Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 30
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » हिन्दु राष्ट्र पहिचानका लागि एक भए दुई राप्रपा, बन्यो राप्रपा (संयुक्त)

    हिन्दु राष्ट्र पहिचानका लागि एक भए दुई राप्रपा, बन्यो राप्रपा (संयुक्त)

    पहिलोक्लिकपहिलोक्लिकFebruary 1, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को आज औपचारिक रुपमा एकीकरण भई राप्रपा (संयुक्त) गठन भएको छ ।

    हिन्दू राष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाका रुपमा राजसंस्था सहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा अवलम्बन गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहन दुवै पार्र्टी सहमत भई एकता घोषण गरिएको हो । एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ । महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ ।

    आज यहाँ आयोजित पार्टी एकीकरण कार्यक्रममा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा हिन्दू र बौद्ध धर्मावलम्बीको पहिचान रहेकाले त्यो सभ्यतालाई कायम गरी देशलाई समृद्ध बनाउन पार्टी एकता गरिएको बताउनुभयो । भ्रष्टाचार राष्ट्र निर्माणको बाधक तत्व भएकाले त्यसलाई न्यूनीकरण गर्न नवगठित पार्टी प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “ २१ औँ शताब्दी जनताको सार्वभौमिकता सर्वोपरि भएको समय हो, उनीहरुलाई अधिकार सम्पन्न गरी देश विकास गर्न आवश्यक छ ।”

    अर्का अध्यक्ष पशुपतिशमशेर जबराले विसं २०४७ पछि बनेका सरकारमध्ये अहिलेको सरकार बलियो भएको बताउँनुभयो । उहाँले देशमा सुशासन कायम गरी जनताको सामाजिक रुपान्तरण गर्न नसकेको अहिलेको अवस्थामा ती अभिभारा पूरा गर्न एकता गरिएको विचार व्यक्त गर्नुभयो ।

    अध्यक्ष जबराले सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कमल थापा नेतृत्वको राप्रपालाई पनि एकताका लागि आग्रह गर्नुभयो । मुलुकको राष्ट्रियता र सामाजिक एकताका साथै पार्टीको अस्तित्वका लागि एकीकरण गरिएको बताइएको छ । उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई मुख्य आधार बनाएको छ ।

    पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा विसं २०४७ जेठ १५ गते एकै दिन दुई पार्टी स्थापना भएको थियो । राप्रपा९थापा० र राप्रपा ९चन्द० एक वर्षभित्र एकीकृत भए पनि करीब २८ वर्षको यात्रामा धेरै पटक जुट्ने र फुट्ने सिलसिला चलेको थियो । त्यस्तै पूर्व प्रधानमन्त्री थापाले राष्ट्रिय जनशक्ति पार्टीसमेत गठन गर्नुभएको थियो ।

    मुलुकमा बहुदलीय प्रणालीको व्यवस्था भएपछि तीन दशक लामो पञ्चायती व्यवस्थामा क्रियाशील नेताहरुको विद्वता, राजनीतिक अनुभव र अवसरको उपयोग गरी विगतमा वामपन्थी तथा लोकतान्त्रिक दुवै शक्तिको सहयोगबाट विसं २०५४ मा नेता चन्द र थापा दुवै प्रधानमन्त्री बन्नुभएको थियो ।

    दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई सहजपूर्वक स्वीकार्नुभएका राणा र डा लोहनीलाई छाडेर मुलुकमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आउनुभएका थापा विगतमा तीन पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० का अध्यक्षले एकताका लागि बिहीबार हस्ताक्षर गर्नुभएको थियो । देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्य नवगठित पार्टीको रहेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

    दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गरिने छ । सचिवालयको काम, कर्तव्य र नियुक्ति तथा अधिकारसम्बन्धि कार्यविधि निर्माण र जिम्मेवारीको बाँडफाँटका लागि विभाग गठन गरिनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सहमतिमा गरिनेछ । चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको छ । नयाँ पार्टीमा कार्य सम्पादनको सिलसिलामा कुनै बाधा अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.