Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए । ‘गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका हिसाबले र एक जना सदस्यका हिसाबले पूर्वगृहमन्त्री समितिको सोधपुछमा हुनुहुन्छ’, थापाले भने, ‘यो स्वाभाविक हो ।’ उनले कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताए । ‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर…
काठमाडौँ: उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन् । काम गति सुस्त भएको गुनासो पछि आज निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न निर्देशन दिए। त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए । ‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्यो,’…
काठमाडौँ । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिन विषेशगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । मौसमविद् सञ्जीव अधिकारीले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए । “रातिको समयमा वर्षा हुने सम्भावना छ तर लगातारको वर्षाको सम्भावना भने छैन”, उनले भने, “आज राति पनि देशभर साधारणतया…
काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ । ‘माओवादी र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाइएको हो’ अर्का एक मन्त्रीले भने । चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता…
काठमाडौँ । विशेष अदालतले पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्याललाई धरौटीमा रिहा गरेको छ । अदालतमा धरौटीमा रिहा भएपछि फोटो खिच्दै गरेका फोटोपत्रकारहरुलाई अर्यालले भने, ‘तपाईंहरूको इच्छा पुरा भएन ।’ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् । अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
काठमाडौँ: त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रु खोजीमा सघाउन भारतबाट आएको उद्धार टोली आज (आइतबार) स्वदेश फर्किएका छन् । एक हप्ताको समय लिएर भारतबाट शनिबार (साउन ५ गते) चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले आज भारत फर्किने भएको हो। यसबीच उसले बेपत्ता न बस, न यात्रु केही पनि फेला पार्न सकेन। गत असार २८ गते शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ। काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९, सिमलतालमा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सरकारी निकायका पदाधिकारीहरूसँग छलफल सुरू गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा सुरू भएको छलफलमा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्यसचिव तथा मन्त्रालयका सचिवहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू र योजना आयोगका पदाधिकारीहरू सहभागी छन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म भएगरेका कामहरूका बारेमा ब्रिफिङ लिने उनको सचिवालयले जनाएको छ। असार ३१ गते शपथ लिएयता प्रधानमन्त्री ओलीले विभिन्न पक्षहरूसँग छलफल गर्दै आएका छन्।
काठमाडौं १३ साउनगृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।आइतबार बिहान संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो । “अत्याधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ, ” मन्त्री लेखकले भन्नुभयो–“ भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।” उहाँले यस्तै बाल सुधार गृहमा पनि ठाउँको अभाव छ । भौतिक संरचनाको अभाव देखिएको उहाँको भनाई छ ।“हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन् ।” उहाँले भन्नुभयो–“ यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने…
काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ…
काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १७२ औं स्थानमा रहेका प्रिन्सलाई २-० को सोझो सेटमा पराजित गरे । कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१-८ र २१-६ ले हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन् । प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका निहात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा निहात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन्…