Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले स्थायी लेखा नम्बर(प्यान)का सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षसँग छलफल गराई पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको चालू आवको नीति तथा कार्यक्रम र बजेटमा दोस्रो बजारमार्फत शेयर खरीद गर्दा खरीदकर्ताले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सो सम्बन्धमा अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकामा त्यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । स्थायी लेखा नम्बरको सम्बन्धमा सरोकार भएका र बजारसँग सम्बद्ध पक्षलाई छलफल गराई पूर्वाधारको तयारीको आधारमा कार्यान्वयन गराइने…
काठमाडौँ: व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको छ । बक्यौता रकम असुली नभएको अवस्थामा अनुमतिपत्रअनुसार सेवा सञ्चालन नगरेका कम्पनीलाई यथाशीघ्र सेवा प्रारम्भ गराउन र अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म नौ कम्पनीको रु दुई अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता छ । स्मार्ट टेलिकमको मात्रै रु एक अर्ब ४० करोड ६७ लाख ५८ हजार र युनाइटेड टेलिकमको रु ७९ करोड ४२ लाख ९५ हजार बक्यौता छ । समितिले दूरसञ्चार नीतिलाई समय सापेक्ष बनाउँदै दूरसञ्चार ऐन र…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार टे«जरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि रु पाँच अर्ब ५० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।
काठमाडौँ: खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुङ्गा १४१, स्फटिक ३२, काँच बनाउन प्रयोग हुने ढुङ्गाको धुलो २३, फलाम चार, डोलोमाइट आठ, रुबी तीन, जिङ्क दुई, तामा तीन, ढुङ्गा तीन, कोइला तीन र सुन एक रहेका छन् । महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिजका लागि महाशाखाले पाँच सयभन्दा बढी स्थानमा अध्ययन गरे पनि जम्मा २४१ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे बताउनुभयो…
काठमाडौँ: शनिबार सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उहाँलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडाँै पठाउने तयारी भइरहेको बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । उहाँको टाउकोमा गम्भीर चोट लागेपछि हिजै शल्यक्रिया गरिएको थियो । उहाँ सवार स्कार्पियो ट्र्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी…
बाँके: नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक रु पाँच करोडको करोबार हुने अनुमान छ । त्यसो त भारत प्रवेशका लागि पश्चिमको ठूलो र चलनचल्तीको नाका पनि यही हो । भारतबाट भित्रिने मालसामानको हिसाबले पनि नेपालगञ्ज पश्चिमको ठूलो नाका मानिन्छ । भारतबाट नेपालगञ्ज भन्सार हुँदै नेपाल भित्रिने सामान तथा सरकारले असुल्ने राजश्वको हिसाबले पनि त्यसको पुष्टि गर्छ । यहाँको यो वर्षको राजश्व असुलीको लक्ष्य रु १२ अर्ब ३३ करोड रहेको छ । नेपालगञ्ज नाका जोखिमपूर्ण यात्राका लागि पनि उत्तिकै चर्चामा…
काठमाडौँ: शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ । काठमाडौँ महानगरपलिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको आज दोस्रो दिन माधेमाको सम्झना गरेको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विधिको शासनले शहीदको सपना पूरा हुने बताउँदै शहीदको सपना पूरा गर्न समृद्धि र स्वाधिनताका लागि काम हुनु पर्नेमा जोड दिनुभयो । सभामा महानगरको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले पदीय दायित्व बमोजिमको जिम्मेवारीले मात्र शहीदको सपना पूरा हुने बताउनुभयो । अहिले प्राप्त भएको राजनीतिक उपलब्धिमा धर्मभक्तको योगदान शब्दमा कम हुने सभामा सहभागीको भनाइ थियो । विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा…
धादिङ: उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् । गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । हराइरहेका दुई जनाको गाउँवासीले ओडारमा बसेको बेला पहिरो गएकाले उद्धार गर्न र खोजी गर्न सकेका छैनन् । दुई दिनदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकाले उद्धारका लागि सरकारसँग माग गरिएको शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनबाट जानकारी दिनुभयो । गाउँमा कुहिरो लागेकाले…
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताउनुभयो । महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सीपमूलक तालीम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै उहाँले भन्नुभयो, “मुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले व्यावसायिक सीपका माध्यमबाट दक्ष जनशक्ति उत्पादन तथा महिलाको…
काठमाडौँ: विगत चार दिनमा फुलचोकीमा हिउँ खेल्न जाने र फुलचोकीको पदयात्रामा रमाउनेको संख्या २८ हजार पुगेको छ। राजधानीमा ९ गतेदेखि वर्षा भएसंगै लगातार फुलचोकीमा हिउँ परेको थियो जसले गर्दा उपत्यकार भरका युवा युवती आ-आफ्नो समूह बनाएर फुलचोकीमा हिउँ खेल्न आएको, बाँडेगाउँस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक श्याम कटवालले पहिलोक्लिकलाई जानकारी दिए। उनका अनुसार ९, १० र ११ गते जम्मा १४ हजारले फुलचोकीको यात्रा गरेका थिए भने हिजो शनिबारमात्रै (१२ गते) एकै चोटी थप १४ हजार जनाले फुलचोकीको यात्रा गरेका हुन्। यही क्रममा शनिबार दुई छुट्टा छुट्टै समुहका ६ जना हराएको र पछि सम्पर्क भई उद्दार गरिएको उनले बताए। एक समूहका…