Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

हुम्ला: हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,” उहाँले भन्नुभयो । जिल्लामा मङ्सिरदेखि नै हिमपात हुने भएकाले चिप्लेटी खेललाई निरन्तरता दिन सके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने लामा बताउनुहुन्छ ।

Read More

काठमाडौं: नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको नक्सापास गरेको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिब ६० लाख शुल्क बुझाएको छ । नगर कार्यपालिकाको निर्यणअनुसार भवन निर्माण अनुमतिमा लाग्ने शुल्कमा निश्चित रकम छुट दिएर त्रिचन्द्र मिलिटरी अस्पताल परिसरका संरचनाको नक्सा पास गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यो समाचार आजको कारोबारबाट लिएको हो ।

Read More

काठमाडौं: टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ । मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ । नागरिकलाई हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ । हाइपरले भ्याटमा दर्ता नभई झन्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको छ । उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो । उक्त…

Read More

काठमाडौँ: बहुसङ्ख्यक नेपाली श्रमिक कार्यरत कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय देखिएको छ । दूतावासले गत कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा करार सम्झौताअनुसार तलब तथा सेवासुविधा नपाएका २९० नेपाली श्रमिकको तोकिएको सेवासुविधा दिलाउन त्यहाँको श्रम विभागलाई सिफारिश गरेको छ । सो अवधिमा कतारी परिचयपत्र नभएका, परिचयपत्रको म्याद सकिएका र कम्पनी छाडी भागेका तथा अवैधानिक बसोबास गर्दै आएका २२५ नेपाली श्रमिकलाई कतार सरकारको ‘खोजी तथा अनुगमन विभाग’मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइएको दूतावासले आज जनाएको छ । त्यस्तै कतारी परिचयपत्रको म्याद भएका श्रमिकलाई आकस्मिक रुपमा नेपाल जानुपर्ने २७ नेपाली श्रमिकलाई कतार सरकारले हालै व्यवस्था गरेको आपत्कालीन बहिर्गमन समितिमार्फत नेपाल…

Read More

काठमाडौँ: काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर आज एक व्यक्ति घाइते भएका छन् । यहाँस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडाँैबाट खटिएको टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उनको साथबाट एक थान चिनीया पेस्तोल र छ राउण्ड गोली बरामद गरिएको छ । खुट्टामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनी गुण्डागर्दीमा र हतियार देखाएर लुटपाटमा सङ्लग्न रहेको खुल्न आएको परिसरका प्रमुख लामाले बताउनुभयो । उनको विषयमा थप अनुसन्धान जारी रहेको…

Read More

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताएका छन् । मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।” उनले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराए । मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन…

Read More

कावासोती: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले चिकित्सक डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा विधेयक ल्याउन आग्रह गरेका छन् । आज कावासोतीमा पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले सरकारले सहमति विपरीत विधेयक ल्याएर संसदबाट पास गराउन खोजे आफ्नो पार्टीले सदन र सडकबाट विरोध गर्ने बताए । उनले भने, ‘‘बलजफ्ती रुपमा चिकित्सा शिक्षा विधयेक पास गराएमा काङ्ग्रेसले विरोध शुरु गर्नेछ ।’’ डा गोविन्द केसीले उठाएको माग पूरा गराउनुपर्छ भन्नेमा आफूहरु रहेको उनको भनाइ थियो । महामन्त्री डा कोइरालाले पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको म्याद छ महीना थपेर भएपनि चुनाव गराउनुपर्ने बताए ।

Read More

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले विभिन्न पाँच नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७५’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’ संशोधनको प्रक्रिया अगाडि बढाएको छ । यस्तै ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको छ । समितिले यही माघ १८ गतेभित्र आवश्यक रायसल्लाह, सुझाव उपलब्ध गराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले आज जारी गरेको सूचनामा उल्लेख…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । परिषद्मा रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको ढकालमाथि आयोगले आरोप लगाएको छ । सचिवालयमा कार्यरत रहँदा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ । हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएकाले आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ ।

Read More