Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । सो विधेयकको सैद्धान्तिक विषयमा सांसदद्वय प्रेम सुवाल र कृष्णभक्त पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकको सैद्धान्तिक पक्षमा सांसद गगन थापा, प्रेम सुवालले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा सभामुख कृष्णबहादुर…
काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन गर्नुहुनेछ । परराष्ट्रमन्त्री ज्ञवालीले जापानी विदेशमन्त्रीको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गर्नुभएको छ । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै उहाँहरुले ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा आपत्ति जनाउनुभयो । सांसद गोपालबहादुर बमले विगतमा योजना अलपत्र परेका कारण स्थानीय जनता समस्यामा परेकाले तत्काल विशेष ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद डा अमरेशकुमार सिंहले चिनी मिलले उखु क्रसिङ शुरु नगर्दा किसान मर्कामा परेको भन्दै तत्काल उखुको समर्थन मूल्य तोक्न र उखु…
काठमाडौँ: जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो । मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो । एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महीना…
काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई शेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पूँजीको छ दशमलव ८५ प्रतिशतले हुन आउने रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश दिन लागेको जनाएको छ । त्यस्तै चुक्ता पूँजीको एक दशमलव ००२३३ प्रतिशतले हुन आउने रु १० करोड ३० लाख ९४ हजार ८७५ शेयर लाभांश दिन लागेको बैंकले जनाएको छ । तत्कालीन नेपाल लेखामान (GAAP) बमोजिम तयार पारिएको वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफाको प्रतिशत दोहोरो अङ्कमा देखिए पनि नेपाल वित्तीय…
काठमाडौँ: यो वर्ष झन्डै एक खर्व ५० अर्व बराबरको धान उत्पादन भएको छ । यो तथ्याङ्क गत वर्षकोभन्दा झन्डै १० प्रतिशतले बढी हो। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यो वर्ष झन्डै एक खर्व ५० अर्व बराबरको ५६ लाख १० हजार टन धान उत्पादन भएको छ। सरकारले तोकेको समर्थन मूल्य अनुसार एक खर्व ४५ अर्वबढीको धान उत्पादन भएको छ। गत वर्षको तुलनामा धान उत्पादन ८.८९ प्रतिशतले बढी हो। गत वर्ष ५१ लाख ५१ हजार ९२५ टन धान उत्पादन भएको थियो। मौसमको अनूकुलता, रसायानिक मलको शुलभ आपूर्ती , गुणस्तरीय धानको विउको प्रयोगले उत्पादकत्व बढेसंगै धान उत्पादनले यो वर्ष नयाँ रेकर्ड कायम गरेको…
काठमाडौँ: गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन आज सम्पन्न बैठकले पारित गरेको हो । गत मङ्सिर २९ गते शुरु भएको सो बैठकमा पार्टी र सरकारको कामबारे घनीभूत छलफल भएपछि सदस्यले दिएका सुझाव, आलोचना र पूरक प्रस्तावलाई ध्यानमा राखी प्रतिवेदन पारित गरेको छ । बैठकले पार्टी एकताको बाँकी काम यही पुसभित्र सक्ने गरी कार्यदल गठन पनि गरेको छ । यस निर्णयसँगै नेकपाभित्र हाल देखिएको विवाद साम्य भएको छ । बैठकमा नेता वामदेव गौतमले अध्यक्षद्वयको…
काठमाडौं: बालाजु बाइपासमा शुक्रबार बिहान टिपर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सोहि टिपरले किचेर ४ वटा ट्याक्सीमा क्षति पुगेको छ। मुड्खुभञ्ज्याङबाट एयरपोर्ट निर्माणका लागि लगिंदै गरेको माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नम्बरको टिपरले थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको, ट्राफिक प्रहरी महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्की जन्ककारी दिए। टिपरले थिचेर घाइते बिसंखेलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । कार्कीका अनुसार, घाइते बिसंखेको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बिसंखेको श्रीमती सान्नानी र नुवाकोट ककनी–५ का प्रज्ञारत्न लामा घाइते भएका छन् ।…
मनाङ: चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।” हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए।…
काठमाडौँ: परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ । आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जानकारी गराउनुभएको छ । सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि भएको नभई मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ । सचिवालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटि र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति…