Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
राससटेक्सास (अमेरिका): आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आईसीसी प्रतियोगिता आयोजना गरेको हो ।
काठमाडौँ: एरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२-२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले…
काठमाडौं: आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ । बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले पनि सम्भावित कार्यसूचीमा राखेको छ । छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् । त्यस्तै, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ । राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर…
काठमाडौँ:ओपनर नवनित डालिवाल र निकोलस किर्तनको अर्धशतक मद्दतमा आईसीसी टी–२० विश्वकपमा क्यानडाले घरेलु टोली अमेरिकासामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रनको योगफल तयार पारेको हो। क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए। ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। यास मोभ्या ३२ र डिलोन…
मुगुमा यार्सागुम्बा संकलन गर्ने क्रममा चार जनाको मृत्यु भएको छ। गएको दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु भएको हो। लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको छ। लेक लागेर गम्भीर भएका अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको बाटोमै मृत्यु भएको हो। सोही ठाउँका २० वर्षी जीवन बुढा सिकिस्त छन्। शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका…
काठमाडौँ: यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ । आज बिहानै देखि घाम चर्किएर हपहप गर्मी खेपिरहेका उपत्यकावासीलाई केही बेर अघि परेको एकझर पानीले ठुलो राहत मिलेको छ । उपत्यकाका सबै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।…
काठमाडौँ:भारतमा आज (जुन १) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान भइरहेको हो। पञ्जाब र उत्तर प्रदेशका १३/१३ सिट, पश्चिम बङ्गालका ९ सिट, बिहारका ८, उडिसाका ६, हिमाचल प्रदेशका सबै ४ सिट, झारखण्डका ३ सिट र चण्डीगढको १ सिटमा आज मतदान भइरहेको छ। अन्तिम चरणको यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता चुनावी मैदानमा छन्। यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन्। लोकसभा चुनावअन्तर्गत यसअघि ६ चरणका मतदान भइसकेका छन्। यसअघि अप्रिल १९, अप्रिल…
काठमाडौँ: तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख…
काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जाेडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए । भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’ भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ । नेकपा एमालेले सत्तारुढ दल भएर विपक्षी दलहरुको बैठकमा सहभागी भएको…