “कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन, आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक मापदण्ड र लोकतान्त्रिक मूल्यमान्यतानुसार हुनुपर्छ ।” भेनेजुएलाको अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय त्यहाँका जनतामा निहित रहेको यथार्थ वक्तव्यमा समेटिएको छ ।
काठमाडौँ: ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्री गर्नेछ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुनेछ । केयर रेटिङ नेपालले गरेको वित्तीय विश्लेषणमा…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ । विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धानका क्रममा श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत हुनुहुन्छ । अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले अनुसन्धान गर्दा श्रेष्ठले बुबा ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण, भाइबुहारी रवीना प्रधानाङ्ग, श्रीमतीद्वय तारादेवी र रेखाको नाममा समेत लुकाएको पाइएकाले उहाँहरू…
काठमाडौँ: सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो । सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई शहीद घोषणा गरिएकोे बताउनुभयो । शहीद घोषणाले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई…
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । बैंकको उक्त परिमाणको शेयर लाभांश आज सूचीकृत भएको हो । जनउत्थानको २० प्रतिशत लाभांश यस्तै जनउत्थान साुमदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् रु ५७ लाख ६० हजार बराबरको शेयर लाभांश दिने भएको छ । बैंकको हाल कूल चुक्ता पूँजी रु दुई करोड ८८ लाख रहेको छ । यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र उक्त शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी रु पाँच करोड ७६ लाखको दश प्रतिशतको दरले वितरण…
काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । बैंकिङ ३.१७, होटल १.६९, विकास बैंक ३.०७, जलविद्युत् १३.८५, निर्जीवन…
काठमाडौं: मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ । अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको छ । यो समाचार घनश्याम खड्काले कान्तिपुरमा लेखेका छन् ।