Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बझाङ : चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन्। सुर्मा गाँउपालिका दौलीचौरका यार्सा व्यापारी उमेश बोहराले काठमाडौं पुर्याएको १५ किलो यार्सा मूल्य घटेकाले बिक्री हुन नसकेको बताए। ‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर अहिले चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने। उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ।…
काठमाडौं: भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् । अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकारको धारण एउटै भए नभएको बारेमा डिसी र काठमाडौं, दुवै ठाउँमा जानकारी लिइएको काठमाडौंस्थित अमेरिकी दूतावासका एक प्रवक्ताले जानकारी दिएका छन् । यो समाचार आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन् ।
काठमाडौँ: पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले आज संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन प्रवद्र्धनार्थ निगममा हाल देखिएको गतिरोध अन्त्य गर्दै जहाज खरीद र सञ्चालनलाई गति दिने वातावरण सिर्जना गरिदिन सम्बन्धित निकायलाई अपिल गरेका हुन् । विगत लामो समयदेखि जहाजको आवश्यकता महशुस गरिरहेका पर्यटन उद्योगसँग सरोकार राख्ने सङ्घ, सङ्गठन तथा व्यवसायीको लागि जहाज आउने तथा सञ्चालनमा ल्याइने कुराले निकै खुशी र उत्साहीत भएसँगै वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौलताले गम्भीर बनाएको छ । सरकारले नेपाल…
काठमाडौँ: आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् रु एक हजार बराबरको पनि आवेदन दिन सक्नेछन् । यस्तै अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिनेछ । बिक्री हुन लागेको शेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई, ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि…
पोखरा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाएका छन् । काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उहाँले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको आरोप लगाए । लोकतान्त्रिक मूल्य मान्यतालाई काङ्ग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै सभापति देउवाले यसको खिलापमा हुने जुनसुकै गतिविधि पार्टीलाई सह्य नहुने उल्लेख गरे । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको योगदान अतुलनीय भएको बताउँदै उनले रेग्मीले जीवनपर्यन्त विना स्वार्थ पार्टीलाई सहयोग गरेको स्मरण गरे । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेता शुक्रराज शर्मा, नेपाल…
काठमाडौँ: पिसाबथैलीमा आएको समस्याको उपचारका लागि गुल्मी जिल्लाका सन्दीप थापा मगर बिहीबार वीर अस्पताल आउनुभएको थियो । सडक दुर्घटनामा गम्भीर घाइते भएपछि उहाँमा दुई वर्ष पहिलेदेखि यो समस्या छ । चिकित्सकले थप उपचार ‘फलोअप’ का लागि आज बोलाएकाले उहाँ मामासँग बिहीबारै गुल्मीबाट काठमाडौँ आउनुभएको थियो । बिहानै टिकट काट्न अस्पताल पुग्दा मात्रै उहाँले आज बहिरङ्ग सेवा बन्द भएको थाहा पाउनुभयो । तैपनि दिनभर कुर्दा कतै टिकट खुल्छ कि भन्ने आशा गर्दै बसेका उहाँहरु अस्पताल ढोकामा भेटिनुभयो । चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर पुस २५ देखि अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलनको समर्थनमा शुक्रबार आवासीय चिकित्सकले बहिरङ्ग विभागमा गरेको तालाबन्दीका कारण…
काठमाडौँ: नेपाल प्रहरीले ‘¥यापिड कम्युनिकेशन प्रणाली’लाई देशैभरि विस्तार गर्ने तयारी थालेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न रेडियो सेट, ड्रोन, सिसी क्यामरापछि हालसालै मात्र भित्रिएको उक्त प्रविधिलाई सातै प्रदेशमा लैजाने तयारी नेपाल प्रहरीले गरेको हो । हाल प्रयोग भइरहेको रेडियो सेटबाट आवाज मात्रै पठाउन सकिने भए पनि अहिले भित्र्याइएको नयाँ प्रविधिसहितको सेटमार्फत भने श्रव्यदृश्य एकैसाथ पठाउन सकिन्छ । ब्रोडब्याण्ड प्रविधिमा आधारित यो प्रणालीअन्तर्गत अहिले प्रहरीले ५० सेट भित्र्याएर अतिविशिष्ट व्यक्ति (भिभिआइपी) आउँदा र विपद्का बेलामा प्रयोग गर्दै आइरहेको छ । “अहिले जहाँ विपद् हुन्छ र भिभिआइपीको मुभमेन्ट हुन्छ, त्यहाँ लगेर प्रयोग गर्दै आइरहेका छौँ”, प्रहरी प्रधान कार्यालय…
धनगढी : निजी बैंकहरुले ऋणको ब्याजदर मनपरी ढङ्गले वृद्धि गरेको भन्दै कैलालीका व्यवसायीहरु आन्दोलित बनेका छन् । उद्योग वाणिज्य सङ्घको आयोजनामा व्यापारीहरुले आज यहाँ विरोध प्रदर्शन गरेका छन् । विरोधपछि आयोजित सभामा वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बैंकिङ क्षेत्रमा देखिएको कालोबजारी बन्द गरी व्यवसायीका लागि तोकिएकै आठ प्रतिशत ब्याजदर कायम गरिनुपर्ने माग गरे । सङ्घका पूर्वअध्यक्ष गोपाल हमालले बैंकको मनपरी ब्याजदरका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए । कतिपय निजी बैंकले एउटै प्रकृतिको व्यवसायमा ऋण लगानी गर्दा ऋणीको अनुहार हेरेर फरक–फरक ब्याजदर असुल गरिरहेको गुनासो व्यवसायीको छ । ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी र महङ्गी बढ्ने तथा देशकै अर्थतन्त्रमा समस्या आउनेतर्फ व्यवसायीले…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को आज औपचारिक रुपमा एकीकरण भई राप्रपा (संयुक्त) गठन भएको छ । हिन्दू राष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाका रुपमा राजसंस्था सहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा अवलम्बन गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहन दुवै पार्र्टी सहमत भई एकता घोषण गरिएको हो । एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ । महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । आज यहाँ आयोजित…
काठमाडौं: प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । डा. केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् । अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् । साथै विधेयक…