Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पूँजी बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ३० दशमलव २६ अंकले बढेर एक हजार २१६ दशमलव २७ अंकमा पुगेको । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ४१ अंकले बढेर २५८ दशमलव ८२ अंकमा पुगेको छ । आजको कारोवारमा सबै समूहको परिसूचकमा भारी वृद्धि भएको छ । सबैभन्दा बढी जीवन बीमा ४४३ दशमलब ५ अंक, निर्जिबन बीमा समूहको परिसूचक २४५ दशमलब ०६ अंकले र बाणिज्य बैंक १८ दशमलब ५४ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक २० दशमलब ६९ अंकले, जलबिधुत १९ दशमलब ३४ अंक, होटल…

Read More

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घको वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारी सेवामा कार्यरत कर्मचारीमा तलब सुविधाको कुनै विभेद नभएको प्रष्ट्याए। सरकारले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको आधारभूत आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने गरी न्यूनतम् बेतन तोकेको उल्लेख गर्दै उनले भने, “सरकारले तोकेको न्यूनतम् ज्याला हरेक क्षेत्रमा अनिवार्य रुपमा लागू हुन्छ, चलचित्र क्षेत्रका श्रमिकले पनि सोहीअनुसारको पारिश्रमिक पाउनुपर्छ ।” श्रमिकको जीवनयापनलाई सहज बनाउन र निर्धक्कसँग काम गर्ने वातावरण निर्माण गर्न केही समयअघि सरकारले योगदानमा आधारित…

Read More

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको एघाराँै चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले एक एक गोल थपे । उक्त चारै गोल खेलको दोस्रो हाफमा भएको थियो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल गरेको थियो । खेलको ४६ औँ मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई शुरुआती…

Read More

काठमाडौँ: भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन । रानीपोखरी र बालगोपालेश्वरको काम अझै शुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६÷७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । आर्थिक वर्ष…

Read More

काठमाडौँ: निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’को उपहार योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीहरु Nissan X-Trail, Terrano, Navara, Sunny, Micra Active मा लागू हुने कम्पनीले जनाएको छ । निसान“विन्टर फेष्ट अफर”योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा पाँच लाखसम्म छुट पाउन सक्नेछन् । गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस बाट पनि ग्राहकहरु लाभान्वित हुन सक्ने जनाइएको छ । सुख्खा जाडोलाई उत्सवमय बनाउन ग्राहकहरुलाई “विन्टर फेष्ट अफर”मार्फत अन्य थुप्रै सुविधाहरु पनि निसानले दिने कम्पनिले जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्यबीमा…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो । स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य ६६७ रुपैयाँ रहेको छ । बैंकले आव २०७४÷७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले यही पुस २९ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । हाल बैंकको चुक्ता पूँजी रु १० अर्ब ६४ करोड ५६ लाख रहेको छ…

Read More

राँझा: राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन सर्न सक्ने बताएका छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा आज उद्घाटन गर्दै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण फागुनको मध्यतिर प्रतियोगिता हुन सक्छ भने । अहिलेसम्म आठाँै राष्ट्रिय प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्मको मिति प्रस्ताव गरिएको छ । “आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम सकियो, बाँकी २० प्रतिशत पनि माघ १५ सम्म सक्ने तयारी छ ।”, उनले भने, “मुख्यगरी नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशाला हाम्रो लागि चुनौती बनेको छ ।” प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालाको प्यारापिट…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आय ३१२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई ३५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शुन्य दशमलब ५ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या…

Read More

काठमाडौँ: सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को यो अधिवेशन विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहने बताईको छ । आगामी फागुन २१ गते अर्थात (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानून संशोधन गरेर संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वपूर्ण रहने छ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो…

Read More

बोगिविल: भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिविल पुलको एक भब्य समारोहबीच उद्घाटन गर्नुभएको छ । पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माण खर्च ८० करोड अमेरिकी डलर खर्च लागेको भारतीय अधिकारीले बताएका छन् । दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधिलाई पु¥याउन सहज हुनेछ । भारतले चीनसँग १९६२ को युद्धमा सैनालाई सहज…

Read More