Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँ मलका व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ । गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत चाबहिल बस्ने राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । विगत एक वर्षदेखि काठमाडौँ मलको शिवलक्ष्मी कोँजुको नामको ठेक्का अलिखितरुपमा लिइ सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिलबहादुर थापालगायत छ व्यापारीको पसलमा जबर्जस्ती ताला लगाएर अनाधिकृत कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनले व्यवसायीलाई डर, धाक, धम्की दिएर पसल खाली गर्न लगाउने र अन्य व्यापारीसँग सलामीबापत धेरै रकम लिइ भाडामा लगाउने…
काठमाडौँ: नेपाल टेलिकमको फोरजी÷एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(¥यान)का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता भएको हो । सेवा विस्तार भएपश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई…
काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ८ दशमलब ५७ अंकले घटेर एक हजार १५३ दशमलब ०६ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७२ अंकले घटेर २४५ दशमलब ०८ अंकमा झरेको छ । आज कूल १६९ कम्पनीका १५ लाख २७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार ६०३ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा ब्यापार बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । बाणिज्य बैंक ५ दशमलब ६४ अंक, विकास बैंक ८ दशमलब…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको महोत्तरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नायब सुब्बा कार्कीलाई गौशाला नगरपालिका–१ रामनगरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
काठमाडौँ: प्रभु बैंकले चुक्ता पूँजीको आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । यसअघि बैंकले पाँच प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो । नयाँ प्रस्तावअनुसार बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६५ करोड ८७ लाख १५ हजार ८८२ तथा त्यसमा लाग्ने करवापत रु रु तीन करोड ४६ लाख ६९ हजार २५७ नगद लाभांश वितरण गर्नेछ । गत पुस २२ गते प्रस्ताव गरिएको शेयर र नगद लाभांशमा भने केन्द्रीय बैंकले सुधार गरेर ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार प्रभु बैंकले…
काठमाडौँ: वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो । बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरुले ९.५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए । पछिल्ला दिनमा केही बैंकले निक्षेप…
भक्तपुर: मध्यपुरथिमि नगरपालिकाले बहुउपयोगी डिजिटल प्रविधिमा आधारित नक्साङ्कन एवं घरधुरी सर्वेक्षण गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण घर, सम्पदा, मठ, मन्दिर, खुला क्षेत्र, बस्ती, सडकलगायत नगरको सचित्र आउने गरी नक्साङ्कन गरिने भएको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यही माघ २६ गते नगरपालिका क्षेत्रको पुरानो र परम्परागत बस्तीका रुपमा रहेको बालकुमारी, चपाचो, नगदेश र बोडेमा नक्साङ्कनमा लागि ड्रोन क्यामरा उडाइने बताउनुभयो । “घर नम्बरिङको बेस म्याप बनिसक्यो, हामी थ्रि डि नक्साङ्कनमा जाने योजनामा छाँै” उहाँले भन्नुभयो, “नगरपालिकाबाट नगर क्षेत्रको सबै घरसहितको सम्पूर्ण संरचना हेर्न सकिने गरी नक्साङ्कन गरी हाउस नम्बरिङमा समेत जाने छौ ।” उहाँले मध्यपुरथिमिको परम्परागत नाम र…
काठमाडौँ: प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनको अवरोध हटाउने भएको छ । आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यसपछि संसद सुचारु हुनेछ । गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो ।
काठमाडौंँ : दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झैझगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?” मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ साल जलथलमा सबैतिर यात्रा गरेँ, अनगिन्ती रहस्य थाहा पाएँ, थाहा छ तिमीहरूलाई ? हाम्रा एक राजा रहेछन् नी !” सुगाले आश्चर्य प्रकट ग¥यो, “राजा राजा ।” सबै चरा चिरबिर गर्न थाले । “हो, हामीले उनलाई खोज्नै पर्छ, नत्र हामी सबैको नाश हुनेछ, हाप्रेले भन्यो ।…
लहान: विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष समितिले रिले अनशन बस्दै आएको थियो । हुलाकी सडकमा पर्ने कमला र बलान पुल २०७७ वैशाखसम्ममा उद्घाटन हुने निश्चित भएकाले रिले अनशन तोडिएको सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए । शहीद हेमनारायण यादवको १५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी सडकमा पर्ने कमला र बलानको पुल २०७७ वैशाख २ गते उद्घाटन गर्ने घोषणा गर्नुको साथै भौतिक योजनामन्त्री रघुवीर महासेठले समेत कुनै…