Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले जनकपुर–जयनगर-कुर्थामा आफ्नै रेल सञ्चालनमा ल्याउने भएको छ । सरकारले नेपालको झन्डा हालेर प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर लामो रेलवे स्टेशनमा आफ्नै रेल गाडी संचालन गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । उनले भने- “हामी केहीमहिना भित्रै जयनगर–कुर्थामा आफ्नै रेल सेवा संचालन गर्ने छौ जसकालागि भारतबाट दुईवटा रेल खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ ।” भारत सरकारले रेलको मूल्य पठाइसकेको बताउदै भारत सरकारले पठाएको मूल्य हामीले अनुमान गरेको मूल्यसंग लगभग मिलेको उनले बताए । भारतले कहिलेसम्म हामीलाई रेल उपलब्ध गराउने र मूल्य कति हुने भन्ने निर्णय पुष २६ गते सम्ममा हुने मन्त्री महासेठले बताए…

Read More

काठमाडौँ: काठमाडौं जिल्ला अदालतका डिठ्ठा १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुयपोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा (खरिदार) विदुर पोख्रेललाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो। पोख्रेलले डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई सोह्रखुट्टेको एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो। पक्राउ परेका पोख्रेलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको अख्तियारका रामेश्वर दंगालले जानकारी दिए।

Read More

काठमाडौ: सिटिजन्स बैंक इन्टरनेसनले घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा सुचारु गरेको छ। बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको उसले एक सूचना जारी गर्दै भनेको छ। देश भित्र तथा बाहिर रहेका नेपाली नागरिकहरूले यो प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यो सुविधाको सुरुवातसंगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने अवस्थामा न्युनिकरण हुने विश्वास बैंकले लिएको छ । यस बाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको बेभसाइटबाट खाता खोल्न सक्नेछन् । यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो शेयर, स्मार्ट…

Read More

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको जनाएको छ । तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ । मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । ‘हिउँद महिना चिसो हुनु प्राकृतिक कारण नै हो’, श्रेष्ठले भने, ‘तर देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार छ ।’ यधपी काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ । यसैबीच, मंगलबार र बुधबार देशका केही…

Read More

काठमाडाै: जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता हरित गृह ग्यासको मात्रा अस्वभाविकरुपमा वृद्धि भएपछि पृथ्वीको अस्तित्वमाथि गम्भीर खतरा आएको भन्दै विश्वका वैज्ञानिकहरु चिन्तित देखिएका छन् । वल्र्ड मिटिअरोजिकल अर्गनाइजेशनले सन् २०१८ नाभेम्बरमा सार्वजनिक गरेको हरितगृह ग्याससम्बन्धी वार्षिक बुलेटिनमा पृथ्वीको तापक्रम वृद्धिमा विशेष भूमिका भएका ग्यासहरूको मात्रा सन् २०१७ मा सबैभन्दा बढी देखिएको जनाएको छ । यस प्रतिवेदनलाई आधार बनाई विश्वका ठूला अधिकांश मिडियाहरुले निकै महत्वका साथ समाचार सम्प्रेषण गर्दै पृथ्वीको अस्तित्व जोजाइराख्न जलवायु परिवर्तनको समस्यालाई न्यूनीकरण गर्न वैज्ञानिकदेखि राजनीतिक नेतृत्व र सर्वसाधारणले पनि गम्भीरता देखाउन ढिलाइ गर्न नहुनेतर्फ जोड दिएका छन् । उक्त प्रतिवेदनमा सन्…

Read More

काठमाडौँ: वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ । जेटस्ट्रिम र भारतको उत्तरपश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बततर्फ बहने तीव्र गतिको युरोपेली वायु नेपालकै भु–भाग भएर बहँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असरले अहिले चिसो बढाएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए । मौसम मौसमविद्हरुका अनुसार अझै राजधानीमा चिसो बढ्ने छ ।

Read More

काठमाडौँ: कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ । ‘हामीले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेका छौँ । अब संसद् र पार्टी संरचनामा सरकारका यी गलत काम र कमजोरीविरुद्ध…

Read More

काठमाडौँ: नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ ।

Read More

बनेपा: मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन् ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज सोमबार बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको एक अर्ब रुपैयाँको र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिदका लागि  आज सोमबार (पुष १६ गते) सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको ट्रेजरी बिल चैत१९ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७६ साल पुष १६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

Read More